यूनाईटेड फाइनान्सको सीईओमा मिश्र नियुक्त

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अजयकुमार मिश्र नियुक्त भएका छन् । संस्थाको संचालक समितिको २३२औँ बैठकले मिश्रलाई सीईओ पदमा नियुक्त गरेको हो । समितिले गत वैशाख ६ गतेदेखि लागू हुने गरी मिश्रलाई संस्थाको सीईओमा नियुक्त गरेको हो ।

गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा यादवचन्द्र राई नियुक्त

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा यादवचन्द्र राई नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक राईलाई बुधबारदेखि नै लागु हुने गरी बाँकी कार्यकालको लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव मुकुन्द्र श्रेष्ठले जनाएका छन् । यसैबीच, मंगलबार नै सम्पन्न सञ्चालक समितिको बैठकले अध्यक्ष प्रेमबहादुर खापुङले घरासयी व्यस्तताको कारणले चैत २९ गते दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको थियो ।

सपोर्ट माइक्रोफाइनान्सको सञ्चालकमा दुई जना निर्वाचित

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । संस्थाको गत चैत २३ गते सम्पन्न चौथो वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट तारा देवी भट्टराई र शिशीर दाहाललाई सञ्चालकमा नियुक्त गरेको हो । नव नर्वाचित सञ्चालक भट्टराई र दाहालको शैच्छिक योग्यता स्नातकोत्तरसम्मको रहेको संस्थाले जनाएको छ ।