नेप्सेमा आरएसडिसी लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ । लघुवित्तको ८.६० प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ४८७.७५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता ५२९.७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

२० अंकले बढ्यो नेप्से, कारोबार १ अर्बमाथि

काठमाडौं । मंगलबार घटेको सेयर बजार बुधबार भने बढेको छ । आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा २०. ६७ अंकको वृद्धि भई १८५०. ३३ अंकमा बन्द भएको छ । मंगलबार ९५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ । कुल १९५ कम्पनीको सेय मूल्य बढ्दा ४० कम्पनीको मात्रै घट्यो भने ३ को स्थिर रह्यो । आज होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.४९ प्रतिशत बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूह २.३ प्रतिशतले बढेको छ । आज बुद्धभूमि हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर र माथिल्लो मैलुङखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ९.७, पिपुल्स हाइड्रोपावरको ९.४, सोनापुर मिनरल्सको ८.६ प्रतिशत मूल्य बढेको छ । आज सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ८ प्रतिशले घटेको छ ।

माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको हो । बैंकको १३.३० प्रतिशत बोनस अर्थात् १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । बैंकको असोज १८ गते सम्पन्न २५औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश पारित गरेको थियो ।