महालक्ष्मी लाईफ इन्स्योरेन्सको संचालकमा घिमिरे र सल्लाहकारमा खनाल नियुक्त
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको विशेषज्ञ संचालकमा रविन्द्र घिमिरे र सल्लाहकारमा प्रकाश खनाल नियुक्त भएका छन् । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले घिमिरे र खनाललाई सो पदमा नियुक्त गरेको हो । घिमिरेले बीमा विषयमा विधावारिधी गरेका छन् । त्यस्तै, खनाल पनि बीमा क्षेत्रका एक अनुभवी व्यक्ति हुन् ।
एनआईसी एशिया बैंकको सहायक कार्यकारी प्रमुखमा न्यौपाने र पाण्डे नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा रोशन कुमार न्यौपाने तथा सुधिर पाण्डेलाई नियुक्त गरेको छ । सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुुन् । उनी करिब १० वर्ष अगाडी आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका छन् । न्यौपाने बैंकिङ क्षेत्रमा नवीनतम प्रणालीको प्रयोग गर्दै यस क्षेत्रलाई नयाँ उचाईसम्म पुर्याउनु पर्छ भन्ने मान्यता राख्दछन् । त्यसै गरी २०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर पाण्डेले विभिन्न बैंकहरु तथा यस बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् । लामो बैंकिङ अनुभव सम्हालेका एवं कुशल व्यवस्थापक सुधिर पाण्डे तथा बैंकिङ क्षेत्रको सर्वाङ्गिण विकासको लागि अन्तराष्ट्रिय मान्यताहरु र नविनतम सोचहरु नेपालको बैंकिङ क्षेत्रमा भित्र्याउन दक्ष एवं कुशल रणनीतिक योजनाकार रोशन कुमार न्यौपानेको कार्य संयोजनले बैंकले उल्लेखनीय प्रगति हासिल गर्ने अपेक्षा गरिएको छ ।
रासस महाप्रबन्धकमा ओपेन्द्र शर्मा नियुक्त
काठमाडौँ, । सरकारले राष्ट्रिय समाचार समिति राससमा रिक्त महाप्रबन्धकमा पत्रकार ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शर्मालाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत माघ ६ गतेदेखि सो पद रिक्त थियो । त्यस्तै निर्यात तथा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशकमा शरद्विक्रम राणालाई नियुक्त गरिएको छ । बैठकले बूढीगण्डकी इन्जिनियरिङ प्रोक्यरमेन्ट कन्स्ट्रक्सन ढाँचामा अघि बढाउने सम्झौतापत्र तयार गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ । प्रधानमन्त्रीले संसद्मा विशेष सम्बोधन गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री र मन्त्रीहरूले बालुवाटारमा सामूहिक तस्बिर खिंचाएका थिए । रासस