इन्फिनिटी माइक्रोफाइनान्सको कारोबार शुरु, तत्काल १० वटा शाखा विस्तार गर्ने

काठमाडौं, ९ माघ । इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको कारोबार शुरु भएको छ । नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाको उद्घाटन गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिविले गरेका छन् । उक्त संस्था लघुवित्त सेवाको माध्यमबाट समाजका विपन्न वर्गको जिवनस्तर उकास्ने उद्देश्य सहित नेपाल सरकारका पूर्व सचिव, प्राध्यापक, बैंकर, इन्जिनियर तथा व्यापारीहरुको प्रबद्धनमा संचालनमा आएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिबि नेपालले लघुवित्त संस्थाहरु ग्रामीण क्षेत्रमा सहयोगी हातहरुको रुपमा हुनुपर्ने बताए । साथै उनले वित्तीय पहुंच नपुगेको ठाउंमा पुग्न तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्न समेत लघुवित्त संस्थाहरुलाई निर्देशन दिएका छन् । हाल संस्थाको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । संस्थाले आफ्नो कार्यक्रम विस्तार गर्ने क्रममा कम्तीमा १० वटा शाखाहरु खोल्ने बताएको छ । थप शाखाहरु विस्तारसँगै वित्तीय सेवाको पहुंच कम भएका जनताहरुलाई उनीहरुको घरदैलोमा पुगी सेवा दिने संस्थाले जानकारी गराएको छ ।

‘इन्टरनेट सबैका लागि’ थिममा एनसेलले ल्यायो नयाँ आकर्षक डेटा प्याकहरु

काठमाडौं, ९ माघ । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिममा नयाँ डेटा अफर ल्याएको छ, जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझ आकर्षक तथा सुलभ मुल्यमा एनसेलको डेटा सेवाको मज्जा लिन सक्ने विश्वास कम्पनीले लिएको छ । आजदेखि लागू हुने यस योजनामा एनसेलले भोल्युममा आधारित नयाँ डेटा प्याकहरुलाई मात्र पाँचवटा सरल शुल्कमा समेटेको छ, जसले ग्राहकलाई आफ्नो छनौटको डेटा प्याक लिन अझ सहज बनाएको छ । योजनामा ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्छन् । अल टाइम डेटा प्याक चाहने ग्राहकले रु ९ मा २० एमबि, रु २० मा ५० एमबि, रु १०० मा ३०० एमबि, रु १५० मा ५०० एमबि र मात्र रु २५० मा १००० एमबि डेटा खरिद गर्न सक्नेछन् ।   डेटा ७ पैसा प्रति एमबि देखि ४५ पैसा प्रति एमबिको आकर्षक मूल्यमा उही मूल्यमा दुई गुणा भोल्युमको डे प्याक तथा चार गुणा भोल्युमको नाइट प्याक सबै नयाँ प्याकको समयावधि ३० दिनसम्म प्याक सकिए पनि समयावधि रहुन्जेल कर सहित मात्र रु १ प्रति एमबिको दरमा इन्टरनेट चलाउन सकिने डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन् । अर्थात् डे डेटा प्याक खरिद गर्ने ग्राहकले रु ९ मा ४० एमबि, रु २० मा १०० एमबि, रु १०० मा ६०० एमबि, रु १५० मा १००० एमबि र मात्र रु २५० मा २००० एमबि डेटा पाउने छन् । नाइट डेटा प्याक सुचारु गर्नेले रु ९ मा ८० एमबि, रु २० मा २०० एमबि, रु १०० मा १२०० एमबि, रु १५० मा २००० एमबि र मात्र रु २५० मा ४००० एमबि डेटा पाउने छन् । यसरी डे डेटा प्याक अन्तर्गत ग्राहकले १३ पैसा प्रति एमबि सम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ७ पैसा प्रति एमबि सम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् । उल्लेखित शुल्कहरु कर सहित हुन् । योजना अन्तर्गतका सबै प्याकको समयावधि ३० दिन रहेको छ  र प्याकको भोल्युम चाँडै सकिएमा ग्राहकले प्याकको बाँकी समयावधि भर मात्र रु १ प्रति एमबिको ‘पे एज यू गो’ दरमा इन्टरनेट चलाउन सक्नेछन् । सुलभ दरमा डेटा सेवाको फाईदा लिन ग्राहकले एस्ट्रिक्स् १२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार डेटा प्याकहरु सुचारु गर्न सक्नेछन् । ‘‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप हामीले डेटा शुल्कलाई परिमार्जित गर्दै र अझ सुलभ बनाउँदै यो अफर ल्याएका छौ । हामी आशा गर्दछौ, यो अफरले बढी भन्दा बढी मानिस समक्ष इन्टरनेट सेवाको पहुच पुर्याई त्यसबाट लाभ लिन मद्दत पुर्याउने छ,’’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । ‘‘यो अफरलाई पे एज यु गो शुल्कले थप बिशेष बनाएको छ जस अन्तर्गत प्याकको भोल्युम सकिएपछि पनि ग्राहकले रु १ प्रति एमबिमा प्याकको समयावधि नसकिएसम्म इन्टरनेट चलाउन सक्नेछन् ।’’ आफ्नो आवश्यकता अनुसार ग्राहकले यी प्याकहरु जति पटक पनि लिन सक्छन् । यो अफर ९० दिन सम्म संचालनमा रहने कम्पनीले जनाएको छ ।

घाटाको व्यापार गर्न वायुसेवा निगम बाध्य, शुक्रबार थप चिनियाँ जहाज काठमाडौं आउने

काठमाडौं ९, माघ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी शुक्रबार थप चिनियाँ जहाज काठमाडौं ल्याउने भएको छ । दुईवटा चिनियाँ जहाज संचालन गरेर वार्षिक कम्तिमा ३२ करोड रुपैयाँ घाटामा गएको भएपनि सरकारले दबाबका कारण निगम घाटाको व्यापार गर्न वाध्य भएको छ । निगमले थप दुईवटा चिनियाँ जहाज ल्याउँन टोली चीन पठाइसकेको छ । निगम स्रोतका अनुसार पहिले ५६ सिट क्षमताको एमए ६० जहाज आउने भएको छ । भने त्यसको त्यसको १५ दिने भित्र अर्को १८ सिट क्षमताको वाई १२ ई जहाज आउने भएको छ । निगमले दिएको जानकारी अनुसार अगामी शुक्रबार (माघ) १४ गते एउटा एमए ६० आउने भएको छ । एमए ६० मोडलकै एक जहाज निगमले हाल चिनबाटै अनुदानमा ल्याएर उडान गरिरहेको छ । एउटा वाई १२ पनि उडान गरिरहेको भएपनि थप ल्याउने प्रक्रिया निगमले अगाडि बढाइसकेको छ । निगमले दिएको जानकारी अनुसार अपरेसन विभागका निर्देशक क्याप्टेन आरके शेरचनको नेतृत्वमा गएको एक टोलिले जहाज ल्याउने पक्का भएको छ । निगमका उच्च अधिकारीका अनुसार ‘चाहिदैन, उडान सकिदैन भन्दा भन्दै पनि निगमलाई चिनियाँ जहाज घाँडो आइलागेको छ ।’ अहिले वार्षिक ३२ करोड घाटामा गएको निगम चिनियाँ जहाजकै अहिलेकै व्यवस्थापत र कार्यशैलीमा संचालन हुँदा ५० करोड रुपैयाँ घाटा पुग्छ । निगमले ६ वटा चिनियाँ जहाज ल्याउने भनेको छ । ६ वटै ल्याएर उडाउँदा निगम वार्षिक एक अर्बको घाटामा जाने दाबी निगमकै उच्च अधिकारी बताउँछन् । चिनियाँ जहाजकै कारण निगमको आन्तरिक उडानतर्फ गत आर्थिक २०७२/७३ मा ३२ करोड ९० लाख रुपैयाँ घाटा भएको थियो । यस्तो घाटा अघिल्लो वर्ष २० करोड मात्रै रहेको उल्लेख छ । विमानस्थमा रहेको निगमको ह्यांगरको फाइल तस्बिर निगमले घाटामै २ वटा जहाज उडाइरहेको भएपनि सरकारी सम्झौता भैसकेकोले थप चार वटा चिनियाँ जहाज ल्याउने भएको छ । निगमले हाल उडानमा रहेको १८ सिट क्षमताको जहाज एक वर्षमा एक महिना पनि उड्दैन । यो जहाज ल्याएपछि निगमले गत आर्थिक वर्ष २०७२/७३ मा जम्मा १०२ वटा मात्रै उडान गरेको छ । एक वर्षको अवधिमा भएको यो उडानबाट जम्मा ६२२ जना यात्रुले सेवा पाएको निगमले जानकारी दिएको छ । गएको एक वर्षको अवधिमा यो जहाजले जम्मा २६ केजी मात्रै कार्गो बोकेको छ । वाई १२ को तुलनामा यसको उडान दिनमा दुई देखि तीन वटा सम्म भएको छ । यो जहाजले आव २०७२/७३ मा गरेको यो उडानबाट २० हजार ९ सय ६८ जनालाई सेवा दिएको छ । यो उडानबाट २१ हजार नौ सय ६० केजी कार्गोे सेवा पनि दिएको निगमले जानकारी दिएको छ । निगमले चिनियाँ जहाज उडानमा प्राथमिकता पनि दिनएको र चीनकै सहयोग नभएको भन्दै पन्छने पनि गरेको छ ।