२१ सय बिन्दुमा पुगेर बन्द भयो नेप्से, साढे ४ अर्बको कारोबार

<p>काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै मंगलबार सेयर बजार उकालो लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट बन्द हुन पुगेको बजार पुनः बजार ११ः२१ मा खुल्यो । तर, सो समयमा पनि एक मिनेट कारोबार हुन नपाउँदै सेयर बजारमा [&hellip;]</p>

काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै मंगलबार सेयर बजार उकालो लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

त्यसपछि २० मिनेट बन्द हुन पुगेको बजार पुनः बजार ११ः२१ मा खुल्यो । तर, सो समयमा पनि एक मिनेट कारोबार हुन नपाउँदै सेयर बजारमा दोस्रो पटक सर्किट लाग्यो । त्यसपछि बजार पुनः ४० मिनेटका लागि बन्द भएर खुलेकाे बजार बन्द हुने समयसम्म आइपुग्दा  ४७.०४ अकंले बढेर २१००.४३ बिन्दुमा कायम भएको छ ।

मंगलबार ३ सय १५ कम्पनीको १ करोड १६ लाख १७ हजार ६ सय ९० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ७ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली छाएको छ । मंगलबार बैंकिङ समूह ३.०३ प्रतिशत, विकास बैंक समूह २.०१ प्रतिशत, फाइनान्स समूह २.११ प्रतिशत, होटल तथा पर्यटन समूह १.०९ प्रतिशतले बढेको छ ।

यस्तै मंगलबार एनआरएन इन्फाइट्रचरको ११ करोड ७९ लाख रुपैयाँ र गुडबिल फाइनान्सको ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.४६ प्रतिशतका दरले गुमाएका हुन् ।

Share News