नेप्सेमा एकै दिन ३३ लाख १० हजार कित्ता सेयर सूचिकृत, सबैभन्दा बढी हकप्रद सेयर

काठमाडौं । नेप्सेमा एकै दिन ३३ लाख १० हजार ३८६ कित्ता सेयर सूचिकृत भएको छ । बुधबार मात्रै बजारमा दुई कम्पनीको बोनस र हकप्रद सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । सो दिन काष्ठमण्डप डेभलपमेन्ट बैंक र जनता बैंक नेपालको गरि सो मात्राको सेयर सूचिकृत भएको हो । काष्ठमण्डप डेभलपमेन्ट बैंकको बोनस र हकप्रद दुबै सेयर सूचिकृत भएको छ भने जनता बैंक नेपालको हकप्रद सेयर मात्र सूचिकृत भएको छ । काष्ठमण्डप डेभलपमेन्ट बैंकको १५ लाख ८८ हजार ९१८ कित्ता बोनस र १६ लाख ९९ हजार ७४१ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । त्यस्तै, जनता बैंक नेपालको पनि २१ हजार ७२६ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सो दिन नेप्सेमा सबैभन्दा बढी हकप्रद सेयर थपिएको छ । एकै दिन दुई कम्पनीको गरि १७ लाख २१ हजार ४६७ कित्ता हकप्रद सेयर थपिएको हो ।

आइपिओ निष्कासन नगरी एफपिओ ल्याउँदै बुटवल पावर कम्पनी

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (विपिसी)ले साधारण सेयर निष्कासन (आइपीओ) नगरी थप नयाँ साधारण सेयर (एफपीओ) ल्याउन लागेको छ । एफपिओ निष्कासनका लागि नियमक निका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डले एफपिओ निष्कासन गर्न स्वीकृत भने दिएको छैन । सरकारी स्वामित्वमा रहेको १० प्रतिशत सेयरमध्ये प्रीमियम (१ सय ५१ रुपैयाँभन्दा बढी) मा बेचेकोलाई नै सर्वसाधारणलाई सेयर जारी गरेको भन्न थालेको छ । तर, त्यसलाई आइपीओ जारी गरेको भन्न नमिल्ने तर्क विज्ञहरुले दिएका छन । यो कम्पनीले सर्वसाधारणलाई १५ र आयोजना प्रभावित स्थानियलाई वासिन्दालाई कम्तिमा १० प्रतिशत सेयर दिएपछि मात्रै एफपिओ जारी गर्न पाउँछन । यो कम्पनीको भनाइ भने सरकारले १२ प्रतिशत सेयर वितरण गरिसकेकोले पुन कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्नु नपर्ने तर्क दिएको छ । नागरिक दैनिकबाट ।

बै‌क खातामा पैसा रोकेर सेयर आवेदन दिने (आस्वा प्रणाली)को सेवा अब निःशुल्क

काठमाडौं । ३ वटा बैंकले निशुःल्क आस्वा (बैंक खातामा पैसा रोक्का राखेर सेयर आवेदन दिने प्रणाली) सेवा प्रदान गर्ने निर्णय गरेका छन्  । त्यसमा कुमारी, सानिमा र सिद्धार्थ बैंक रहेका छन् । निःशुल्क सेवाबाट आस्वा प्रणालीमार्फत सेयरमा लगानी गर्न ग्राहकहरु थप अभिप्रेरित हुने बैंकहरुले जनाएका छन् । यी बैंकहरुले यो सुविधा आफ्ना सबै शाखाबाट उपलब्ध गराउने जनाएको छ । ग्राहकले यो निःशुल्क सेवा कुमारीको ३६, सानिमाको ४५ र सिद्धार्थको ७२ शाखाबाट उपलव्ध हुने जानकारी पनि दिएका छन् । कान्तिपुर दैनिकबाट ।