एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको मंसिर १७ गते बुक क्लोज, २१% नगद लाभांश दिने

काठमाडौं । एनएमबि म्युचल फण्ड अन्तर्गत संचालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ को आगामी मंसिर १७ गते बुक क्लोज हुँदै छ । संस्थाले सेयरधनीलाई नगद लाभांश वितरण गर्नको लागि उक्त एक दिन इकाईधनी दर्ता किताब बन्द गर्न लागेको हो । संस्थाले आफ्ना इकाईधनीहरुलाई २१ दशमलब ०५२६३ प्रतिशत नगद लाभांश दिने लागेको छ । फण्डले २०७४/७५को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो । फण्डले आफ्ना इकाईधनीहरुलाई करसहित सो मात्राको नगद लाभांश दिन लागेको हो । उक्त निर्णय फण्डको सञ्चालक समितिको बैठकले गरेको हो ।

आईएमई जनरल इन्स्योरेन्स र नाडेप लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । आइतबार मात्रै आईएमई जनरल इन्स्योरेन्स र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । दुबै कम्पनीको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । आईएमईको ८० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२३.३३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४८६.६७ रुपैयाँ थियो । त्यस्तै, नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ७२६.१९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४१३.१० रुपैयाँ थियो ।

नागरिक लगानी कोषको मंसिर १६ गते बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै

काठमाडौं । नागरिक लगानी कोषको आगामी मंसिर १६ गते बुक क्लोज हुँदै छ । कोषले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो । यस संस्था आगामी पुस ६ गते २३औँ वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको भृकुटीभण्डपस्थित नेपाल पर्यटन बोर्डमा बस्ने छ ।