तारागाउँ रिजेन्सीले बोलायो २७औं साधारणसभा, १५ प्रतिशत लाभांश बाँड्ने

<p>काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । होटल्स सञ्चालक समितिको मंसिर १६ गते बसेको बैठकले २७औं वार्षिक साधारणसभा पुस २४ गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार [&hellip;]</p>

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । होटल्स सञ्चालक समितिको मंसिर १६ गते बसेको बैठकले २७औं वार्षिक साधारणसभा पुस २४ गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १२ गतेदेखि पुस २४ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस ११ गतेसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

Share News