नेपाल बैंकको हकप्रद सेयर भर्ने म्याद अब ३ दिनमात्र बाँकी

काठमाडौं । नेपाल बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १०० बराबर २३.७४ को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । कम्पनीले १०० रुपैयाँ अंकित एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता सेयर निष्कासन गरेको छ । बैंकका सेयरधनीले आजको तीन दिन अर्थात जेठ १० गतेसम्म सो मात्राको हकप्रदका लागि आवेदन दिन पाउनेछन् । इच्छुक लगानीकर्ताले सुन्धाराको सिभिल क्यापिटल मार्केट र बैंकको रजिष्टर्ड(केन्द्रीय) कार्यालय लगायत अन्य शाखा कार्यालयहरु बाट आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लि रहेको छ ।

नेप्सेको वेभसाइटमा समस्या, सेयर कारोबार भने नियमित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को वेभसाइटमा समस्या उत्पन्न भएको छ ।  सिंहदरबारमा रहेको सरकारी डाटा सेन्टर(जिआइडिसी)मा समस्या उत्पन्न भएकाले वेभसाइट नचलेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले विकासन्युजलाई जानकारी दिए । पराजुलीका अनुसार हाल नेप्से र सरकारी प्राबिधिक टोलीले समस्या पहिचान गरेर समाधानको प्रयास गरिरहेका छन् । यद्यपी सेयर कारोबार भने नरोकिएको उनले जानकारी दिए । ‘सेयर कारोबार रोकिएको छैन, हामी समस्या समाधानको प्रयास गरिरहेका छौं’, पराजुलीले भने । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले पनि नेप्सेको सर्भरमा समस्या आएको बताउँदै चेक राफसाफ रोकिएको बताए । ‘सेयर कारोबार त भैरहेको छ तर सिडिएसको सर्भरमा पनि समस्या आएकाले चेक राफसाफ रोकिएको छ, समय थपिदिन्छौं भन्ने आश्वासन आएको छ ।’, ब्रोकर एसोसियसनका अध्यक्ष रेग्मीले भने । ३ बजे हुनुपर्ने राफसाफ पछि धकेकिएको र थप समय उपलब्ध गराउने प्रतिवद्धता आएको उनले बताए ।

मैलुङ खोला जलिवद्युत आयोजना प्रभावितलाई ३ लाख ६८ हजार कित्ता साधारण सेयर, जेठ १७ देखि आवेदन खुला

काठमाडौं । मैलुङ खोला जलिवद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावितका लागि एक सय रुपैयाँ अंकित ३ लाख ६८ हजार १४४ कित्ता साधारण सेयर निष्कासन गरेको छ । यो जलिवद्युत कम्पनीले रसुवामा निर्माण हुने उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयर निष्कासन गरेको छ । यो कम्पनीले हाकु गाविस डाडाँगाउ गाविस र राम्चे गाविसका वासिन्दालार्य १ लाख ८४ हजार ७२ कित्ता र बाँकी १ लाख ८४ हजार ७२ कित्ता रसुवा जिल्लाका अन्य गाविसका वासिन्दाको लागि सेयर निस्काशन गरेको छ । आगामी जेठ १७ गतेबाट आवेदन दिन सकिने यो कम्पनीको सेयर निष्कासन छिटोमा जेठ ३१ र ढिलोमा असार १५ मा बन्द हुने भएको छ । न्युनतम ५० कित्ता देखि अधिकतम १८ सय ४० कित्ता सम्म सेयर आवेदन दिन पाइने पनि उल्लेख छ । यसको सेयरको आवेदन रसुवाको जनता बैंक, प्रभु बैंक, आइसीएफसी फाइनान्स, हिमालयन बैंक र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडबाट दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।