मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल, अध्यक्ष मल्लद्धारा पदभार ग्रहण
काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको निर्णय बमोजिम बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पोखरेललाई उक्त पदमा बढुवा गरिएकाे हो । बैंकिङ्ग क्षेत्रमा करिव २८ वर्ष लामो अनुभव संगालेका नवनियुक्त सीईओ पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो सीईओका रुपमा पदभार ग्रहण गरेका हुन् । बैंकको संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त सीईओ पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ्ग सेवा शुरु गरी करिब १९ वर्ष उक्त बैंकको विभिन्न विभागहरुको जिम्मेवारी वहन गरेका थिए । त्यसपछि उनले ६ वर्ष मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मंसिर १९ गते देखि यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए । यस विकास बैंकले नवनियुक्त सीईओको पदस्थापन कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको ऐतिहासिक तथा पुरोनो वीर अस्पतालको सरसफाईको लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम धुर्मुश सुन्तली फाउन्डेशन मार्फत फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुश)लाई बैंकका संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले प्रदान गरेका थिए ।
हाम्रो विकास बैंकको अध्यक्षमा हरि प्रसाद, सञ्चालकमा ५ जना निर्वाचित
काठमाडौं । हाम्रो विकास बैंक लिमिटेडको अध्यक्ष पदमा हरि प्रसाद नियुक्त भएका छन् । हालै सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले प्रसादलाई कम्पनीको उक्त पदमा सर्वसम्मत चयन गरेको हो । साथै, कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित भएका छन् । वैशाख ३१ गते सम्पन्न कम्पनीको ९औँ वार्षिक साधारणसभाले संस्थापक र सर्वसाधारण गरी ५ जनालाई सञ्चालकमा निर्वाचित गरेको हो । कम्पनीको संस्थापक सेयरधनीकोतर्फबाट हरिप्रसाद, गंगालाल श्रेष्ठ र रामहरि शर्मा रिजाल तथा सर्वसाधारणको तर्फबाट सुदिप थापा र राजिवकुमार कर्ण निर्वाचित भएका छन् । नवनियुक्त सञ्चालकहरुले आगामी ४ वर्षसम्म आ–आफ्नो कार्यभार सम्हाल्नेछन् ।
बीमा संस्थानमा कस्ले मार्ला बाजी ?
काठमाडौं । राष्ट्रिय बीमा संस्थामा रिक्त रहेको प्रशासकका लागि ५ जनाले आवेदन दिएका छन् । कविप्रसाद पाठक, झापा, डिल्लीराज अर्याल, गुल्मी, बुद्धकाजी श्रेष्ठ काठमाडौं, लक्ष्मण पोखरेल, गुल्मी र सुरेन्द्र थापा पाल्पा रहेका छन् । प्रशासक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समिलिाई उम्मेदवारले आइतबार संस्थाको व्यवसायिक योजना प्रस्तुत गरेका थिए । सोमबार अन्तरवार्ता दिन काम पनि सकिएको छ । समितिले ३ जनालाई छनौट गरेर अर्थ मन्त्रालयमा शिफारिश गर्नेछ । त्यसपछि मन्त्रिपरिषदले एक जनालाई प्रशासक बनाउने छ ।