एनआईसी एसिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । साउन ६ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओको पदमा जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले जोशीलाई साउन ७ गतेबाट लागु हुने गरी संस्थाको सीईओमा ४ वर्षको लागि नियुक्त गरेको हो । उनीसँग यो भन्दा अगाडी छिमेक लघुवित्तमा पनि सीईओको रुपमा काम गरिसकेको राम्रो अनुभव रहेको छ ।
सिन्धु विकास बैंकको सचिवको जिम्मेवारी प्रमोद न्यौपानेलाई
काठमाडौं । सिन्धु विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी सहायक प्रमुख अधिकृत प्रमोद न्यौपानेलाई दिइएको छ । साउन ३ गते बैंक सञ्चालक समितिको बैठकले कम्पनी सचिवको जिम्मेवारी न्यौपानेलाई दिने निर्णय गरेको हो ।
सम्पदा लघुवित्तको सीईओमा पौडेल नियुक्त
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सीईओमा केशव कुमार पौडेल नियुक्त भएका छन् । साउन १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओको पदमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई कम्पनी सचिवको जिम्मेवारी समेत प्रदान गरिएको छ । साविकको साधना लघुवित्त र सबैको लघुवित्त एक आपसमा मर्ज भई सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । साविक सबैको लघुवित्तमा यसअघि उनी दोस्रो कालका लागि सीईओमा पुन: नियुक्त भएका थिए । २०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थाबाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा विभिन्न पद हुँदै प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्यानुभव छ । उनी २०७४ जेठ १ गतेदेखि सबैको लघुवित्तमा सीईओका रुपमा कार्यरत थिए ।