
काठमाडौं । मंगलबार घटेको सेयर बजार बुधबार भने बढेको छ । आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा २०. ६७ अंकको वृद्धि भई १८५०. ३३ अंकमा बन्द भएको छ ।
मंगलबार ९५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ ।
कुल १९५ कम्पनीको सेय मूल्य बढ्दा ४० कम्पनीको मात्रै घट्यो भने ३ को स्थिर रह्यो । आज होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.४९ प्रतिशत बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूह २.३ प्रतिशतले बढेको छ ।
आज बुद्धभूमि हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर र माथिल्लो मैलुङखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ९.७, पिपुल्स हाइड्रोपावरको ९.४, सोनापुर मिनरल्सको ८.६ प्रतिशत मूल्य बढेको छ ।
आज सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ८ प्रतिशले घटेको छ ।