पर्यटन मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता, वायुसेवा निगमलाई दुईवटा वाइडवडि एक वर्षभित्रै

काठमाडौं ८, असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही र पर्यटन सचिव शंकर अधिकारीबीच कार्यसम्पादन सम्झौता भएको छ । शुक्रबार पर्यटन मन्त्रालयमा भएको २६ बुँदा र एक सय वटा सूचकमा एक वर्षभित्रै ७ लाख पर्यटक आगमनको वातावरण बनाउने तथा नेपाल वायुसेवा निगमका लागि दुईवटा वाइडवडि जहाज खरिदको सम्झौता भैसक्नुपर्ने उल्लेख छ । पर्यटन मन्त्री र सचिवबीच भएको यस्तो सम्झौतामा पर्यटन मन्त्रालय र मातहतका कार्यालयले गर्ने एक वर्षे कामको विवरण उल्लेख भएको छ । पर्यटन मन्त्री शाहीका अनुसार तोकिएको समय र सम्झौता अनुसार काम नभए सचिवदेखि सम्वन्धित विभागका कर्मचारीसम्मलाई कारवाही गरिने भएको छ । एक वर्षको कार्यसम्पादन सम्झौता भएपनि मन्त्री शाहीले भने आगामी चैत्रभित्रै प्रगति विवरण दिने गरी निर्देशन दिएका छन् । यस अघि सचिवले आयोजना प्रमुखसँग मात्रै गर्ने गरेको यस्तो कार्यसम्पादन सम्झौता पर्यटन मन्त्रीले भने सचिवसँग नै गरेका छन् । निजामति सेवा ऐनमै भएको व्यवस्थालाई कार्यान्वय गर्दै गरिएको यस्तो सम्झौतामा मन्त्रीले सचिवसँग र सचिवले सहसचिव तथा सम्वन्धित विभागका महानिर्देशकसँग गरेका छन् । यस्तो पर्यटन मन्त्रालय मातहत गर्नुपर्ने कामको यस्तो सम्झौता एक सय वटा कार्यसम्पादनको क्षेत्रमा करिब एक हजार सूचक रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । मन्त्री र सचिव भएको यस्तो सम्झौतामा ५० प्रतिशत भन्दा कम प्रगति भए नकारात्मक काम मानिने छ । कार्यसम्पादानकै आधारमा कर्मचारीलाई पुरस्कृत र दण्डित गर्न यस्तो सम्झौता गरिएको मन्त्री शाहीले जानकारी दिए । मन्त्री शाहीका अनुसार आप्mनो र अर्काको जिम्मेवारी भनेर पन्छने प्रवृत्तिलाई हटाउन र आफैंबाट सुधार अभियान संचालन गर्न पनि सचिव र मातहतका कर्मचारीसहितसँग कार्यसम्पादन सम्झौता भएको हो । सम्झौता अनुसार काम नगर्ने कर्मचारीलाई कारवाही गर्ने सर्त राखिएको छ । पर्यटन मन्त्री र सचिवबीचको सम्झौतामा पर्यटन क्षेत्रको बजारीकरण, भूकम्पपछिको पुननिर्माण, नीतिगत असहजता हटाउनेसहितका काम रहेका छन् । यस्तो काममा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा समय सान्दर्भिक नीति निर्माण तथा संशोधन गर्ने, भैरहवा विमानस्थलको काम कम्तिमा ५० प्रतिशत सम्पन्न गर्नुपर्ने, पोखरा विमानस्थलको सिभिल वर्क भएको हुनुपर्ने, निजगढ विमानस्थलको मुआब्जा बितरण गर्ने र यो विमस्थल निर्माणको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न हुनुपर्ने उल्लेख छ । लुम्बीनी क्षेत्रको पर्यटन विकासको गुरु योजना, वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउने र वाइडवडि नामक दुईवटा ठूलो जहाज खरिदको सम्झौता भैसकेको हुनुपर्ने, त्रिभुवन विमानस्थलको क्षमता अभिवृद्धिको काम अगाडि बढ्नुपर्ने, नेपालभरका धार्मिक स्थलको भेटी व्यवस्थापन हुनुपर्ने, यूरोपेली युनियनले राखेको नेपालको उड्डययन क्षेत्रको कालोसूचि हट्नुपर्ने सर्त उल्लेख छ । नेपालका सबै हिमालको विद्युतीय अभिलेख हुनुपर्ने, मन्त्रालय अन्तर्गत हुन सबै ठेक्का विद्युतीय सेवाबाट हुनुपर्ने, क्यासिनो नियमावली संसोधन, पर्यटन मन्त्रालय र मातहतका कार्यलयको पूँजीगत खर्च कम्तिमा ७५ प्रतिशत सम्पन्न भएको हुनुपर्ने सर्त पनि रहेको छ । मन्त्रीसँगको कार्यसम्पादन करार सम्झौतालाई सचिवले मातहतका निकायका सहसचिवसँग गरेका छन् । सहसचिव तथा विभागका महानिर्देशकले पनि सम्वन्धित विभागका योजना प्रमुख तथा आफ्ना कर्मचारीसँग गर्ने उल्लेख छ । सम्झौतापछि पर्यटन सचिव अधिकारले कर्मचारीलाई थप जिम्मेवार बनाउँन यस्तो सम्झौता भएको बताए । उनका अनुसार सम्झौता पछि काम प्रभावकारी रूपमा हुनुपर्ने र सहजता अपनाउने तथा सम्वन्धित कर्मचारीलाई जिम्मेवार बनाउने पनि बताए । चालू आवमा गर्नुपर्ने काममा आधारित भएर गरिएको यस्तो सम्झौताको वार्षिक लक्ष्यलाई मासिक हुँदै साप्ताहिक बनाएर काम गर्न पर्यटन सचिव अधिकारीले मातहतका कार्मचारीलाई निर्देशन दिएका छन् । आफूले गर्ने कामको कार्यगत विवरण तयार गर्ने र काम गर्ने समयतालिका बनाउँन पनि सचिवले निर्देशन दिए । मन्त्री र सचिवबीचको पहिलोपटकको कार्यसम्पादन करार सम्झौताले आफ्नो जिम्मेवारीलाई थप बलियो बनाउँन सहयोग गरेको पर्यटन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले बताए । उनका अनुसार निजामति सेवामै मन्त्रीले सचिवसँग गरेको कार्यसम्पादन करार पहिलो हो । यसलाई अन्य मन्त्रालयले पनि गर्दैै गएको अवस्थामा कामको प्रगति बढ्ने दाबी गरे ।

सामसुङलाई फेरी अर्को झड्का, जहाजमै पड्कियो सामसङ ग्यालेक्सी नोट टु

काठमाडौं, ७ असोज । विश्वचर्चित कोरियन प्रविधि कम्पनी सामसङलाई एकपछि अर्को झट्का लाग्न थालेको छ । ग्यालेक्सी नोट सेभेन पड्केर तनावमा आएको सामसङमाथि अब अर्को तनाव आइलागेको छ । उसको विश्वचर्चित उत्पादन ग्यालेक्सी नोट टु मा आगो लागेको खबर आएको छ । भारतको चेन्नई विमानस्थलमा अवतरण गर्नै लागेको एउटा जहाजमा सवार यात्रुले बोकेको ग्यालेक्सी नोट टु पड्किएपछि सामसङमाथि अर्को आपत् आइ लागेको हो । रिपोर्टका अनुसार एक व्यवसायिक उडान इन्डिगो चेन्नई एयरपोर्टमा अवतरण गर्नै लागेको बेलामा ग्यालेक्सी नोट टु मा आगो लागेको हो । समाचार अनुसार ग्यालेक्सी नोट टु लाई जहाजको ओभरहेड बीनमा राखिएको थियो, जहाँ यात्रुले आफ्नो हेन्ड ब्याग पनि राख्ने गरेका हुन्छन् । भारतको नागरिक उड्ययन प्राधिकरणका एक निर्देशकले बताए अनुसार शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा फोनबाट आगो र धुँवा निक्लेको पुष्टि गरे । उनका अनुसार ग्यालेक्सी नोट टु पड्किएपछि सामसङका अधिकारीलाई छलफलका लागि बोलाइएको छ । समाचार अनुसार यसबारेमा सामसङका अधिकारीहरुले सोमबार प्राधिकरणसँग छलफल गर्ने जनाएका छन् । अधिकारीहरुका अनुसार फोन अन या अफ थियो भन्नेबारेमा अहिलेसम्म केही खुलिसकेको छैन । घटनापछि क्याबिन क्रु मेम्बरले आगो निभाउने मेशीनले सामसङ ग्यालेक्सी नोट टु मा लागेको आगो निभाएका थिए । डीजीसीएका एक प्रवक्ताका अनुसार यस घटनामा जहाजमा सवार कुनै यात्रुलाई कुनै चोटपटक लागेको छैन । यसका अलावा प्रवक्ताले उडानका क्रममा यात्रुलाई सामसङ ग्यालेक्सी नोट टु सहितका स्मार्टफोनलाई अफ गर्न भनेको थियो । सामसङले ग्यालेक्सी नोट टु सन् २०१२ अक्टोबरमा लन्च गरेको थियो ।

गुगलले ल्यायो इन्ट्यान्ट मेसेजिङ एप ‘एलो’

काठमाडौं, ७ असोज। गुगलले आफ्नो च्याट एप एलो लञ्च गरेको छ । विश्वव्यापी रुपमा लञ्च गरिएको एलो एप्पलको आइओएस र एन्ड्रोइडमा उपलब्ध छ । एक महिनाको अवधिमा डुओ एप गुगल प्ले स्टोरबाट एक करोडभन्दा बढि डाउनलोड भैसकेको छ । गुगलले यहीँ वर्ष आफ्नो डेभलपर्स कन्फ्रेन्समा एलो एप ल्याउने घोषणा गरेको थियो । यो एपमा सर्च इन्जिन तथा गुगल असिस्टेन्ट समेत आबद्ध गरिएकेा छ । ह्वाट्सएपमा जस्तै यो एप प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो फोन नम्बर हाल्नुपर्ने हुन्छ । यस एपमा गुगल अकाउन्टलाई पनि लिंक गर्न सकिन्छ । गुगल प्ले स्टोरमा न्ययनभि वर्षिय सर्च गरेर यो एपलाई इन्स्टल गर्न सकिन्छ । यो एपमा सर्च फिचर सुरुमै राखिएको हुन्छ जसमा प्रयोगकर्ताहरु २नययनभि पछि आफुले खोजेको कुरा टाइप गरी सर्च गर्न सक्दछन् । अर्थात् आफुले खोजेको कुनै जानकारी गुगलका सर्च गर्नका लागि एप बाहिर निस्किएर ब्राउजरमा गुगल सर्च इन्जिन खोलेर सर्च गर्नु आवश्यक पर्नेछैन । यो एपको आर्टिफिसियल इन्टेलिजेन्सयुक्त सर्चले गुगलको नलेज ग्राफको प्रयोग गर्दछ । यो एपमा इन्ड टू इन्ड एनक्रिप्सन अर्थात् च्याट आफै डिलिट हुने फिचर छ । प्रयोगकर्ताले आफ्नो मेसेजका लागि टाइम लिमिट सेट गर्न सक्दछन् की मेसेज कति समयपछि डिलिट होस् । १० सेकेण्ड, ३० सेकेण्ड, १ मिनेट, १ घण्टा, १ दिन वा त्यसभन्दा धेरै समयको अप्सन छान्न सकिन्छ । गुगलले हरेक देशलाई लक्षित गरेर कस्टम स्टिकर पनि एड गरेको छ । तर यो एपमा डकुमेन्ट शेयरिंग तथा भ्वाइस कलिंग जस्ता फिचर भने उपलब्ध छैन । एलोलाई गुगलले आफ्नो भिडियो च्याट एप डुओको जोडीको रुपमा पेश गरेको छ ।