पुननिर्माण प्राधिकरणलाई ८४ अर्ब खर्च गर्ने अख्तियारी
काठमाडौं, ८ साउन । अर्थ मन्त्रालयबाट चालू आर्थिक वर्ष २०७३/७४ का लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई करिव ८४ अर्ब रुपैयाँ बराबरको अख्तियारी दिएको छ । सो रकम मध्ये १२ अर्ब २८ करोड ९६ लाख २८ हजार रुपैयाँ नेपाल सरकारको स्रोतबाट प्रदान गरिनेछ । वैदेशिक सहायतातर्फ नगद अनुदानतर्फ जाइकाबाट १ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ, युरोपियन युनियनबाट ११ अर्ब रुपैयाँ, चीनबाट ५० करोड रुपैयाँ, पुनर्निर्माण संयुक्त कोषबाट १ अर्ब ५० करोड रुपैयाँ, भारतबाट १२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै जर्मनी केएफडब्लुबाट ३ अर्ब रुपैयाँ, कोरियाबाट ८५ करोड रुपैयाँ, एसियाली विकास बैंकबाट ९८ करोड रुपैयाँ रहेको छ । ऋणतर्फ आइडिएबाट १३ अर्ब २५ करोड ८७ लाख ७७ हजार रुपैयाँ, एसियाली विकास बैंकबाट ९ अर्ब ५५ करोड ५२ लाख ७६ हजार रुपैयाँ, यस्तै जाइकाबाट ११ अर्ब ६६ करोड ५३ लाख ५८ हजार रुपैयाँ र आइएमएफबाट ५ अर्ब रुपैयाँ स्रोत उपलब्ध हुनेछ । सरकारले बजेट वक्तव्यमा चालू आर्थिक वर्षका लाग १ खर्ब ४२ अर्ब रुपैयाँ व्यवस्था गरेको छ । गत वर्ष अर्थ मन्त्रालयबाट ४ वटा खर्च शिर्षकमा रकम विनियोजन भएको हुँदा स्रोतान्तर रकमान्तर लगायतको प्रकृयामा बढी समय लागेको थियो । यस पटक १३ वटा खर्च शिर्षकमा रकम विनियोजन भएकाले सम्बन्धित निकायमा रकम विनियोजन गर्न सहज हुने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए ।
३९ हजार ७ सयले घरधुरीले पाए घर बनाउन ५० हजार
काठमाडौं, ६ साउन । सरकारले ३९ हजार ७ सय २ परिवार भूकम्प पीडितलाई घर बनाउन ५० हजार रुपैंयाँ उपलब्ध गराएको छ । सरकारले निजी आवास निर्माणका लागि उपलब्ध गराउने भनिएको दुई लाखको पहिलो किस्ता वापत सो मात्रामा पीडितले ५० हजार पाएका हुन् । स्थानिय विकास मन्त्रालयका अनुसार हालसम्म २ लाख ६० हजार ८ सय २८ परिवारसँग अनुदान सम्झौता सम्पन्न भैसकेको छ । त्यस्तै हालसम्म एक लाख ३४ हजार ४ सय ३ घरधुरीले गुनासो फारम भरेका छन् । सरकारले १२ जिल्लाका पाँच लाख ३३ हजार एक सय ५५ घरधुरीलाई अनुदान प्राप्त गर्न लायक लाभग्राहीको सूचिमा राखेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले दशै अघि नै सबै पीडितलाई पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराइसक्ने बताएको छ ।
अक्टोवरमा फोरजीका अाउने, सर्वसाधारणले के के फाइदा पाउँछन ?
काठमाडौं, ४ साउन : नेपाल टेलिकम र एनसेलले दुई महिनाको समयावधि माग गरेका कारण फोरजी सेवा सञ्चालन गर्न दुई महिनाको समय माग गरेका छन्। नेपालमा बहुप्रतिक्षित मानिएको यो सेवा सुचारु गर्नका लागि समय उनीहरुले समय माग गरेका हुन्। गत असार २८ गते रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य निर्धारण समितिले दुरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्यसम्वन्धि नीति संसोधनसहित पास गरेपछि दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई सेवा अगाडि बढाउन बाटो खुलेको हो। पुरानै फ्रिक्वेन्सी ब्याण्डमा टेक्नोलोजी न्युट्रल गरेर नयाँ प्रविधिको फोर जी सेवा चलाउन मिल्नेगरी नियम संसोधन सहित पास भएको छ।टेलिकम र एनसेलले पहिलेदेखि नै फोर जी सेवा सञ्चालनका लागि फ्रिक्वेन्सीको माग गर्दै आइरहेका छन्। पहिले टेलिकम र एनसेलले १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमा थ्रिजीको सुविधा दिइरहेका थिए। अब उनीहरुले त्यहि फ्रिक्वेन्सीमा फोरजीको सेवा दिन सक्नेछन्। फ्रिक्वेन्सीका लागि भने पहिलेको भन्दा दोब्वर शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ। के फाइदा पाउँछन् सर्वसाधारणले फोरजी अाएपछि? दुरसञ्चार प्राधिकरणका अनुसार अागामी अक्टोवरमा अाउने सर्वसाधारणका लागि अाउन लागेको यो सेवाले अाम मानिसदेखि अाईटीको क्षेत्रमा काम गर्ने सवैका लागि फाइदा पुग्दछ। विशेषत शहरी क्षेत्रका र घना बस्ति भएका ठाउँमा पहिले दिने गरी सेवा प्रदायकले काम थाल्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन्। फोरजी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ । यो सेवामा पर्छन्। यसवाट अाफुले चाहेको समय तथा मोवाइलवाटै सम्पूर्ण कामहरु धेरै चाँडो चलाउन र सफर गर्न मिल्छ। सवै सुविधा मोवाइलवाट हुने भएकाले ग्राहक र उपभोगकर्ताले फोरजीको उपयोग गर्न सक्छन कि सक्दैनन् यो विषय अहिले धेरै नै सतहमा अाएको अर्याल बताउँछन्। नेपालीहरुको अाय स्तर मध्यम भएको र फोर जी ले दिने सवै सेवाहरु चलाएमा नर्मल समयको भन्दा केहि महंगो हुन सक्छ। टेलिकमले तयारी थाल्ने रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले फोरजीका लागि बाटो खुल्ला गरेसंगै नेपाल टेलिकमले तत्काल फोरजीका लागि काम कार्वाहि अगाडि बढाउन लागेको टेलिकमले जनाएको छ। टावर, व्यकअप र अरु इन्फ्रास्टक्चरमा कुनै समस्या नभएको र ‘टेक्नोलोजी न्युट्रल गरेपछि धेरै समस्या नपर्ने र सफ्टवेयर अपग्रेड गरे हुने टेलिकमले जनाएको छ। टेलिकमले थ्रीजीका लागि टावर र यसमा लाग्ने सामाग्री खरिद गर्दा नै नयाँ प्रविधिसंग पनि अपग्रेड गर्दा काम गर्ने सामाग्रि खरिद गरेको थियो। टेलिकमले विटिएस टावरका लागि धेरैमात्रामा चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी हुवावेका सामाग्रिहरु धेरै प्रयोग गर्ने गरेको छ। यो कम्पनीले टुजी, थ्रिजी र फोरजी एकै टावरबाट चल्ने सुविधा रहेको हुन्छ।