आज यी २ कम्पनीको सेयर खरिद गर्यो भने ३१.५७ प्रतिशतसम्म लाभांश पाइने

<p>काठमाडौं । बुधबार विभिन्न २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज पुस ४ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ दुवै कम्पनीले पुस ५ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज [&hellip;]</p>

काठमाडौं । बुधबार विभिन्न २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज पुस ४ गते अन्तिम दिन हो ।

साधारणसभा तथा लाभांश प्रयोजनार्थ दुवै कम्पनीले पुस ५ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् ।

भगवती हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले २३औं वार्षिक साधारणसभा पुस २४ गते काठमाडौंमा बिहान १० बजे डाकेको हो ।

यस्तै, सोल्टी होटलले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र २६.५७८९ प्रतिशत नगद गरी कूल ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले ४९औं वार्षिक साधारणसभा पुस २६ गते बिहान साढे १० बजे बोलाएको हो ।

Share News