प्राइम बैंकले पनि लाभांश नदिने

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ३ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिम बैंकले गत आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएको उक्त विवरणलाई कम्पनीको वार्षिक साधारण सभाले पारित गर्ने छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

शिवम् सिमेन्टले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वार्षिक साधारण सभा समेत डाकेको छ । कम्पनीले आगामी पुस २७ गते शुक्रबारको दिन आफ्नो आठौं वार्षिक साधारण सभा डाकेको छ । र, सभामा जाने प्रयोजनको लागि आगामी पुस १९ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै पुस १८ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् ।

लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो १६औं साधारणसभा

काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा आह्वान गरेको छ । फाइनान्स सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पुस २५ गते काठमाडौंमा १६औं वार्षिक साधारणसभा बोलाएको हो । फाइनान्सको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको ५.२६३ प्रतिशत अर्थात् ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस ११ गत बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा पुस १० गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।