एलआईसीको अध्यक्षमा एमआर कुमार नियुक्त, जीवन बीमामा ३६ वर्षको अनुभव

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) (एलआईसी) लिमिटेडको संचालक समितिको अध्यक्षमा एमआर कुमार नियक्त भइका छन् । इन्स्योरेन्सको हालै सम्पन्न बैठकले एलआईसी अफ इन्डियाबाट प्रतिनिधित्व गर्ने गरी कुमारलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त कुमारले जीवन बीमामा ३६ वर्षको अनुभव संगालेका छन् । साथै, उनी इन्डियाको वर्तमान कार्यकारी अध्यक्ष हुन् । यस अघि इन्स्योरेन्सको अध्यक्ष पदमा प्रमोटर सेयरधनी हेमन्त भार्गव कार्यरत थिए । उनले गत जेठ २ गतेदेखि नै लागू हुने गरी राजिनामा दिएका थिए ।

स्पर्श लघुवित्तको सञ्चालकमा क्षितिज खड्का नियुक्त

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा क्षितिज खड्का नियुक्त भएका छन् । संस्थाको ४६औँ सञ्चालक समितिको बैठकले जनता बैंक नेपालको तर्फबाट प्रतिनिधि सञ्चालकको रुपमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै नवनियुक्त खड्काले संस्थाको सञ्चालकको रुपमा आगामी बाँकी कार्यकाल सम्हाल्नेछन् । संस्थाको ४६औँ सञ्चालक समितिको बैठक जेठ ६ गते सोमबार बसेको थियो ।

सनराइज बैंकको कामु सीईओकाे जिम्मेवारी आशा राणालाई, काे हुन् राणा ?

काठमाडौं । सनराइन बैंककाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन् । रत्नराज बज्राचार्यको ४ वर्षे कार्यकाल सकिएसँगै सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत रिक्त भएको थियाे । उनको वहिर्गमनसँगै कामु प्रमुख कार्यकारीकाे रुपमा राणालाई जिम्मेवारी दिइएको हाे । उनी बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । सन् १९८५ मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफाेर्ड विश्वविद्यालयमा सहायक लेखापालको रुपमा व्यवसायिक करियर सुरुवात गरेकी राणाले राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक हुँदै सनराइज बैंकका प्रवेश गरेकी हुन् । सन् १९८८ मा बैंकिङ करियर सुरु गरेकी राणासँग त्यसपछि निरन्तर बैंकिङ क्षेत्रमा रहेको बैंकले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत रिक्त भएसँगै बैंकले नयाँ कार्यकारी प्रमुखको खोजी सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार बढी प्रमुख कार्यकारी प्रमुख रिक्त भएको ३ महिनाभित्र अर्को नियुक्ति गरिसक्नुपर्छ ।