काठमाडौं । विभिन्न दुई कम्पनीको संस्थापक सेयर बिक्री खुला गरिएको छ । सिद्धिार्थ प्रिमियर इन्स्योरेन्स र सांग्रिला डेभलपमेन्ट बैंकको गरी कूल ३ लाख ४९ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।
सिद्धिार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक समूहतर्फको १ लाख ७८ हजार ८६५ कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीका अनुसार आज पुस ४ गतेदेखि लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ ।
इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले पुस १३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनी ईमान बहादुर गुरुङको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ ।
बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । म्यादभित्र आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने बैंकले जनाएको छ ।