बोटलर्स नेपालका दुबै कम्पनीले बोलाए साधारणसभा, लाभांश पारित गर्ने

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई)ले साधारणसभा आह्वान गरेका छन् । बोटलर्स नेपालको ४५ औँ र बोटलर्स नेपाल (तराई)को ३७औँ वार्षिक साधारणसभा पुस २७ गते सोल्टी होटल काठमाडौँमा हुनेछ । बोटलर्स नेपाल (तराई)को साधारण सभा दिउँसो १२ बजे शुरु हुनेछ भने बोटलर्स नेपालको दिउँसो ४ बजे शुरु हुनेछ । बोटलर्स नेपाल (तराई)को सभाले प्रतिसेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ भने बोटलर्स नेपालको लाभांश प्रस्ताव छैन । साथै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु यी कम्पनीहरुका सभाले पारित गर्नेछ । साधारणसभा प्रयोजनार्थ दुबै कम्पनीले पुस २० गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर २७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आज पुस २ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्री गरेको हो । दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत् खरिद आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

हिमालयन रिको आईपीओमा मागभन्दा बढी आवेदन, अब कहिलेसम्म होला बिक्री ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । मागभन्दा कमको आवेदन परेपछि समय थपेर बिक्रीमा राखिएको उक्त आईपीओमा आइतबारसम्ममा मागभन्दा बढी आवेदन परेको हो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा १४ लाख ६० हजार ११७ जना आवेदकले २ करोड ८० लाख ६१ हजार ३६० कित्ता सेयरको लागि आवेदन दिएका छन् । सो अनुसार उक्त आइपीओमा ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँ संकलन भएको छ । इन्स्योरेन्सले गत मंसिर २७ गतेदेखि पुस १ गतेसम्म आईपीओको बिक्री खुला गरेको थियो । तर उक्त अवधिसम्म माग बमोजिमको आवेदन नपरेको हुनाले कम्पनीले समय लम्बाएको थियो । अब भने कम्पनीले माग बमोजिम आवेदन प्राप्त भएको खण्डमा भने सार्वजनि सूचना प्रकाशन गरि बिक्री खुला भएको चार कार्यदिनपश्चात कुनै पनि दिन बन्द हुने जानकारी गराएको छ । त्यसैले मागभन्दा बढी आवेदन परेको हुनाले इच्छुक आवेदकले भोलि अर्थात पुस २ गते सोमबारसम्म मात्र आवेदन दिन पाउने सम्भावना बढी छ । यद्पि कम्पनीले हालसम्म  बिक्री बन्दको विषयमा कुनै पनि सूचना जारी गरिसकेको भने छैन । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्री गरेको हो । दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।