चार दिनपछि खुल्याे अवरुद्ध बेनी–जोमसोम सडक
ठिनी । हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो । पहिरो पन्छाएर मर्मत गरेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिं शेरचनले जानकारी दिए । बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाइएको हो । गुइँठेभिरमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक सडक बनाउने प्रयास गरे पनि सफल भएको थिएन । बाइपास सडक सफल नभएपछि पुरानै बाटो मर्मत गरेर सवारी सञ्चालन गरिएको सीमा प्रहरी चौकी भुरुङ्ग–तातोपानीका ट्राफिक प्रहरी लक्ष्मण क्षेत्रीले बताएका छन् । पहिरो पन्छाउन जोखिम मोलेर काम गरेका एक्साभेटर चालकलाई सुपरभाइजर शेरचनले व्यक्तिगत रूपमा रु पाँच हजार पुरस्कार दिएको बताए । सडक अवरुद्ध हुँदा देशका विभिन्न ठाउँबाट बेनी हुँदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हुँदै बेनीतर्फ छुटेका सवारी साधन बीच बाटोमै रोकिएका थिए । यातायात व्यवसायीले गाडी बदली गरेर यात्रुलाई गन्तव्यमा पुर्याउने व्यवस्था मिलाए पनि ढुवानीका साधनको आवतजावत ठप्प भएको थियो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको गुइँठेभिर खण्ड जोखिमयुक्त मानिन्छ । यो ठाउँमा पटक–पटक पहिरो खस्ने गरेको छ । स्थानीयवासी, मुुक्तिनाथ जाने र फर्कने तीर्थयात्री तथा पर्यटकहरु प्रभावित भएका छन् । यसैबीच बेनी–जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी रोकिने भएको छ । स्तरोन्नतिका लागि सवारी रोकेर सडक विस्तारको काम गर्न लागिएको हो । बिहान ७ः३० देखि ११ र दिउँसो २ः३० देखि साँझ ६ बजेसम्म सवारी रोकिने आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए । सवारी साधनको चाप कम हुने समयमा कामलाई गति दिन समयतालिका बनाइएको उनले बताएका छ । बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । म्याग्दीको गलेश्वरदेखि नारच्याङ पुलसम्मको प्याकेज एकमा सडक फराकिलो बनाउने, पर्खाल लगाउने र नाली बनाउने तथा ग्रेड मिलाउने काम भइरहेको छ । प्याकेज २, ३ र ४ खण्डमा पहाड काट्ने, फराकिलो बनाउने र पर्खाल निर्माण भइरहेको छ । विसं २०७४ मा भएको ठेक्का सम्झौताको म्याद मङ्सिरमा सकिएको छ । आउँदो जेठसम्म म्याद थपको तयारी भएको आयोजनाले जनाएको छ । उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट जोमसोम खण्डको ५० प्रतिशत र जोमसोमबाट कोरला खण्डको ८० प्रतिशत भौतिक प्रगति भएको छ । सात प्याकेजमा सञ्चालित ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको अन्तिमपटक थप भएको म्याद आगामी असारमा सकिँदैछ । रासस
नेपाल भ्रमण वर्ष दिगो पर्यटन विकासको आधार हो : पर्यटन मन्त्री भट्टराई
सर्वप्रथम सबैलाई नयाँ वर्ष २०२० को शुभकामना व्यक्त गर्न चहान्छु । यहाँहरुलाई जानकारी नै छ, ‘नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ यही १ जनवरी २०२० मा काठमाडौंको दशरथ रङ्गशालामा भव्यताका साथ हुँदैछ । ठिक त्यही दिन सातै वटा प्रदेशहरुमा पनि एक साथ ‘नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ हुनेछ । हामीले यसका लागि आवश्यक तयारी पूरा गरेका छौँ । यहाँहरुलाई थाहा छ, म गत साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा आएँ । त्यसयताका अधिकांश मेरो समय यही ‘नेपाल भ्रमण वर्ष २०२०’ को तयारीमा खर्चिएँ । यसबीचमा अनेकौं छलफल र बैठकहरु सम्पन्न गरेका छौँ । करिब एक सय भन्दा बढी संघ, संस्था, सरकारी तथा सरोकारवाला निकायहरुसँग छलफल गर्यौँल । निजी क्षेत्र, गैरसरकारी संस्थाहरु, अन्तराष्ट्रिय क्षेत्र, नेपालस्थित कुटनीतिक नियोग, सामाजिक क्षेत्र, स्वयमसेवी समूह–संगठनलगायतका अनेकौं क्षेत्रहरुसँग हामीले छलफल गर्यौं । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको छ । वास्तवमा देशभित्र भएका ती छलफलहरु २० लाख पर्यटक कसरी भित्र्याउने, केवल त्यसमा मात्रै केन्द्रित थिएन । राष्ट्रिय एकता कायम गरेर यो भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा कसरी मनाउन सकिन्छ रु राष्ट्रिय महाअभियानको रुपमा कसरी लैजान सकिन्छ ? के के गर्दा पर्यटनका लागि राष्ट्रिय मनोविज्ञान तयार हुन्छ ? र, हामीले पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना र सपनाहरु कसरी पूरा गर्न सकिन्छ ? ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रमुख आधार पर्यटनलाई कसरी बनाउन सकिन्छ ? आर्थिक र सामाजिक असमानताहरुको अन्त्य गर्दै राष्ट्रिय पुँजीको बिकास गरेर समतामुलक समाज निर्माणमा पर्यटन क्षेत्रको कस्तो योगदान हुनेछ । हाम्रो ध्यान र छलफल त्यतातिर केन्द्रित थियो । र, त्यसै तर्फ केन्द्रित हुनेछ । हाम्रो प्रयास र प्रयत्न सिङ्गो मुलुकलाई उत्सवमय बनाउने हो । यो अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनु हो । विश्वभरीका लगानीकर्ताहरुलाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि हो । हरेक नेपालीहरुलाई यो अभियानमा जागरुक र उद्देलित बनाउने हो । यो अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनु हो । नेपाल पर्यटनका लागि संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य हो भनेर दुनियाँलाई थाहा दिनु हो । विश्वभरीका लगानीकर्ताहरुलाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि हो । हामीले विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनलाई प्रमुख मानेका छौँ । २० लाख पर्यटक आउँदै गर्दा देशलाई के फाइदा हुनेछ ? पर्यटनमा कति गुणस्तरीयता आउने छ रु पर्यटन क्षेत्रबाट राजश्व तथा रोजगारी कति बढ्ने छ रु समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कस्तो योगदान दिनेछ रु पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ब्राण्डिङ्गमा कस्तो परिवर्तन आउने छ ? यही प्रश्नहरुलाई केन्द्रमा राखेर नै हामीले अभियान चलाएका छौँ । आगामी दिनमा तपाई हाम्रो सहकार्यले यी प्रश्नहरुको वास्तविक समाधान पनि हुँदै जानेछ । आजसम्मका अनेकौं छलफलका क्रममा देखिएको सहभागिता, सक्रियता र प्रतिबद्धताले हामीलाई उत्साही नै बनाएको छ । ‘नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा कायम भएको राष्ट्रिय एकताले हामी उत्साहीत छौँ । सबै क्षेत्रले यसलाई सफल बनाउन जाहेर गर्नु भएको प्रतिबद्धताले हामीलाई थप उर्जा थपिएको छ । हामीले छलफलकै क्रममा सबै राजनीतिक दलका प्रमुखहरुसँग पनि छलफल गरेका छौँ । यसलाई राष्ट्रिय उत्सवकै रुपमा लैजानुपर्नेमा उहाँहरुको जोड छ । सरकार यो अभियानको सहजकर्ता र व्यबस्थापक मात्रै हो, सिंगो देश यो अभियानको आयोजक हो । सबै राजनीतिक दल, नीजि क्षेत्र, सामाजिक संघ संस्थाहरु, गैरसरकारी संस्थाहरु सबै आयोजक हुन् । हामीले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग मन्त्रालयमा छलफल गरेका छौँ । महामहिम राजदूतहरुले साँच्चीकै नेपाल नयाँ बाटो र नयाँ क्षितिजतिर लम्किएको प्रतिक्रिया सहित खुशी व्यक्त गर्नु भएको छ । हामीले भनेको संख्या र सन्देश दुबैका लागि त्यो छलफल उपलब्धीमुलक ठानेका छौँ । राष्ट्रिय तथा अन्तराष्ट्रिय वायु सेवा सञ्चालकलगायत अन्तराष्ट्रिय क्षेत्रमा काम गरिरहेका अनेकौ संस्थाहरु पनि छलफल गरेका छौँ । सरकारले ‘नेपाल भ्रमर्ण वर्ष २०२०’ को शुभारम्भको दिन सबैलाई देशभरी दिवापली गरेर स्वागत गर्न आह्रवान गरेको छ । सबै सरकारी निकाय, नीजि क्षेत्र, गैरसरकारी क्षेत्र, विदेशस्थित कुटनीति नियोगका कार्यालहरुमा सबैले दिपवाली गर्नुहुनेछ । त्यो दिपावली, त्यो उज्यालोले हाम्रो नयाँ यात्राको संकेत गर्नेछ । अबको हाम्रो यात्रा उज्यालै उज्यालोतिर उन्मुख छ भन्ने सन्देश दिनेछ । म तपाईहरु मार्फत आम जनसमुदायलाई अपिल गर्न चहान्छु, त्यो दिन सबैले दिपावली गरौ । र, दुनियाँलाई भनौं, ‘अबको हाम्रो यात्रा उज्यालो तर्फ अघि बढेको छ ।’ ‘नेपाल भ्रमण वर्ष २०२० को तयारीदेखि शुभारम्भको पूर्व सन्ध्यामा आइपुग्दासम्म अर्को खुशीको बिषय हो । वास्तवमा यो देशको प्रतिष्ठासँग गाँसिएको कार्यक्रमको रुपमा लिएर तपाईहरुले यसको प्रचारमा गर्नुभएको सकारात्मक योगदान असाध्यै प्रशंसायोग्य छ । देशलाई भ्रमण वर्षमय मनाउनका निम्ति साँच्चीकै सञ्चार क्षेत्रको पनि अभुतपूर्व एकता र सहयोग देखिएको छ । पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौं, त्यसका लागि यो संख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान बिन्दु मान्ने छौँ । २०२० देखि २०३० लाई पर्यटन दशकको रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौँ । सरकारको त्यो दशक अभियानमा यहाँहरुको उस्तै सक्रियता, सहभागिता र सहयोग हुने नै छ । ‘नेपाल भ्रमर्ण वर्ष २०२०को शुभारम्भ यही १ जनवरी (पुस १६ गते बुधबार) दशरथ रंगशालामा सम्माननीय सम्माननीय राष्ट्रपतिज्यूबाट हुनेछ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुनेछ । कार्यक्रममा सम्माननीय उपराष्ट्रपति ज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरु, राजनीतिक दलका नेताज्यूहरु, बिभिन्न देशबाट पाल्नु भएका माननीय पर्यटनमन्त्रीज्यूहरु, संघीय सरकारका माननीय मन्त्रीज्यूहरु, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीयज्यूहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु कूटनीतिक नियोगका प्रमुखज्यूहरु, विदेशी नियोगका प्रमुखज्यूहरु, विभिन्न देशबाट पाल्नु भएका प्रतिनिधिज्यूहरु उपस्थीति रहनेछ । शुभारम्भमा सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध संघ संस्थाहरु, सामाजिक क्षेत्र, स्वयमसेवी समूह–संगठन, सामाजिक संघ संस्थाहरुको ब्यानर र पोशाक सहित मार्चपास रहनेछ । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको विशेष प्रस्तुती रहनेछ । नेपालको ख्यातीप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुती रहनेछ । नेपालको सांस्कृतिक विविधता झल्किने मौलक प्रस्तुतीहरु रहनेछन् । १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुदाँसम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ । यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तारमा हामीले जोड दिएका छौँ । अब मु्लुक स्थायी शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढेको छ । पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधार मध्येका एक बनाउने सरकारको योजना छ । पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको छ । १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुदाँसम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ । यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तारमा हामीले जोड दिएका छौँ । पर्यटनमा गुणस्तरता, बजारीकरण र ब्राण्डिङ्ग हाम्रो प्राथमिकता हो । मानव शंसोधनको विकास, सांस्कृति सम्पदाहरुको विकास, पर्यटनमा अध्ययन अनुसन्धानमा जोड दिदै आएका छौँ । नेपालका पर्यटकीय आकर्षण र सेवाहरूमा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरीवी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउनमा सरकारको ध्यान केन्द्रित छ । ‘नेपाल भ्रमण वर्ष २०२० सँगसँगै हामी यी कामहरुलाई अघि लैजानेछौँ । यो यात्रामा तपाई हामीसँगै र साथै रहनेछौँ । ‘नेपाल भ्रमण वर्ष २०२०’को तयारीको सन्दर्भमा सहयोग पुर्याटउने बिभिन्न मन्त्रालयका माननीय मन्त्रीज्यूहरुप्रति म आभार प्रकट गर्दछु । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयलाई धन्यवाद भन्न चहान्छु । बिभिन्न सरकारी निकाय, पर्यटनसँग सम्बद्ध बिभिन्न संघ, संगठन, पर्यटन व्यवसायीहरु, निजी क्षेत्रसँग सम्बद्ध संघ संस्थाहरु, समग्र निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सामाजिक संघ–संगठन, स्वंयसेवी संस्थाहरु सबैलाई धन्यवाद भन्न चहान्छु ।साथै आगामी दिनमा पनि यहाँहरुको यस्तै साथ, सहयोग र सहभागिताको अपेक्षा समेत व्यक्त गर्दछु । (पयर्टन मन्त्री योगेश कुमार भट्टराईले सार्वजनिक कार्यक्रममा राखेको वक्तव्यमा आधारित भएर तयार पारिएको)
बाग्लुङमा नयाँ एयरपोर्ट बनाउने तयारी, ८२५ राेपनी जग्गा अधिकरण गर्न सूचना टाँस
काठमाडौं । उद्यमीहरू चन्द्रप्रसाद ढकाल, शेखर गोल्छा र मिनबहादुर गुरूङरुले लगानी विस्ताार गर्न उपयुक्त जिल्ला भन्दै केवलकार, हाेटल, सुपरमार्केट खाेल्ने घाेषणा गरेकाे बागलुङमा जिल्लामा नयाँ एयरपोर्ट पनि बनाउने तयारी थालिएकाे छ । बागलुङको निसीखोला गाउँपालिका २ अर्नाकोटमा अर्नाकोट एयरपोर्ट निमार्णकाे तयारी भइरहेकाे निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । एयरपाेर्ट बनाउन ८२५ राेपनी जग्गाकाे रेखाङकन गरिएकाे वडा २ का अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । एयरपोर्ट निर्माण हुन लागेको स्थानमा थोरै मात्रै नीजि जग्गा पर्ने र धेरै सरकारी जग्गा पर्ने भएकाेले एयरपाेर्ट बनाउन सहज हुने उनले बताए । पहिलो चरणको सर्वे रिपाेर्ट एयरपोर्ट बनाउन लागि उपयुक्त देखिएकाेले दोस्रो चरणको अध्ययन सुरु भएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।यहाँ विमानस्थल बनाउन २०७४ सालमा पहिलो चरणमा गरिएको भौगोलिक सर्वे र डिजाईन गरिएकाे थियो । संघीय सरकारले यस एयरपाेर्टकाे विस्तृत अध्ययन गर्न ३० लाख रूपैयाँ बजेट व्यवस्था गरेकाे उनले जानकारी दिए । अध्ययनका क्रममा हाल हवाई मार्ग बन्ने स्थल निसीखोला गाउँपालिकाको वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकिमा स्थानीयसँग राय सुझाव माग गरि सूचना टाँस गरिएकाे छ । एयरपाेर्ट बनाउन आवश्यक क्षेत्र निर्धारणा गरी वन, वातावरण तथा धावनमार्ग बन्ने स्थल आसपासका घर संरचनामा पर्ने प्रभावका स्थानीयबासीसँग रायसुझाव लिन सूचना टाँस गरिएकाे उनले बताए । संविधानमा एयरपाेर्टकाे सञ्चालन र व्यवस्थापन संघीय सरकारकाे मात्र अधिकारकाे क्षेत्रमा राखिएकाे छ । तर संघीय सरकारकाे यस वर्षकाे बजेटमा हवाई पूर्वाधारकाे निर्माण, विकास तथा व्यवस्थापनमा सरकार र निजी क्षेत्रकाे साझेदारी र सहकार्यलाई प्राेत्साहित गर्ने उल्लेख छ । चालु अार्थिक वर्षकाे नीति तथा कार्यक्रममा सरकारले प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर स्थानीयत तहकाे एयरपाेर्ट बनाउने नीति लिएकाे छ । साेही नीतिका आधारमा सर्वेक्षण कार्यमा नागरिक उड्यन्न प्राधिकरणसँग सहकार्य भइरहेकाे उनले जानकारी दिए । उद्योग बाणिज्य महासघंका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङकाे केन्दमा एउटा एयरपोर्टको आवश्यकता भएकाे बताए । अर्नाकोटमा एयरपोर्ट निर्माण भए पछि जिल्लाको विकास,उद्योग, कृषि, पर्यटन लगाएका लागि अझ राम्रो हुने ढकालले बताए । बागलुङमा यसअघि बलेवा र ढाेरपाटनमा एयर पाेर्ट रहेकाे छ । हुस्सुकाे कारण ढाेरपाटनकाे एयरपाेर्ट वर्षमा ६ महिना पनि चल्ने गाह्राे भएकाे वडा २ का अध्यक्ष कुविर विश्वकर्माले बताए । डाेरपाटनकाे एयर पाेर्ट उत्तरगंगा जलविद्युत आयाेजना निर्माण गर्दा ढुवानमा पर्ने भएकाेले पनि नयाँ एयरपाेर्ट आवश्यक भएकाे स्थानीयकाे भनाइ छ । अर्नाकोट एयरपोर्ट सञ्चालनमा आउँदा डाेल्पा, मुगु, राेल्पा, गुल्मी, म्याग्दी लगायतका जिल्लाकाे लागि दुर्त यातायात सेवाकाे लागि काम लाग्ने उनीहरूले बताए ।