एमाले घोषणा पत्रमा पानी जहाजदेखि रेलसम्मः उपत्यकामा मेगा सिटी, वृद्ध भत्ता पाँच हजार

काठमाडौं । नेकपा(एमाले)ले आसन्न स्थानिय तह निर्वाचनका लागि महत्वकांक्षी घोषणा पत्र सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी ओलीले सोमबार सार्वजनिक गरेको घोषणा पत्रमा १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनदेखि प्रसान्त महासागर र हिन्द महासागरमा नेपाली ध्वजा बाहक पानी जहाज सञ्चालन गर्नेसम्मका योजना समेटिएका छन् । एमालेले आगामी पाँच बर्षभित्रै काठमाडौं–निजगढ फास्ट ट्रयाक, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गको निर्माण सम्पन्न गर्ने, पुर्व पश्चिम राजमार्गलाई ६ लेनको बनाउने, वृद्धभत्ता पाँच हजार पुर्याउने, सरकारी अस्पतालमा पुग्ने सत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता दिने, ३ बर्षभित्रै एक घर एक रोजगारी सृजना गर्ने, पाँच बर्षभित्र सबै नेपालीलाई साक्षर बनाउने लगायतका महत्वकांक्षी योजना समेटिएको घोषणा पत्र सार्वजनिक गरेको हो । १) सडक पुर्वाधारः फास्ट ट्रयाक, हुलाकी राजमार्ग, मध्यपहाडी पाँच बर्षभित्रै एमाले घोषणा पत्रमा आगामी पाँच बर्षभित्रै फास्ट ट्रयाक, हुलाकी राजमार्ग, मध्यपहाडीको निर्माण सम्पन्न गर्ने उल्लेख छ । मध्यपहाडी लोकमार्गलाई चार लेन बनाउने पनि एमालेले बताएको छ । त्यस्तै, पुर्व पश्चिम राजमार्गलाई ६ लेनमा स्तरोन्नति गर्ने, उत्तर दक्षिण सडकहरुलाई चार लेनको बनाउने, हिमाली जिल्लाहरुबाट चीनसम्म पुग्ने सडकलाई दुई लेनको बनाउने, इलामदेखि डडेलधुरासम्म भित्रि तराई हुँदै औद्योगीक करिडोर राजमार्ग बनाउने एमाले घोषणा पत्रमा उल्लेख गरिएको छ । २) हवाई र जलमार्गः समुन्द्रमा ध्वजा बाहक पानी जहाज एमालेले प्रसान्त र हिन्द महासागरमा नेपाली ध्वजा बाहक पानी जहाज सञ्चालन गर्ने बताएको छ । त्यसका लागि आवश्यक कानुनी तथा पुर्वाधार तयार गरेर भारत, चीन, र बंगलादेशसँग वार्ता गर्ने एमाले घोषणा पत्रमा उल्लेख छ । १० बर्षभित्रै निजगढ विमानस्थल निर्माण गरेर सञ्चालन गरिसक्ने एमाले दावी छ । ३) उपत्यकालाई मेगा सिटी एमालेले काठमाडौं, भक्तपुर र ललितपुरलाई समेटेर मेगा सिटी निर्माण गर्ने बताएको छ । उसले न्युयोर्क, पेरिस वा लण्डन जस्तै विकासित मेगा सिटीका रुपमा उपत्यकालाई विकास गर्ने जनाएको हो । उपत्यकालाई सांस्कृतिक मौलिकता र आधुनिकताको संयोजनसहितको नमुना शहर बनाउने एमाले घोषणा छ । त्यस बाहेक बनेपा, पनौती, धुलिखेल, कुलेखानी, दामन, बैरेनी, विदुर, बेत्रावति, रसुवा, मेलम्ची, इन्द्रावति, दोलालघाट, भकुण्डेबेसी लगायतका क्षेत्र समेटेर बृहत्तर राजधानी निर्माणको काम अघि बढाउने पनि एमाले घोषणा पत्रमा उल्लेख गरिएको छ । एमालेले तीन बर्षभित्रै उपत्यकाभित्रका सबै कलकारखान र इँटाभट्टाहरुलाई विस्थापित गर्ने, प्राकृतिक तालहरुको संरक्षण गरि २० वटा तालको निर्माण गर्ने, भित्रि, बाहिरी र बृहत गरि तीनवटा चक्रपथ निर्माण गर्ने पनि एमालेले बताएको छ । ४) वृद्ध भत्ता पाँच हजार एमालेले वृद्ध भत्ता बढाएर पाँच हजार पुर्याउने बताएको छ । त्यस्तै, सरकारी अस्पतालमा सुत्केरी हुने शिशु र र आमाको पोषण र स्वास्थ्यका लागि पाँच हजार प्रोत्साहन भत्ता दिने एमालेले उल्लेख गरेको छ । ५) तीन बर्षमा एक घर एक रोजगार, १० बर्षमा बेरोजगारी उन्मुलन एमालेले आफ्नो नेतृत्वमा सरकार बनेको तीन बर्षभित्रै एक घर एक रोजगारी दिने र आगामी १० बर्षभित्रै बेरोजगारी उन्मुलन गर्ने घोषणा पत्रमा लेखेको छ ।

यसपालीको दशैंमा मेलम्चीको पानी नआउने, लक्ष्यअनुसार दैनिक सुरूङ निर्माण हुन सकेन

काठमाडौं । आगामी दशैंमा मेलम्चीको पानी राजधानी बासीका धारामा ल्याउने तयारी भैरहेको छ । मेलम्ची खानेपानी आयोजनाका उप कार्यकारी निर्देशक रमाकान्त दुवाडीका अनुसार हालसम्म २३ दशमलब ९२ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । अब जम्मा ३ दशमलब ६६ किलोमिटर सुरुङ मात्रै खन्न बाँकी छ । अप्रिल महिनामा जम्मा ४५७ मिटर सुरुङ खनिएको छ । कुल सुरुङको लम्बाई भने २७ दशमलब ५८४ किलोमिटर थियो । पछिल्लो चार दिनमा कति खनियो सुरुङ ? १७ गते आइतबार १७ दशमलब २ मिटर १६ गते शनिबार १७ दशमलब १० मिटर १५ गते शुक्रबार १८ दशमलब २० मिटर १४ गते बिहिबार १९ दशमलब १ मिटर यति गतिले आउला दशैंमा मेलम्चीको पानी ? दशैं आउन जम्मा १५१ दिन मात्रै बाँकी छ । सो अवधिमा ३ दशमलब ६६ किलोमिटर सुरुङ खनिसक्नुपर्नेछ । १५१ दिनमा बाँकी सुरुङ खनिसक्न दैनिक २४ दशमलब २३ किलोमिटर खन्नु पर्छ । तर हाल दैनिक औषतमा १८ दशमलब १ मिटर सुरुङ मात्रै खन्ने काम भैरहेको छ । उपकार्यकारी निर्देशक दुवाडी भन्छन–‘असोजमा पानी ल्याउने हाम्रो टार्गेट हो । तर कामको गति बढाउन सकिएन भने असोजमा पानी ल्याउन मुस्किल छ । दैनिक २२ मिटर काम गर्ने प्रतिवद्धता निर्माण कम्पनीले गरेको छ ।’ हाल मेलम्चीको मुहान नजिकै अम्बाथान, सिन्धु र ग्याल्थुमको तल तथा माथी गरि चार ठाउँबाट सुरुङ खन्ने काम भैरहेको छ । दैनिक २ सिफट्मा काम हुन्छ । सिफ्टमा ८ देखि १० घण्टा काम भैरहेको दुवाडीले जानकारी दिए । मेसिन छैन ठेकेदारसँग निर्माण कर्ता कम्पनीसँग हाल ४ वटा ड्रिल मेसिन छन् । ती मेसिनले चार ठाउँबाट काम गरिरहेको छ । ती मेसिनमा थोरै गडबढी आएमा कामै रोक्नु पर्ने अवस्था छ । ‘ठेकेदार कम्पनीसँग अतिरिक्त ड्रिल मेसिन छैन, जगेडा पार्टपुर्जा राखेर काम गरिरहेका छौं ।’, दुवाडीले दुखेसो पोखे । पहाड पनि उस्तै सिन्धु र ग्याल्थुम खण्डमा नराम्रा चट्टान आईरहेका छन् । त्यस्ता चट्टानलाई अड्याउनै मुस्किल परिरहेको छ । अम्बाथानमा दैनिक सात आठ मिटर काम भैरहेको छ तर सिन्धुसाइटमा साढे चार मिटर भन्दा बढि काम गर्न गर्न सकिएको छैन् । दाता र ठेकेदारसँग नियमित छलफल मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले एसियाली विकास बैंक र ठेकेदार कम्पनीसँग नियमित छलफल गरे दशैंमा मेलम्चीको पानी ल्याउने गरि अघि बढेको बताए ।‘हामीले दाता र निर्माण कर्तासँग नियमित छलफल गरिरहेका छौं, कामको गति बढाउन भनिरहेका छौं’, देवकोटाले भने ।

एकै पटक धेरै बीमा कम्पनी खुले भने कुनै मिसिन्छन्, कुनै मासिन्छन् -विजय बहादुर शाह

बीमा समितिले नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति (लाईसेन्स) दिने प्रक्रिया अगाडि बढाएको छ । बीमा समितिले १० वर्षपछि बीमा लाईसेन्स खुला गरेको हो । १० वर्षयता कम्पनी रजिष्ट्रारको कार्यालयमा २४ वटा नयाँ बीमा कम्पनी दर्ता भएका छन् । त्यसमध्ये १७ वटा कम्पनीले सञ्चालन अनुमति माग गर्दै बीमा समितिमा आवेदन गरेको छ । हाल २६ वटा बीमा कम्पनीहरु छन् । निकट भविष्यमा कम्तिमा ४० वटा बीमा कम्पनी सञ्चालनमा रहने देखिएको छ । अबको बीमा बजार कसरी विकसित होला ? नयाँ बीमा कम्पनीहरु खुलेपछि बजारमा कस्तो प्रभाव पर्ला ? प्रस्तुत छः नेपाल बीमक संघका अध्यक्ष तथा एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहसँग गरिएको विकास वहस ।   विजय बहादुर शाह, अध्यक्ष, नेपाल बीमक संघ बीमा समितिले नयाँ बीमा कम्पनीलाई लाइसेन्स खुला गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा २४ वटा नयाँ बीमा कम्पनी दर्ता भएका छन् । एकै पटक दर्जन भन्दा बढी नयाँ कम्पनी थपिए भने बीमा बजारमा कस्तो प्रभाव पर्ला ? रजिष्ट्रारको कार्यालयमा दर्ता भएका सबै कम्पनीले लाइसेन्स पाए भने त्यो अध्ययन भन्दा पनि स्पेकुलेशन हुन्छ । अहिले नेपालमा ५० वटा बीमा कम्पनीको लागि बजार छ कि छैन भन्दा ९० प्रतिशत मानिसले ‘छैन’ भन्नेछन् । अध्ययन गरेर बजारको आवश्यकता अनुसार कम्पनी खुल्दा बजारमा त्यसको असर पनि राम्रो हुन्छ । हाम्रो जस्तो सानो बजारमा ५० वटा इन्स्योरेन्स कम्पनी हुने अवस्था आईसकेको छैन जस्तो लाग्छ मलाई । लाइसेन्स माग्ने जति सबै कम्पनीलाई बीमा समितिले लाइसेन्स दिन्छ कि दिँदैन भन्ने कुरा पनि महत्वपूर्ण पक्ष हुन आउँछ । बीमा समितिले केहि प्रक्रिया पुरा गर्न समय सीमा पनि तोकि दिएको छ । २४ वटैले प्रक्रिया पूरा गरे भने बीमा समितिले लाइसेन्स दिन्छ होला । त्यसपछि सर्भाइभल अफ फिटेस्टको मान्यता अनुसार अघि बढ्छ बजार । जो सबै भन्दा फिट हुन्छ, ऊ सर्भाइभ हुन्छ बाँकी मासिने वा मिसिने प्रक्रियामा जान्छन् । रजिष्ट्रारको कार्यालयमा दर्ता भएका सबै कम्पनीले लाइसेन्स पाए भने त्यो अध्ययन भन्दा पनि स्पेकुलेशन हुन्छ । अहिले नेपालमा ५० वटा बीमा कम्पनीको लागि बजार छ कि छैन भन्दा ९० प्रतिशत मानिसले ‘छैन’ भन्नेछन् । अध्ययन गरेर बजारको आवश्यकता अनुसार कम्पनी खुल्दा बजारमा त्यसको असर पनि राम्रो हुन्छ । अर्काे कुरा हामी के पनि बुझ्नु पर्नेछ भने बीमाको पहुँच धेरै नेपालीसम्म पुग्न सकेको छैन । हामी सबैले बीमाको पहुँच बढाउनु पर्यो । गाउँ गाउँसम्म पुग्नु पर्यो, नयाँ नयाँ प्रडक्टहरु ल्याउनु भन्दै आएका छौं । बीमाका नयाँ नयाँ क्षेत्रमा पुगेर अहिलेको सात आठ प्रतिशतको बजार हिस्सालाई बढाएर १५ वा २० प्रतिशतमा विस्तार गर्नुपर्छ भनेर मैले भन्दै आएको छु । बीमा समितिले नयाँ कम्पनीका लागि तोकेको मापदण्ड कस्तो देख्नु हुन्छ ? मापदण्ड भनेको नियामक निकायले बनाउने हो । त्यसमा हामीले बोल्न मिल्दैन् । नयाँ कम्पनीलाई लाइसेन्स दिनुको उदेश्य भनेको बीमा बजारलाई थप व्यवस्थित बनाउने, विस्तार गर्ने, नयाँ नयाँ प्रडक्ट ल्याउने र बीमाको जोखिम हस्तान्तरण हुन नसकेको क्षेत्रको व्यवस्थापन गर्ने हो । यसमा मापदण्डको खासै अर्थ हुन्न तर भोलि सबै कम्पनी शहरमा मात्रै केन्द्रित भए भने के गर्ने ? भोलि बजार छैन र खर्चिलो हुन्छ भन्दै बीमा कम्पनीहरु गाउँ जान मानेनन् भने के गर्ने ? त्यसकारण मेरो बुझाइमा केकको साइज ठूलो बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । सबै कम्पनी शहर केन्द्रित भए भने अस्वस्थ प्रतिष्पर्धा बढ्छ । बजारको अस्वस्थ प्रतिष्पर्धाले पुराना कम्पनी, नयाँ कम्पनी दुबैलाई असर गर्छ र उपभोक्तालाई पनि नकारात्मक असर गर्छ । आफ्नो मात्रै स्वार्थ हेर्ने हो भने नयाँ बीमा कम्पनी थपिँदा सबै भन्दा बढी खुशी भईरहेको बीमा कम्पनीका सिर्इओहरु हुनुपर्ने हो । त्यसपछि बीमा क्षेत्रका जनशक्ति खुशी हुनुपर्ने हो । किनकी नयाँ कम्पनी खुलेपछि अवसर बढ्छ,  तलव सुविधा बढ्छ । तर तपाईहरुले बीमा कम्पनीका सिइओ र दक्ष जनशक्तिलाई सोध्नु भयो भने त्यति सकारात्मक संकेत देख्नु हुन्न । अहिलेका १७ वटा निर्जीवन र ९ वटा जीवन बीमा कम्पनी छन् । यी नै पर्याप्त हुनु कि होइनन् भन्ने प्रश्न छ । अहिले नै नयाँ कम्पनी थप्ने कुरा तर्कसंगत छ कि छैन ? लगानीकर्ताले प्रतिफल पाउँछ वा पाउँदैनन् ? उपभोक्ताले गुणस्तरीय सेवा पाउँछन कि पाउँदैनन् ? कम्पनीले बजार पाउँछ कि पाउँदैन भन्ने कुरा प्रमुख हुन आउँछ । बिना अध्ययन त्यत्तिकै नयाँ कम्पनी थप्ने कुरा पनि त्यति ठिक होइन ? तरपनि बीमा कम्पनीलाई लाइसेन्स दिने विषय बीमा समितिको क्षेत्राधिकारको कुरा हो । समितिले चाहँदा नयाँ कम्पनी थप्न सक्छ । बीमा कम्पनीमा भित्रिन लागेका नयाँ लगानीकर्ताले भविष्य राम्रो देखिरहेका छन तर पुराना लगानीकर्ता, उच्च व्यस्थापक त्यति सकारात्मक देखिन्नन्, किन ? आफ्नो मात्रै स्वार्थ हेर्ने हो भने नयाँ बीमा कम्पनी थपिँदा सबै भन्दा बढी खुशी भईरहेको बीमा कम्पनीका सिर्इओहरु हुनुपर्ने हो । त्यसपछि बीमा क्षेत्रका जनशक्ति खुशी हुनुपर्ने हो । किनकी नयाँ कम्पनी खुलेपछि अवसर बढ्छ,  तलव सुविधा बढ्छ । तर तपाईहरुले बीमा कम्पनीका सिइओ र दक्ष जनशक्तिलाई सोध्नु भयो भने त्यति सकारात्मक संकेत देख्नु हुन्न । बीमा कम्पनीका प्रमोटरहरुले आफ्नो सेयर पब्लिकमा कन्भट गरेर सेकेन्डरी बजारमा बेच्ने र आफ्नो लगानीलाई स्वतन्त्र गराउने योजनासहित कम्पनी खोलेको हो भने मेरो भन्नु केही छैन । तर त्यो स्पेकुलेशन हुन जान्छ । आजभोलि लिगल स्पेकुलेशन (कानूनी रुपमा सट्टेवाज) गर्न पाइन्छ । तर साना लगानीकर्ता मारमा पर्छन् । आइपिओ जारी गरेपछि लगानीकर्ता ओइरिन्छन् । ५० गुणासम्म आइपिओमा लगानी भैरहेको छ । एक सय रुपैंयाँको सेयर किन्दा १५० रुपैंयाँसम्म लगानी पर्न सक्छ । बीमा कम्पनीको आफ्नै नियम छ । निश्चित समयसम्म लाभांश वितरण गर्न पाउँदैनन् । लगानीकर्ताले पाँच वर्षसम्म लाभांश पाउँदैनन् । बीमाको बजार वृद्धि गर्नु राष्ट्रिय आवश्यकता हो । यो काम बीमा समिति वा कम्पनीहरूले मात्रै गर्न सक्दैनन्, त्यसका लागि सिंगो देश नै लाग्नु पर्छ । बीमाको बजार वृद्धि गर्नु राष्ट्रिय आवश्यकता हो । यो काम बीमा समिति वा कम्पनीहरूले मात्रै गर्न सक्दैनन्, त्यसका लागि सिंगो देश नै लाग्नु पर्छ । त्यसका लागि नयाँ बीमा कम्पनी चाहिने हो भने थप्नु पर्यो तर शहरमा मात्रै बस्ने कुरा ठिक हुन्न । संख्या भनेको ठूलो कुरा होइन, मुल कुरा बजार र पहुँच विस्तार हो । सम्भवतः केहि अध्ययन गरेर नै बीमा कम्पनी थप्ने निष्कर्षमा बीमा समिति पुगेको होला भन्ने मलाई लाग्छ । कुल प्रिमियम र कुल जनसंख्या पनि हेरिनु पर्छ । हाम्रो जस्ता धेरै देशमा कम्पनीको पुँजी एक सय करोड वा डेढ सय करोड मात्रै छ । उनीहरुको प्रिमियम पनि सोही मुद्रामा हुन्छ । कति प्रिमिय छ, त्यसकै आधारमा पुँजी निर्धारण हुने हो । यति पुँजीमा राम्रो प्रतिफल दिन सकिएन भने लगानीकर्तामा बितृष्णा आउन सक्छ । चलिरहेको अधिकांश बीमा कम्पनीले नगद लाभांश दिन सकिरहेका छैनन्, बोनस सेयर दिईरहेका छन्, तैपनि लगानी र्तामा निरासा भन्दा पनि उत्साह नै देखिन्छ । सेयर बजारमा सबैभन्दा बढी मूल्य बीमा कम्पनीहरुकै छ, किन ? दोस्रो बजारमा सेयर किनबेच गर्ने लगानीकर्ता भनेको सर्वसाधारण लगानीकर्ता हुन् । उनीहरुले कम्पनीको कुल पुँजीको ३० प्रतिशत सेयर होल्ड गर्ने हो । उनीहरु तुरुन्तै सेयर किनबेच गर्न सक्छन् । तर संस्थापकहरुलाई त्यस्तो सुबिधा हुन्न । संस्थापकहरुले चाहेको बेलामा सेयर बेच्न पाउँदैनन् । संस्थापकहरुले सपना देखेर संस्था स्थापना गरेका हुन्छन् प्रमोटरको सेयर फ्रि हुने भयो भने बजारमा स्पेकुलेशन हुन्छ । कम्पनीलाई कसले नेतृत्व गरिरहेको छ ? कसको लगानी छ ? भन्ने कुरा एकिन नहुने वित्तिकै कम्पनीको गुडविल बिग्रन्छ । सबल नेतृत्व नपाउन सक्छ । त्यसले संस्थालाई धरासायी नै बनाउँछ । नेप्सेमा सूचिकृत कम्पनीका प्रमोटरहरु सेयर बेचेर बाहिरको वा कम्पनी नेतृत्व विहिन भएको अवस्था कति छन् ? आजको दिनमा बीमा भन्दा राम्रो नियमन भएको संस्था भनेको बैंक तथा वित्तीय संस्था नै हो । तपाईहरुले नै कतिवटा संस्थाका सिइओ र मेजर लगानी कर्ता भागेका समाचार लेखिरहनु भएको छ । किष्ट बैंक, भिवोर विकास बैंक, क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स, नेपाल सेयर मार्केन्ट एण्ड फाइनान्स, गोर्खा डेभलपमेनट बैंक, नेपाल विकास बैंक लगायत धेरै संस्थाले गएको एक दशकमा भोगेको समस्या हामीले विर्सनु हुन्न । नयाँ बीमा कम्पनीले बजारमा नयाँ के ल्याउँलान ? नयाँ प्रडक्ट र नयाँ मेनपावर आउलान् । यसका दुई वटा पक्षमा काम गर्छ । बजारमा राम्रोसँग चलिरहेका बेला नयाँ तरंग आयो भने नयाँ प्रवृत्ति देखा पर्छ । नयाँ कम्पनी आउँदैमा पुराना कम्पनी धारासायी हुन्छ भन्ने छैन । निजी क्षेत्रका कम्पनी थपिएपछि बीमा क्षेत्र थप समृद्ध हुँदै आएको इतिहासले देखाउँछ । अहिले पनि नयाँ कम्पनीले बिगार्छन भन्ने छैन । राम्रै हुन्छ भन्ने लाग्छ । तर त्यसको पूर्व तयारी  आवश्यक छ । नयाँ प्रडक्ट ल्याउने, पहुँच बढाउने, टेक्नोलोजी भित्र्याउने, दक्ष जनशक्ति उत्पादन गर्ने लगायतका काम गर्नुपर्छ । त्यसो भयो भने ७० वटा कम्पनीले पनि बजार पाउन सक्छन् । तर हामीले बीमाको केकको आकार बढाउन छाडेर भएकै केक बाढेर खान खोज्यौं भने चाँही कसैलाई पनि फाइदा हुँदैन । त्यसकारण नियामक निकाय चनाखो हुनुपर्ने देख्छु । बीमाको पहुँच बढाउन के के गर्नु पर्ला ? बीमाको बजार विस्तार गर्ने, जनचेतना बढाउने, नयाँ टेक्नोलोजी भित्र्याउने, दक्ष जनशक्ति बढाउने, नयाँ प्रडक्ट अध्ययन गर्ने काम गर्नुपर्छ । आजसम्म बीमा क्षेत्रमा गतिलो टेक्नोलोजी नै छैन । कसैले आइटीको सहयोग बिनै बीमाको पहुँच बढाउँछु भन्यो भने त्यो सम्भव छैन । हामीसँग त गतिलो सफ्टवेयर नै छैन अहिलेसम्म । नेपालमा बीको पहुँच १० प्रतिशत भन्दा कम छ भनिन्छ, अन्तराष्ट्रिय बजारमा कति प्रतिशत जनसंख्याले बीमा सेवा प्रयोग गर्छन् ? विकसित देशमा मान्छे जन्मिनु भन्दा पहिले नै बीमा गरिएको हुन्छ  बच्चा आमाको पेटमा हुँदा नै बीमा गर्छन् । मान्छेका नामपछि राखिन्छ तर बीमा चाँही गर्भाधारण गर्ने वित्तिकै गरिन्छ । बिहे गर्ने वित्तिकै २० वर्षपछि भुक्तानी हुने बीमालेख पनि सञ्चालन गर्न सकिन्छ । जीवन बीमालाई फाइनान्सियल पार्टका रुपमा हेरिन्छ । मृत्युपछि आफन्तले फाइदा लिन सक्छन र प्रडक्ट अवधि सकिएपछि आफैंले पनि लाभ लिन सकिन्छ । निर्जीबन बीमाका हकमा भवितब्य परेको अवस्थामा राहत नै मिल्छ । दुर्घटनाका बेला हुने आर्थिक क्षति न्युनिकरण हुन्छ । विकसित देशमा बीमा भनेको संस्कारकै रुपमा स्थापित भैसकेको छ । केहि समय अघि नेपालमै हेल्मेड अनिवार्य गर्दा मानिसहरुले पुलिसका लागि हेल्मेट लगाएको भन्थे । कार चढ्नेलाई सिटबेल्ट बाँध भन्दा पुलिसका लागि बेल्ट बाँध्थे । डिग्री पास गर्ने वित्तिकै मानिस शिक्षित हुन्न । त्यसका लागि चेतना आवश्यक छ । नेपालमा सवारी साधनको बीमा अनिवार्य छ । अझ तेश्रो पक्ष बीमा त नगरि हुन्न । त्यसले बीमा बजार बढाउन ठूलो योगदान पुगेको छ । यहि कारण मोटर बीमा सफल भएको छ । यसरी नै स्वास्थ्य वा अन्य क्षेत्रमा पनि यस्तै कार्यक्रम ल्याउनु पर्छ । १५, १६ वर्षपछि आफ्ना छोराछोरीका लागि एक मुष्ठ पैसा आउने गरि बीमा गराउनु पर्छ । मेडिसिन पढ्न ६० लाख चाहिन्छ । त्यसका लागि बीमा प्रडक्ट ल्याइयो भने ठूलो राहत हुन्छ । बीमा कम्पनीले यस्ता प्रडक्ट ल्याउनु पर्छ र नियामक निकायले सघाउनु पर्छ । त्यसकारण बीमा कम्पनीको संख्या भन्दा पनि पहुँचको कुरा चाँही प्रमुख हो । कुनै बेला बीमा कम्पनीको पुँजी चार पाँच सय करोडको कुरा बजारमा आएको थियो । आज एक सय र दुई सय पुगेको छ । भोलिका दिनमा फेरी चार पाँच सय करोड पुर्याउने दिन आउँछ । त्यसकारण मेरो भनाई के हो भने बीमाको केक बढाउनु पर्छ । संख्या र पुँजी ठूलो कुरा होइन ।