गरिमा विकास बैंकको ९० करोडको हकप्रद सेयर आजबाट

काठमाडौं । गरिमा विकास बैंकको ९० करोड ७६ लाख रुपैंयाको हकप्रद सेयरको आवेदन खुलेको छ । बैंकले बैशाख १४ गतेदेखि जेठ १७ गतेसम्मका लागि हकप्रद सेयरका आवेदन खुल्ला गरेको हो । चुक्ता पुँजी वृद्धिको योजना अनुसार गरिमाले १० कित्ता बराबर ७ कित्ताको अनुपातमा एक सय रुपैंयाँ मुल्य अंकित ९० लाख ७६ हजार २ सय ९६ कित्ता सेयर निष्काशन गरेको हो । चैत २९ गतेसम्म सेयर खरिद गरेका लगानी कर्ताहरुले हकप्रद सेयर किन्न सक्नेछन् । एस क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक तोकेको गरिमाले आफ्ना देशभरका शाखा, महालक्ष्मी विकास बैंकका केहि शाखा र एस डेभलपमेन्ट बैंक लगायतकाहरुबाट आवेदन दिन सकिने उल्लेख गरेको छ ।

देवः विकास बैंकको ६ लाख कित्ता र कैलाश विकास बैंकको ७३ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । देवः विकास बैंक लिमिटेडको ६ लाख १७ हजार ६१५ कित्ता सेयर लिलामी बढाबढमा विक्री गरिने भएको छ । यो बैकले ३ लाख ८३ हजार २९७ कित्ता संस्थापक र २ लाख ३४ हजार ३१८ कित्ता सर्वसाधारण तर्फको हकप्रद सेयरको विक्री नभएपनि लिलाम बढाबढमा विक्री गर्न लागेको हो । यो बैंकले गत माघ ९ गतेदेखि फागु २७ गतेसम्म विक्री खुला गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेको सेयरको विक्री न्युनतम एक सय रुपैयाँ कबोल गरेर आदन माग गरेको छ । यो बैंकले आगामी जेठ ४ गते भित्रै बोलपत्रको लागि आवेदन दिइसक्नुपर्ने बताएको छ । कैलाश विकास बैंकको पनि ७३ हजार कित्ता सेयर लिलामीमा कैलाश विकास बैंक लिमिटेको पनि सस्थापक तर्फको १० हजार ९ सय ८१ कित्ता र सर्वसाधारण तर्फको ६२ हजार ५७३ कित्ता सेयरको लिलामी गर्ने भएको छ । यो बैंकले पनि न्युनतम एक सय कित्ता आवदेन एक सय रुपैयाँ भन्दा बढी कबोल गरेर आवेदन दिन भनेको छ । यसले पनि गत फागुन ६ देखि चैत्र १० गतेसम्म खुला गरेको हकप्रद सेयरको आवेदनमा विक्री नभएको सेयरको लागि बोलपत्र आव्हान गरेको हो । यसको सेयर आवेदन यही बैशाख २८ गतेभित्र ग्लोबल आइएएमी क्यापिटल लिमिटेडमार्फत दिन सकिने पनि उल्लखे छ ।

लक्ष्मी म्युचुअल फण्डको साढे आठ लाख इकाइको विक्री खुला, एउटैले १ करोड इकाइसम्म आवेदन दिन सक्ने

काठमाडौ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डको विक्री खुला भएको छ । प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाइको विक्री खुला भएको छ । यो विक्री खुला भएको इकाइमध्ये डेढ करोड इकाइ अर्थात १५ प्रतिशत कोष प्रवद्र्धक लक्ष्मी बैंक लिमिटेडलाई सुरक्षित गरेर बाँकी साढे आठ करोड इकाइको भने सार्वजनिक विक्री खुला भएको छ । यसको दरखास्तको लागि प्रति इकाई १० रुपैयाँका दरले एक सय इकाइदेखि अधिकतम १ करोड इकाइसम्म एउटै व्यक्तिले आवदेन दिन सक्ने छ । यसको निष्कासन खुला यही बैशाख २२ देखि छिटोमा २६ गते र ढिलोमा जेठ ५ गतेसम्म रहेन छ । यसको धितोपत्र निस्कासन तथा विक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड हो ।