प्रभु इन्स्योरेन्सले पनि १९.२०% बोनस दिने
काठमाडौं । प्रभु इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ५८ लाख ३६ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
मञ्जुश्री फाइनान्सको असोज ९ गते बुक क्लोज, २५ गते विशेष साधारणसभामा जाँदै
काठमाडौं । मञ्जुश्री फाइनान्सको अगामी असोज ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले विशेष साधारणसभा जाने प्रयोजनको लागि सो दिन फाइनान्सको बुक क्लोज हुन लागेको हो । कम्पनी अगामी असोज २५ गते विशेष साधारणसभामा जाँदै छ । उक्त साभामा कम्पनीले ५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव लैजाँदै छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
पूर्णिमा विकास बैंकले ८ करोड ४५ लाख रुपैयाँ बोनस सेयर दिने
काठमाडौं । पूर्णिमा विकास बैंकले आफ्ना सेयरधनीहरुलाई ८ करोड ९० लाख रुपैयाँ लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट सो मात्राको लाभांश दिन लागेको हो । बैंकले अाफ्ना सेयरधनीलाई ८ करोड ४५ लाख ५० हजार रुपैयाँको बोनस सेयर र कर प्रयोजनको लागि ४४ लाख ४० हजार रुपैयाँ नगद लाभांश गरि सो मात्राको लाभांश दिन लागेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र यस बैंकको वार्षिका साधारणसभाबाट पारित भए पछि बाँडफाँड गरिने छ ।