रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार पार्टीको केन्द्रीय कार्यालय घण्टीघर, बनस्थलीमा बिहान १० बजे सचिवालय बैठक बोलाइएको हो ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा रसुवा बाढी, पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय तथा पार्टीका आगामी गतिविधिका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, त्यसले पार्टीमाथि पारेको प्रभाव तथा रास्वपाले आगामी दिनमा लिनुपर्ने राजनीतिक रणनीतिका विषयमा समेत छलफल हुन सक्ने जनाइएको छ ।

त्यस्तै, पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक मुद्दामा पार्टीको धारणा र आगामी कार्यक्रमका विषयमा पनि सचिवालय सदस्यबीच छलफल हुने बताइएको छ ।

Share News