मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष निरौला नियुक्त
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सन्तोष निरौला नियुक्त भएका छन् । वैशाख ७ गते बसेको कम्पनी संचालक समितिको बैंठकले निरौलालाई आगामी चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सिईओ निरौलाले आगामी वैशाख २२ गतेदेखि कम्पनीको कार्यकारी अधिकृतको पदभार सम्हाल्ने छन् ।
खाद्य संस्थानमा नयाँ महाप्रवन्धकको खोजी, १५ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । नेपाल खाद्य संस्थानमा महाप्रवन्धक नियुक्तिको प्रक्रिया अघि बढेको छ । दुई पटक पदपूर्तिको सुचना प्रकाशित गर्दा पनि पर्याप्त दरखास्त नपरेपछि महाप्रवन्धक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समितिले पुनः तेस्रो पटक आवेदन मागेको छ । यसअघि भदौ ९ र माघ ६ गते गरी दुई पटक आवेदन माग गर्दा पर्याप्त दरखास्त नपरेपछि तेस्रो पटक सुचना प्रकाशित गरेको समितिले जनाएको छ । स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा न्युनतम ५ वर्ष काम गरेको अनुभव भएको र ३० वर्ष पुरा भई ३५ वर्ष ननाघेका उम्मेदवारले महाप्रवन्धकका लागि दरखास्त दिन पाउने भएका छन् । दरखास्त दिदा ५ हजार शब्द नबढ्ने गरी व्यवसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने समितिले जनाएको छ ।
संचय कोषको प्रशासकमा तुलसीप्रसाद गौतम नियुक्त
काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा राष्टिय योजना आयोगका प्रवत्ता तुलसीप्रसाद गौतमलाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले रिक्त प्रशासक पदमा गौतमलाई नियुक्त गरेको हो । छनौट समितिमा पहिलो नम्बरमा रहेका गौतमलाई सरकारले कोषको प्रशासक बनाएको हो । कोषका नायवप्रशासक दीपक रौनियार र राजेन्द्र काफले प्रतिस्पर्धामा थिए । गौतम राष्टपति विद्यादेवी भण्डारीसगै अध्ययन गरेका र अर्थमन्त्री डा. युवराज खतिवडा निकट रहेका छन् ।