शिवम् सिमेन्टले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

<p>काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वार्षिक साधारण सभा समेत डाकेको छ [&hellip;]</p>

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वार्षिक साधारण सभा समेत डाकेको छ । कम्पनीले आगामी पुस २७ गते शुक्रबारको दिन आफ्नो आठौं वार्षिक साधारण सभा डाकेको छ ।

र, सभामा जाने प्रयोजनको लागि आगामी पुस १९ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै पुस १८ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् ।

Share News