पुनले गरे प्रधानमन्त्री शाहसँग भेट
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार (आज) भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि जारी खोज तथा उद्धार, घाइतेको उपचार र राहत वितरणलगायत विषयमा छलफल भएको छ । भेटमा बाढीबाट क्षतिग्रस्त पूर्वाधारलाई शीघ्र पुनः सञ्चालनमा ल्याउने तथा प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ । यसअघि प्रधानमन्त्री शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका थिए । उक्त भेटमा पनि भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार तथा राहतलगायत समसामयिक विषयमा छलफल भएको थियो ।
रास्वपा सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार पार्टीको केन्द्रीय कार्यालय घण्टीघर, बनस्थलीमा बिहान १० बजे सचिवालय बैठक बोलाइएको हो । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा रसुवा बाढी, पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय तथा पार्टीका आगामी गतिविधिका विषयमा छलफल हुने बताइएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, त्यसले पार्टीमाथि पारेको प्रभाव तथा रास्वपाले आगामी दिनमा लिनुपर्ने राजनीतिक रणनीतिका विषयमा समेत छलफल हुन सक्ने जनाइएको छ । त्यस्तै, पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक मुद्दामा पार्टीको धारणा र आगामी कार्यक्रमका विषयमा पनि सचिवालय सदस्यबीच छलफल हुने बताइएको छ ।
रवि लामिछानेले बोलाए रास्वपा सचिवालय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थली, काठमाडौंमा बस्नेछ ।