लक्ष्मी इक्विटी फण्डलाई एक अर्बको इकाई निष्कासन गर्न बोर्डले दियो अनुमति
काठमाडौं । लक्ष्मी इक्विटी फण्डलाई एक अर्ब रुपैयाँको इकाई निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । बोर्डले आइतबार कम्पनीलाई १० करोड इकाई निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीको फण्ड म्यानेजर लक्ष्मी क्यापिटल रहेको छ ।
लुम्बिनी जनरलले हकप्रद निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीले सेयरधनीलाई १०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि अनुमति माग्न कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको ३९ लाख कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले चैत २० गते धितोपत्र बोर्डमा निवेदन दिएर सिबीआएल क्यापिटल मार्फत ३९ करोड लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति मागेको हो ।
राष्ट्रिय बीमा कम्पनीले बोलायो वैशाख २२ गते वार्षिक साधारणसभा, के के छन् प्रस्ताव?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आगामी वैशाख २२ गते कम्पनीको २९औँ वार्षिक साधारणसभा बोलाएको छ । चैत्र ३१ गते बिहिबार बसेको राष्ट्रिय बीमा संस्थान संचालक समितिको १४६७ औं बैठक र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिको १०२ औं बैठकले सोही दिन सभा बोलाउने निर्णय गरेका हुन् । उक्त सभामा कम्पनीको (साबिकको राष्ट्रिय बीमा संस्थानबाट निर्जीवन बीमा ब्यवसाय हस्तान्तरण भई आएको) आ.ब.२०६०/६१, २०६१/६२ र २०६२/६३ को लागि संचालक समितिबाट सिफारिस भए बमोजिंमको नगद लाभांश (कर प्रयोजनको लागि) तथा बोनस सेयर अनुमोदन गरिने कम्पनीले जनाएको छ । साथै, कम्पनीको प्रवन्धपत्र नियमावलीमा अत्यावश्यक संशोधन तथा पूँजी संरचना समायोजन गर्नको लागि प्रस्ताव प्रस्तुत गरिने छ । सोही प्रयोजनको लागि बिशेष साधारण सभा आयोजना गर्नको लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने कम्पनीले बताएको छ । उक्त सभा प्रयोजनको लागि वैशाख ८ गतेदेखि २२ गतेसम्म कम्पनीको सेयर दर्ता किताब (बुक क्लोज) बन्द रहने छ ।