रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असार २७ गतेदेखि प्रतिकित्ता ८२०.८० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको जनाएको छ । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। साउन १० गते बैंकिङ समयपछि यो आईपीओ निष्कासन बन्द हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले गत असार १२ गते बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाएको छ ।

नेशनल फण्डको हकप्रद सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले बुधबारदेखि हकप्रद सेयर बिक्री खुला गरेकाे छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँमा हकप्रद सेयर बिक्री खुला गरेकाे हो । कम्पनीले चुक्ता पुँजी ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २७ करोड रुपैयाँको २ः१ अनुपातमा प्रतिकित्ता ५० रुपैयाँमा हकप्रद बिक्री खुला गरेकाे छ । कम्पनीको जेठ २५ गते बसेको विशेष साधारण सभाले हालको चुँक्ता पुजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रद सेयर खरिद गर्न इच्छुकले साउन २२ गते कार्यालय समयभित्र ललितपुर कुपण्डोलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दरखास्त फाराम बुझाउनु सक्नेछन् ।

२१ सय बिन्दुमा पुगेर बन्द भयो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै मंगलबार सेयर बजार उकालो लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट बन्द हुन पुगेको बजार पुनः बजार ११ः२१ मा खुल्यो । तर, सो समयमा पनि एक मिनेट कारोबार हुन नपाउँदै सेयर बजारमा दोस्रो पटक सर्किट लाग्यो । त्यसपछि बजार पुनः ४० मिनेटका लागि बन्द भएर खुलेकाे बजार बन्द हुने समयसम्म आइपुग्दा  ४७.०४ अकंले बढेर २१००.४३ बिन्दुमा कायम भएको छ । मंगलबार ३ सय १५ कम्पनीको १ करोड १६ लाख १७ हजार ६ सय ९० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ७ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ । यसदिन १३ वटै उपसूचकमा हरियाली छाएको छ । मंगलबार बैंकिङ समूह ३.०३ प्रतिशत, विकास बैंक समूह २.०१ प्रतिशत, फाइनान्स समूह २.११ प्रतिशत, होटल तथा पर्यटन समूह १.०९ प्रतिशतले बढेको छ । यस्तै मंगलबार एनआरएन इन्फाइट्रचरको ११ करोड ७९ लाख रुपैयाँ र गुडबिल फाइनान्सको ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.४६ प्रतिशतका दरले गुमाएका हुन् ।