आङ देण्डी शेर्पा घरेलु लघुवित्तको अध्यक्षमा चयन

काठमाडौँ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीहरुको बाट मनोनित सञ्चालन आङ देण्डी शेर्पा सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् । नव नियुक्त अध्यक्ष शेर्पाले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीइ संस्था नियमन विभागका कामु निर्देशक बमबहादुर मिश्र समक्ष सपथ ग्रहण गरे । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाका नियमन विभागका निर्देशक नरेन्द्रसिंह विष्ट, कामु निर्देशक वीरन्द्र दत्त अवस्थी, उपनिर्देशक पञ्चलक्ष्मी मानन्धर, सहायक निर्देशक महेशकुमार जोशीका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद अधिकारी तथा अधिकृत प्रदीपकुमार घिमिरेको उपस्थिति रहेको थियो ।

ज्योति लाईफ इन्स्योरेन्सको अध्यक्षमा नन्दकिशोर शर्मा चयन

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बैशाख १२ गते बसेको संचालक समितिको बैठकबाट संचालक नन्दकिशोर शर्मा अध्यक्षमा चयन भएका छन् । कार्यव्यस्तताका कारण पशुपति मुरारकाले दिएको राजिनामा बैशाख १ गते बसेको बैठकले स्वीकृत गरेको थियो । नवनियुक्त अध्यक्ष शर्माले बीमा समितिबाट शपथ लिए पश्चात अध्यक्षको कार्यभार सम्हाल्ने छने् । शर्माले आईसिएफसि फाईनान्सको संचालक तथा विभिन्न जीवन बीमा तथा वित्तीय संस्थाहरुमा संचालक तथा प्रबन्धनिर्देशकको रुपमा लामो कार्य अनुभव हासिल गरेका छन् । कम्पनीका उच्च पदाधिकारी र संचालक सहित कम्पनीको बैठक कक्षमा आयोजित एक कार्यक्रममा निवर्तमान मुरारकालाई कम्पनीको स्थापनाकालदेखि पुर्याएको योगदानप्रति आभार व्यक्त गर्देै बिदाई गर्नुको साथै हाल चयन हुनु भएका अध्यक्ष शर्मालाई स्वागत गरिएको छ । कम्पनीको अध्यक्षको रुपमा नरहेतापनि सदैव कम्पनीलाई अवश्यक सल्लाह सुझावहरु निरन्तर प्रदान गरिरहने मुरारकाले उक्त कार्यक्रममा बताए ।

जनता क्यापिटलको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । जनता बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य बैंकको प्रतिनिधित्व गर्दै जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त भएका हुन् । जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त भएका शाक्यको विभिन्न बैंक तथा वित्तीय संस्थामा दुई दशक भन्दा बढी लामो अनुभव रहेको छ । जनता बैंक नेपालको पूर्ण स्वामित्वमा स्थापित जनता क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्टेशन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा लगायतका प्रचलित ऐन कानुन एवम् नियमनकारी व्यवस्था बमोजिम मर्चेन्ट बैंकिङ्ग कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदानगर्न इजाजत प्राप्त संस्था हो । नेपाल धितोपत्रबोर्डबाट ईजाजत प्राप्त गरेसंगै जनता क्यापिटलले जनता बैंक नेपाल लिमिटेड र स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रार सेवा प्रदान गर्न शुरु गरिसकेको छ । अरु थुप्रै संस्थाहरुसँग शेयर रजिष्ट्रारको सम्झौता गर्ने तयारी गरिरहेको जनता क्यापिटलले लगानी व्यवस्थापन तथा संस्थागत परामर्श लगायतका सेवाहरु समेत प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ ।