लुम्बिनी विकास बैंकका संस्थापक गुरुङ्ग र थापाले २ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको विल बहादुर गुरुङ्गको नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दु कुमार थापाको नाममा रहेको ५३ हजार ८९१ कित्ता गरी कूल २ लाख ६३९ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

सेयर कारोबार लगातार तीन दिन बन्द

काठमाडौं । सेयर कारोबार अब लगातार ३ दिन बन्द हुने भएको छ । बजार असोज ११ गतेदेखि असोज १३ गतेसम्म बन्द हुने भएको हो । असोज ११ गते (भोलि) बिहीबार सार्वजनिक बिदा परेसँगै सेयर कारोबार पनि बन्द हुने भएको हो । सरकारले इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो । त्यस्तै, असोज १२ गते र असोज १३ गते शुक्रबार र शनिबार परेको छ । सो दिन सेयर बजार नियमित रुपमा बन्द हुने गरेको छ । यससँगै, बजार अब एकैपटक असोज १४ गते आइतबार मात्रै खुल्ने छ ।

बुधबार नेप्से परिसूचकसँगै घट्यो सेयर कारोबार

काठमाडौं । बुधबारको बजारमा नेप्से परिसूचक र सेयर कारोबार दुबै घटेको छ । सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९१ प्रतिशतले घटी हो । २८२ वटा स्क्रीप्सको एक अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २८ करोडले घटी हो । मंगलबारको बजारमा २ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबारभ भएको थियो । बुधबार सबैभन्दा बढी कारोबार गर्नेको सूचीमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सको एकैदिन ७ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो सूचीमा एनआईसी एशिया बैंक, तेश्रोमा रिलायबल नेपाल लाइफ, चौथोमा शिवम् सिमेन्ट र पाँचौंमा नागरिक लगानी कोष रहेका छन् । घटेको बजारमा पनि मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । हाइड्रोको सेयर मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता २७२ रुपैयाँ पुगेको छ । यता लक्ष्मी भ्यालु फण्ड २ को इकाई मूल्य १० प्रतिशत र शुवम् पावरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । बुधबार कारोबारमा आएका १३ वटै समूह राताम्मे देखिएका छन् । जसमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १००.६८ अंकले घटेको छ ।