काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार (आज) भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि जारी खोज तथा उद्धार, घाइतेको उपचार र राहत वितरणलगायत विषयमा छलफल भएको छ ।
भेटमा बाढीबाट क्षतिग्रस्त पूर्वाधारलाई शीघ्र पुनः सञ्चालनमा ल्याउने तथा प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।
यसअघि प्रधानमन्त्री शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका थिए ।
उक्त भेटमा पनि भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार तथा राहतलगायत समसामयिक विषयमा छलफल भएको थियो ।