सिवाईसी लघुवित्तको सीईओमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । साउन २३ गते बसेको संस्थाको सञ्चालक समितिले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । साउन २४ गतेदेखि लागु हुने गरी शर्मालाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
सानिमा माई हाइड्रोको सञ्चालकमा पराजुली
काठमाडौं । सानिमा माई हाइड्रोपावरको सञ्चालकमा बलराम पराजुली नियुक्त भएका छन् । कम्पनीको साउन २२ गते बसेको बैठकले सञ्चालक पदमा पराजुलीलाई नियुक्त गर्ने निणर्य गरेको हो । साथै, कम्पनीका सञ्चालक तुकप्रसाद पौडेलले राजीनामा दिएसँगै रिक्त रहेको सञ्चालक पदमामा बलराम पराजुलीलाई नियुक्त गरिएको हो ।
गोर्खाज फाइनान्सको सञ्चालकमा प्रविण भट्टराई नियुक्त
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालकमा प्रविण भट्टराई नियुक्त भएका छन् । संस्थाको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालको पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले साउन २१ गतेदेखिनै लागु हुनेगरी कार्यभार सम्महालेका छन् ।