नेपाल इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दुई जना नियुक्त भएको छ । कम्पनीको सञ्चालकमा नेपाल बैंकको संस्थापक समुह तर्फबाट लक्ष्मण पौडेल र सर्वसाधरण सेयरधनी समूहको तर्फबाट विष्णुबहादुर जि.सी नियुक्त भएका छन् । फागुन १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले कम्पनी सञ्चालकमा दुई जनालाई नियुक्त गरेको हो ।
कामना सेवा विकास बैंकको सीईओमा प्रविण बस्नेत
काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रविण बस्नेत नियुक्त भएका छन् । विकास बैंकको माघ २९ गते बसेको संचालक समितिको बैठकले बस्नेतलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ बस्नेत यसअघि सोही बैंकको कायम मुकायम(कामु) सीईओ पदमा रहेको थिए । अब बस्नेतले फागुन १ गते(बुधबार)देखिनै आगामी ४ वर्षसम्म आफ्नो पद तथा कार्यभार सम्हाल्ने छन् ।
एनएमबि माइक्रोफाइनान्सको सीईओमा मुरलीप्रसाद लम्साल नियुक्त
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मुरलीप्रसाद लम्साल नियुक्त भएका छन् । आइतबार बसेको संस्थाको ८२औँ संचालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा लम्साललाई नियुक्त गरेको हो । सीईओ पदमा नियुक्त भएसँगै नवनियुक्त लम्सालले आगामी फागुन १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । अब लम्सालले आगामी ४ वर्षसम्म माईक्रोफाइनान्सको सीईओ पदको जिम्मेवार सम्हाल्ने करार सम्झौता गरेको छन् ।