अपडेटः नेप्से ४४ अंकले झर्यो, बीमा समूह ३०० अंक तल

काठमाडौं । तीन दिनपछि खुलेको सोमबारको बजार शुरुवात देखि नै निरन्तर ओरालो लागेको छ । एक पटक सर्किट ब्रेक लागेर खुलेको बजारले पनि राम्रो गति लिन सकेको छैन । सो दिन बजार खुलेको एक घण्टामै ३ प्रतिशतले घटेर सकिर्ट ब्रेक लागेको थियो । त्यसपछिको बजार पुन दोहोरो अंक अर्थात ३.६४ प्रतिशत ओरालो लागिसकेको छ । त्यस्तै, २ बजे नेप्से परिसूचक ४४.४० अंकले घटेर ११७६ अंकमा झरेको छ । सो अवधिसम्म सबैभन्दा बढी बीमा समूह तेहेरो अंक अर्थात ३०० अंक तल झरिसकेको छ । फाइनान्स समूह सामान्य अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेर राताम्मे भएका छन् ।

सहारा विकास बैंकलाई बोर्डको अनुमति, २५० प्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । सहारा विकास बैंक लिमिटेडले २५० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई अंकित मूल्य एक सय रुपैयाँको १८ लाख २४ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति सँगै बैंकले १ बराबर २.५ को अनुपात अर्थात १८ करोड २४ लाख कित्ता रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ रहेको छ । २५० प्रतिशत हकप्रद पश्चात बैंकको पुँजी २५ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ ।

बिहीबारको बजारमा तीव्र उतारचढाव, परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं । बिहीबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार खुलेको करिब २ घण्टामै ओरालो लागेर १२०७ अंकमा पुगेको थियो । त्यसपछि एक्कासी उकालो लागेर १२३८ अंकमा पुगेको नेप्से अन्तत बजार बन्द हुँदा दोहोरो अंकले घटेको छ । समग्रमा नेप्से १० दशमलब ६३ अंकले घटेर १२२० अंकमा झरेको छ । बजारमा सेयर कारोबारमा भने केही सुधार भएको छ । सो दिन ४३ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ६ करोड रुपैयाँ बढी हो । बिहीबार कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह १२० अंकले घटेको छ ।