कन्काई विकास बैंकलाई २१४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कन्काई विकास बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले १ः२.१४ अर्थात् २१४ प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले ३२ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ३२ करोड १० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
छ्याङ्दी हाइड्रोको ५ लाख ४० हजार कित्ता साधारण सेयरको बिक्री खुला, कहाँ कहाँबाट आवेदन भर्ने ?
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ५ लाख ४० हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले जेठ १४ गते(आइतबार) बाट १०० रुपैयाँ दरका सो मात्राको सेयर निष्काशन गरेको हो । कम्पनीले जारी गरेको कुल सेयरमध्ये १० हजार ८०० कित्ता साधारण सेयर कर्मचारीहरुको लागि सुरक्षित गरेको छ । साथै, २७ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोष र बाँकी ५ लाख २ हजार २०० कित्ता सर्वधारणमा निष्काशन गरेको कम्पनीले जनाएको छ । सर्वसाधारणले सेयरका लागि कम्तिमा ५० कित्ता र बढिमा २७०० कित्तासम्मका लागि आवेदन दिन सक्छन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ । जेठ ११ गतेदेखि निष्काशन गरिएको उक्त सेयरको बिक्री छिटोमा जेठ १८ गते र ढिलोमा जेठ २८ गते बन्द हुने कम्पनीले जनाएको छ । सो मात्राको साधारण सेयरको लागि इच्छुक सर्वसाधारणले निम्न ठाँउबाट आवेदन भर्न सक्नेछन् ।
जनता बैंकले सिद्धार्थ डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित, चुक्ता पूँजी ६ अर्ब नाघ्ने
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिशन) गर्नेे प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई शुक्रबार सम्पन्न सिद्धार्थ डेभलपमेण्ट बैंकको विशेष साधारण सभाले पारित गरेको हो । साथै, दुबै संस्था एक्विजिशन पश्चात जनता बैंक नेपालको नामबाट एकिकृत कारोवार शुरु हुने छ । उक्त एक्विजिशन पश्चात बनेको जनता बैंक नेपालको स्वाप रेसियो एक बराबर एक रहेको बैंकले जनाएको छ । एकिकृत कारोवार पश्चात जनता बैंक नेपालको चुक्ता पूँजी ६ अर्ब ०६ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । सिद्धार्थ डेभलपमेण्ट बैंकले निश्कासन गरेको ६० प्रतिशत हकप्रद शेयर बापतको रकम ८५ करोड १५ लाख रुपैयाँ बिक्री पश्चात बैंकको कुल शेयर पूँजी जम्मा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, एकिकृत कारोवार पश्चात जनता बैंक नेपाल लि.ले चालु आ.ब.को नाफाबाट नेपाल राष्ट्र बैंकको निर्देशनुसारको ८ अर्ब रुपैयाँ चुक्ता पूँजी सजिलै पुग्ने बैंकको दावी छ । साथै सभाले ६ सदस्यीय संचालक समितिको निर्वाचन पनि सम्पन्न गरेको छ । जस अनुसार नवगठित सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट राम बहादुर भण्डारी , रतन लाल अग्रवाल र उद्धव चन्द्र गौतम तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट अर्जुन कुमार भट्टराई, बद्री खनाल र एनपीसिएम इण्भेष्टमेण्ट प्रा.लि. को निर्विरोध चयन गरेको छ ।