नेप्से ९.८७ अंकले बढ्यो, कारोबार रकममा सुधार हुँदै

<p>काठमाडौं । बिहीबार सेयर बजार ९.८७ अंकले बढेको  छ । बुधबार २०.६७ अंकले बढेको सेयर बजार बिहीबार ९.८७ अंकले बढेको हाे । आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा ९.८७ अंकको वृद्धि भई १८६०. २० अंकमा बन्द भएको छ । धेरै दिनपछि सेयर कारोबार पनि बढेको छ । बुधबार १ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब [&hellip;]</p>

काठमाडौं । बिहीबार सेयर बजार ९.८७ अंकले बढेको  छ । बुधबार २०.६७ अंकले बढेको सेयर बजार बिहीबार ९.८७ अंकले बढेको हाे । आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा ९.८७ अंकको वृद्धि भई १८६०. २० अंकमा बन्द भएको छ ।

धेरै दिनपछि सेयर कारोबार पनि बढेको छ । बुधबार १ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब ३४ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।

आज १६१ कम्पनीको सेयर मूल्य बढ्दा ६७ कम्पनीको सेय मूल्य भने घटेकाे छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । यस्तै, थ्री स्टार हाइड्राेपावरको ८.५८ प्रतिशत र सिकलेस हाइड्रोपावर कम्पनीको सेयर ८.५४ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी गुमाउनेमा नबिल बैंकका लगानीकर्ता छन् । आज नबिल बैंकको सेयर मूल्य ८.२० प्रतिशले घटेको छ ।

Share News