फोनपे नेपालकै पहिलो पीसीआई डीएसएस प्रमाणित पीएसओ बन्न सफल
काठमाडौं । नेपालको भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) फोनपेले विश्वप्रसिद्ध भुक्तानी सुरक्षासम्बन्धी मापदण्ड (पीसीआई डीएसएस) को v4.0.1 Level 1 Certification प्राप्त गरेको घोषणा गरेको छ । यसले प्रयोगकर्ता, साझेदार बैंक तथा वित्तीय संस्थाहरू र नियामक निकायहरूको विश्वासलाई थप मजबुत बनाएको छ । पीसीआई डीएसएस लेभल वान भुक्तानी कार्ड डाटा सुरक्षाको सर्वोच्च स्तरको अन्तर्राष्ट्रिय मान्यता हो, जसको पालना गर्नका लागि गम्भीर प्राविधिक संरचना, नीतिहरू र निगरानी प्रणाली आवश्यक हुन्छ । फोनपेले यो प्रमाणपत्र प्राप्त गर्नुले कार्डधारकको डाटा सुरक्षित राखेको र सुरक्षा पूर्वाधार बलियो बनाएको स्पष्ट हुन्छ । यो प्रमाणपत्र एक स्वतन्त्र र विस्तृत मूल्याङ्कनपछि प्रदान गरिएको हो जुन पीसीआई डीएसएस संस्था दर्ता सर्टिफाइड क्वालिफाइड सेक्युरिटी एसेसर (क्यूएसए) द्वारा सम्पन्न गरिएको थियो । मूल्याङ्कनमा डेटा सुरक्षा, सुरक्षित नेटवर्क संरचना, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन र निरन्तर निगरानीलगायत १२ प्रमुख सुरक्षा क्षेत्रहरू समेटिएका थिए । फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमोदित तथा इजाजतप्राप्त पेमेन्ट सिस्टम अपरेटर हो । यो भुक्तानी सञ्जालले हाल अन्तर बैंक पिअर टु पिअर भुक्तानी, व्यक्ति देखि व्यापारीको लागि क्यूआर प्राप्त गर्ने योजना तथा आफ्नो सहभागी बैंक तथा वित्तीय संस्था र पेमेन्ट सिस्टम प्रोभाइडरहरूलाई लक्षित घरेलु कार्ड योजना प्रदान गरिरहेको छ । पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड ९पीसीआई डीएसएस० कार्ड आधारित भुक्तानीको ह्यान्डलिङ, प्रोसेसिङ र सञ्चालनका लागि एक विश्वव्यापी सुरक्षात्मक मापदण्ड हो । पीसीआई डीएसएस सन् २००६ मा प्रमुख भुक्तानी कम्पनीहरूरसंस्थाहरूको सहकार्यमा सुरू गरिएको हो । पीसीआई डीएसएसको पालना गर्नु भनेको केवल सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्नु मात्र नभई, प्रयोगकर्ताको कार्ड डाटाको ह्यान्डलिङमा संलग्न जोखिमहरू पहिचान गर्दै, तिनको अभिलेख राख्दै, सुधारात्मक कार्यहरू निरन्तर रूपमा गर्नु पनि हो।
टिकटकले नेपालमा सुरु गर्यो यौन दुर्व्यवहार सम्बन्धी ‘सर्च गाइड’
काठमाडौं । टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि नयाँ 'सर्च गाइड' सेवा सुरु गरेको छ । बिहीबार सार्वजनिक गरिएको यो सुविधा अन्तर्गत अब प्रयोगकर्ताहरूले यौन दुर्व्यवहारसम्बन्धी विषयमा खोज गर्दा आवश्यक सहायता र सुरक्षा सम्बन्धी जानकारीमा 'रिडाइरेक्ट' हुनेछन् । टिकटकको ‘ट्रस्ट एन्ड सेफ्टी’ विभागका आउटरीच तथा पार्टनरशिप म्यानेजर वास्कितो जटीले भने, 'टिकटकमा प्रयोगकर्ताको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । कठिन परिस्थितिमा प्रयोगकर्ताहरूलाई सही सूचना र सहायता स्रोतमा डोहोर्याउनु हाम्रो दायित्व हो ।' नयाँ सर्च गाइडमार्फत सेक्सुअल एसल्ट, एब्युज, जस्ता शब्दहरू खोज्दा स्थानीय हेल्पलाइन, प्रोफेसनल सहयोगदाताहरू, उजुरी गर्ने तरिका र टिकटकको 'सेफ्टी सेन्टर' मा रहेको यौन दुर्व्यवहार सहयोग पेज देखाइनेछ । उक्त पेजमार्फत यौन हिंसाका स्वरूपहरू (जस्तै : बाल यौन शोषण, सहमति बिना गरिने यौन क्रियाकलाप, बहकाउने व्यवहार) बारे जानकारी दिइनेछ । साथै, उजुरी प्रणाली, ट्रमा व्यवस्थापन, कानुनी सहयोग, पीडितको गोपनीयता, र पुनःस्थापनासम्बन्धी सहायता संस्थाहरूको डेटाबेस पनि समेटिएको छ ।
डीएभी कर्पोरेट फुटसल सम्पन्न : खेलमार्फत उद्योग र शिक्षाबीचको सहकार्यलाई मजबुत बनाउँदै
ललितपुर । डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्सेज सोसाइटी नेपालको संयुक्त आयोजनामा सम्पन्न दोस्रो डीएभी कर्पोरेट फुटसल प्रतियोगिता २०२५ ले उद्योग र शैक्षिक क्षेत्रबीचको सहकार्यलाई खेलकुदमार्फत सशक्त बनाएको छ । जुलाई ३० देखि अगस्ट २ सम्म सञ्चालित प्रतियोगितामा बैंकिङ, बीमा, आईटी, अटोमोबाइल, उत्पादन र ट्रेडिङ क्षेत्रका ३२ कर्पोरेट टोली सहभागी भएका थिए । प्रतियोगिताले मित्रता, समूहगत भावना, व्यावसायिक सञ्जाल विस्तार तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो । भव्य उद्घाटन समारोहमा नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान भरत खवास, ह्युमन रिसोर्सेज सोसाइटी नेपालका अध्यक्ष टेकराज शर्मा र डीएभी बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले खेलकुदको भूमिका, सहकार्य र व्यावसायिक एकताका सन्दर्भमा मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको फाइनल खेल डिश होम र कोड हिमालयबीच रोमाञ्चक रूपमा सम्पन्न भयो। डिश होम विजेता बन्दै १ लाख रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्न सफल भयो भने कोड हिमालय उपविजेता बन्दै ५५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल जित्न सफल भयो । सहभागी सबै टोली, प्रायोजक, रेफ्री र स्वयंसेवकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। डीएभी बिजनेस स्कुलले सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी संस्करणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।