सानिमा बैंकको १७ प्रतिशत लाभांश पारित, सञ्चालकमा तीन जना निर्वाचित
काठमाडौं । सानिमा बैंकको प्रस्तावित १७.८९४७ प्रतिशत लाभांश पारित भएको छ । कार्त्तिक १४ गते आइतबार सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश पाउने छन् । सानिमा बैंक लिमिटेडले कार्तिक १४ गते आईतबारका दिन १७औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । त्यस्तै, संस्थापक समूहको तर्फबाट संचालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा. केशवप्रसाद आचार्य १७औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । जसमध्ये तुकप्रसाद पौडेल र गायत्री थापा भने पुःननिर्वाचित भएका छन् । बैंकले कोभिड १९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाइ सेयरधनीहरुको उपस्थितिमा सभा सम्पन्न गरेको हो । साथै, अधिकतम शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको थियो । आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १६० अर्ब ७५ करोड, कुल निक्षेप १३० अर्ब ८८ करोड तथा खुद कर्जा सापटी १२३ अर्ब १७ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले बृद्धि गरेको छ ।
हाथवे इन्भेष्टमेन्टले प्रतिकित्ता ५० रुपैयाँमै आईपीओ जारी गर्ने
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले कूल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ दरका २९ लाख २५ हजार कित्ता सेयर जारी गर्न लागेको हो । सो मात्राको सेयर निष्काशन गर्नको लागि संस्थाले ग्लोबल आईएमई क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरको छ । बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धमा कम्पनी र क्यापिटलबीच कार्त्तिक १४ गते सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा हाथवे इन्भेन्टमेन्टको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आईएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका हुन् ।
आरएसडिसी लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आगामी मंसिर १० गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले आफ्नो आठौं वार्षिक साधारणसभा सो दिन बुटवलमा गर्ने निर्णय गरेको हो । सभाले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक ३० गते बुक क्लोज गर्दै छ । यससँगै कार्त्तिक २९ गतेसम्म कायम सेयरधनी सभामा सहभागि हुन तथा सो मात्राको लाभांश पाउन योग्य हुनेछन् । सम्बन्धित समाचार आरएसडिसी लघुवित्तले घोषणा गर्यो गत वर्षको लाभांश