नयाँ वायुसेवालाई उडान अनुमति पाउँनै कठीन, नियमक निकायमै वर्षोसम्म अड्किन्छ फाइल

काठमाडौं । नयाँ वायुसेवा कम्पनीले पर्यटन मन्त्रालयका वायुसेवा संचालनको इजाजत (लाइसेन्स) पाएको वर्षोसम्म पनि उडान अनुमति पाउन सकेका छैन । तीन वर्षअगाडि नेपालका वायुसेवालाई युरोपेली युनियन (इयू) अन्र्तगको यूरोपेली आयोगले सूरक्षा सूची (कालोसूचि)मा राखेपछि नेपाली वायुसेवाको उडान अनुमति (एओसी)मै निकै कठीन भएको छ । उड्डयन क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ वायुसेवालाई एओसी दिन निकै झन्झटिलो व्यवस्था गरेको छ भने समयमा काम नै नगरिदिने सरकारी निकायको ढिलासुस्तीले कम्पनीका व्यवसायीक योजना नै प्रभावित हुने गरेका छन् । आन्तरिक उडानका वायुसेवा कम्पनीका अनुसार मन्त्रालयबाट इजाजतपत्र पाएको एक वर्षसम्म हवाई क्षेत्रको नियमक निकायमै अनुमति लिन दौडधूप गर्नुपर्ने बाध्यता रहेको छ । पछिल्लो समय डेड दशकदेखि हेलिकोप्टर उडान गरिरहेको श्री एयरलाइन्सले नियमित उडानमा आन्तरिक वायुसेवा प्रयोग गर्न चाहेको छ । यो वायुसेवाले ६ महिना अगाडि नै पर्यटन मन्त्रालयबाट इजाजत लिइसकेको छ । यो वायुसेवाले एओसीका लागि प्राधिकरणमा आवेदन दिएको ६ महिना भैसकेको भएपनि अझै दुईतीन महिना लाग्नसक्ने अवस्था देखिएको छ । इयुको कालोसूचिपछि नेपालमा दर्ता हुने नयाँ वायुसेवाले अनुमति पाउन झन्झटिलो प्रकृया पूरा गर्नुपर्ने र लामो समय लाग्ने गरेको तथा नियमक निकायको ढिलासुस्ती हुने गरेको पनि सम्वन्धित वायुुसेवा कम्पनीको बुझाई छ । प्राधिकरणका लाइसेन्सिङ विभाग प्रमुख राजु श्रेष्ठका अनुसार अनुसार प्रक्रिया पूरा गरेर आउने वायुसेलाई हामीले रोक्दैनौ । सबै प्रक्रिया पूरा नगरे तथा कागजाता नमिलाएसम्म अनुमति दिन पनि सक्दैनौ, उनले भने ।  प्राधिकरणको हवाई उडान सुरक्षा विभागका अनुसार श्री एयरलाइन्सको प्रक्रिया तेस्रो चरणमा पुगेको छ । यो वायुसेवाले हेलिकोप्टरबाट फिक्स विंग्स ( नियमति उडानका पंखा जडिन जहाज) ल्याउन खोजेको छ । यो कम्पनी संचलनमै भएपनि यसले नयाँ सरहको प्रक्रिया पूरा गर्नुपर्ने भएकोले समय लागेको पनि उड्डयन विभागको भनाइ छ । नेपालमा हवाई उडानको लागि प्राधिकरणबाट उडान अनुमति माग गरेको हेलिकोप्टर सेवा प्रदायक कम्पनी एभरेष्ट हेलिलाई करीब एक वर्ष उडान अनुमति दिएको थियो । पछिल्लो त्यस अघी अल्टिच्यूट हेलिकोप्टरले पनि ६ महिना भन्दा बढीको समय खर्चनु परेको थियो । अहिले नियमित आन्तरिक उडानको अनुमति लिने तयारी गरिरहेको श्री एयरलान्यसले पनि करीब ६ महिनादेखि दौडधूप थालिरहेको छ । यो वायुसेवाले भदौ २२ गते पर्यटन मन्त्रालयबाट लाइसेन्स पाएको थियो । समयमा नै एसोसी पाएको भए ६ महिना भित्रमै जहाज उडान गरिसक्ने योजना रहेको पनि श्री एयरलाइन्सले जानकारी दिएको छ । श्री एयरलायन्सका अनुसार प्राधिरकणका कर्मचारीले समयमा काम नगर्ने, कागजपत्रमा नै अल्झाइरहने । एकैदिनमा हुने कामलाई पनि महिनौ झुलाउने गरेको कारण समयमा नै सेवा विस्तार गर्न नसकिएको गुनासो एयरलाइन्सको छ । पर्यटन मन्त्रालयबाट ६ अगाडि नै इजाजत पाएलगत्तै श्री एयरलाइन्सले एओसीको प्रकृयासुरू गरेको भएपनि यसको काम भर्खरै तेस्रो चरणमै रहेको एयरलाइन्सका कर्पोरेट प्रमुख अनिल मानन्धरले बताए । उनका अनुसार अझै चौथाे र पाँचौ प्रक्रिया बाँकी नै छ । नेपालमा दर्ता हुने नयाँ वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको नियम अनुसार पूर्व आवेदन, औपचारिक आवेदन, कागजपत्र मूल्यांकन, जहाजको परिक्षण उडान तथा निरीक्षण र उडान अनुमति पत्र गरेर विभिन्न पाँच चरण पार गर्नुपर्ने पनि प्राधिकरणको भनाइ छ । यो पाँचवटै चरण पार गरेको अवस्थामा मात्रै नयाँ वायुसेवाले एओसी पाउने प्राधिरणको हवाई उड्डयन सुरक्षा विभागको भनाइ छ । वायुसेवाको उडान योग्यताको लागि आवश्यक सबै प्रकृया पूरा गरेपछि मात्रै अनुमति दिने गरिएको छ । प्राधिकरणले इयुको कालोसूचीमा परेपछि आफ्ना कजोरी लुकाउन वायुसेवा कम्पनीलाई दोष दिने गरेको छ । १७ वर्षको हेलिकोप्टर उडानपछि फिक्स विंग्समा जाँदै नेपालमा श्रीले एमआई १७ नामक ठूला र एएस ३५० बी ३ नामक साना हेलिकोप्टर संचालन गरिरहेको छ । हेलिकोप्टरमा राम्रो सेवा गरेको अनुभवलाई नै जहाजमार्फत अन्तरिक र अन्तराष्ट्रिय उडानमा प्रयोग गर्ने योजना बनेको मानन्धरको भनाइ छ । श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताका सीआर जे २०० नामक तीनवटा जहाज ल्याउने भएको छ । तत्काल दुईवटा यो जहाज ल्याएर उडान संचालन गरिहाल्ने योजना श्रीको छ । काठमाडौं विमानस्थललाई आधार बनाएर माउन्टेन फ्लाइट, भन्द्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीसहितका शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुटका) गन्तव्यमा उडान गर्ने योजना यो वायुसेवाको छ । आन्तरिक उडानका यी गन्तव्यमा उडान गर्न सीआरजे २०० नामका जहाजबाट उडान हुन्छ । देशभित्र उडान गर्न ५० र ७० सीटका क्षमतामा जहाज हेरिएको मानन्धरको भनाइ छ । उड्डयन नियम अनुसार कम्तिमा दुईवटा जहाज संचालन गर्नुपर्ने भएकोले एकैपटक दुईवटा र थप एक गरी दुइटै क्षेत्रमा तीनतीन वटा जहाज हुने छ ।

सिभिल बैंकले हामा मर्चेन्ट र युनिक फाईनान्स प्राप्ति गर्ने, बाेनस सेयरपछि २० प्रतिशत हकप्रद सेयर निश्काशन गरिने

काठमाडौं । सिभिल बैंक लिमिटेडमा हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेड प्राप्ति गर्ने सम्बन्धमा आईतबार अन्तिम सम्झौता भएको छ । उक्त सम्झौतामा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग, हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठ र युनिक फाईनान्स लिमिटेडका अध्यक्ष डा. विनोद बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । प्राप्तिपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बंैकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ । यी तीन संस्थाहरुले हालसम्ममा ३३ अर्ब ६३ करोड निक्षेप संकलन एवं ३१ अर्ब ६८ करोड कर्जा लगानी गरेका छन् । प्राप्तिपछि सिभिल बैंक लिमिटेडको चुक्ता पूँजी ५ अर्ब ५ करोड पुग्ने छ भने यस बैंकको शाखा संख्या ५३ पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । दुवै संस्थाको प्राप्ति र आ.व.२०७२/७३को मुनाफाबाट बोनस शेयर जारी गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको २० प्रतिशतले हकप्रद सेयर जारी गर्ने र नपूग रकमको लागी थप प्राप्ति, मर्जर मार्फत गई नेपाल राष्ट्र बैंकको मौद्रिक नीति असार मसान्त भित्र न्यूनतम चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउने बैंकले जनाएको छ ।

वायुसेवा निगमले ६ महिनामा कमायो १३ करोड ७१ लाख, यस्तो छ आम्दानी र खर्चको हिस्सा

काठमाडौं । नेपाल बायु सेवा निगमले चालु आर्थिक बर्षको ६ महिनामा १३ करोड ७१ लाख २६ हजार ७० रुपैंयाँ(कर बाहेक) नाफा कमाएको छ । निगमले साउन १ गतेदेखि माघ २९ गतेको अवधीमा सो नाफा कमाएको हो । निगमले सो अवधीमा ५ अर्ब ४ करोड २० लाख ८६ हजार २ सय २८ रुपैंयाँ आम्दानी गरेर ४ अर्ब ४३ करोड १२ लाख ९९ हजार ९ सय ८४ रुपैंयाँ खर्च गरेको छ । सुगतरत्न कंसाकार, महाप्रबन्धक–नेपाल वायुसेवा निगम निगमले अन्तराष्ट्रिय हवाई उडानबाट ३ अर्ब ८ करोड ७ लाख ३५ हजार ३ सय ९० रुपैंयाँ आम्दानी गरेको छ भने आन्तरिक तर्फको उडानबाट ११ करोड ५८ लाख ८ हजार ९ सय ९ रुपैंयाँ आम्दानी गरेको छ । त्यस्तै, ग्राउण्ड ह्याण्डलिङबाट एक अर्ब ७६ करोड ३५ लाख २६ हजार ६ सय २६ रुपैंयाँ कमाएको छ । निगमले एक्सेस ब्यागेजबाट ३ करोड २६ लाख तथा कार्गाेबाट ३ करोड २५ लाख आम्दानी गरेको छ । त्यस्तै, भाडा तथा लिजबाट एक करोड ६८ लाख आम्दानी गरेको छ । निगमले निगमले उडान अपरेशनका लागि एक अर्ब ७० करोड, इन्स्योरेन्सका लागि १७ करोड ८६ लाख, भाडाका लागि एक करोड, मर्मत सम्भारमा ३८ करोड, कस्टुमर सर्भिसमा ६ करोड, मूल्य ह्रासमा ७३ करोड ४७ लाख र प्रशासन सञ्चालनका लागि एक अर्ब ३६ करोड २९ लाख खर्च गरेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसारकारले आगामी तीन बर्षभित्रै चार वटा नयाँ विमान थप्ने गरि योजना अघि बढाएको बताए । उनले चाँडै चीनको ग्वाञ्जाओ र दुबईमा उडान गर्ने तयारी अन्तिम चरणमा पुगेको पनि बताए । २ महिनाभित्रै क्रेडिट कार्ड प्रयोग गरेर संसारभबाट नेपाल एयर लाइन्सको टिकट खरिद गर्न सकिने पनि महाप्रबन्धक कंसाकारले जानकारी दिए ।