प्रभु बैंकको नाफा ९२ प्रतिशतले बढ्यो, ९ महिनाको कमाई १ अर्ब ४४ करोड

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा १ अर्ब ४४ करोड खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिव ९२ प्रतिशतले बढी हो । गत वर्षको प्रथम ९ महिनामा बैंकको खुद नाफा ७५ करोड रुपैयाँ थियो । बैंकले सञ्चालन नाफा १ अर्ब १७ करोड गरेको छ भने राईट व्याकबाट १ अर्ब ४० करोड रुपैयाँ प्राप्त छ । कर र बोनसअघि बैंकको नाफा २ अर्ब ३० करोड रुपैयाँ छ । बैंकले स्टाफ बोनस २० करोड ९६ लाख र कर ६५ करोड छुट्टाएको छ । डिफरड ट्याक्समा ४४ करोड प्रोफिजन गरेकोले यस बैंकको ट्याक्स भार बढी देखिएको छ । बैंकले चैत मसान्तसम्ममा ७१ अर्ब निक्षेप परिचालन गरेको छ । यो रकम एक वर्षअघिको तुलनामा १७ अर्ब रुपैयाँ बढी हो । त्यस्तै बैंकले ५९ अर्ब रुपैयाँ कर्जा सापटी दिएको छ भने र करिव ६ अर्ब लगानी गरेको छ । एक वर्षमा बैंकको कर्जा विस्तार १५ अर्ब रुपैयाँले भएको छ । बैंकको क्यापिटल एडेक्वसी ११ प्रतिशत छ । खराव कर्जा ४.३२ प्रतिशतमा झरेको छ । गत वर्ष सोही अवधिमा बैंकको खराव कर्जा १० प्रतिशत थियो । बैंकको सीडी रेसियो ७१ प्रतिशत छ भने स्प्रेडदर ३.७३ प्रतिशत छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ छ भने संचित कोषमा १ अर्ब ८९ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा छ । बैंकको सेयर प्रतिकित्ता ४३० रुपैयाँमा कारोबार भईरहेको छ ।

उपत्यकाका २०० प्राइभेट स्कुलमा ताला बन्दी, यी हुन धेरै शुल्क असुल्ने स्कुल

काठमाडौं । बढि शुल्क असुल्ने २०० भन्दा बढि प्राइभेट स्कुलमा संयुक्त विद्यार्थी संगठनहरुले ताला बन्दी गरेका छन् । सर्वाेच्च अदालतको आदेश तथा शुल्क वृद्धि सम्बन्धी मापदण्ड उल्लंघन गर्दै मनोमानी ढंगले शुल्क असुल्ने २०० भन्दा बढि प्राइभेट स्कुलमा ताला बन्दी गरिएको हो । अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका त्यस्ता स्कुलहरुमा तालाबन्दी भैरहेको छ ।शुल्क वृद्धि रोक्न माग गर्दै शिक्षा मन्त्रीलाई नै ज्ञापन पत्र बुझाउँदा समेत आफ्ना माग पुरा नभएपछि अविभावकहरुको ढाड सेक्ने विद्यालयमा ताला लगाएको प्रवक्ता शर्माले जानकारी दिए । देशैभरका त्यस्ता विद्यालयहरुमा ताला लगाउने काम धमाधम भैरहेको पनि उनले जानकारी दिए । यी हुन उपत्यकामा ताला बन्दी गरिएका स्कुल  १) रातो बङ्गला स्कुल २) नाइटिङ्गेल स्कुल ३) रेडियन्ट स्कुल ४) ह्वाइटफिल्ड स्कुल ५) स्वर्णिम ६_ डिएभी सुशिल केडिया विश्व भारती स्कुल ७) माउन्ट ग्लोरी ८) भिएस निकेतन ९) गिताञ्जली स्कुल १०) रेड्न स्कुल ११) न्याम्स स्कुल १२) फ्लोरिसेन्ट स्कुल १३) अपि स्कुल १४) ज्ञान निकेतन १५) काठमाण्डौं विद्याकुञ्ज १६) काव्य स्कुल १७) पुस्प सदन १८) विभुती १९) कञ्चनजंघा स्कुल २०) प्यारागन स्कुल २१) संस्कृती २२) जनप्रेमी स्कुल २३) मातृभूमि २४) भक्तपुर बोर्डिङ स्कुल २५) ट्रिनीटी स्कुल

धरहरामा लगानी गरेर नाफा कमाउन सकिन्छः राजभण्डारी

धरहरामा नेपाल टेलिकमले लगानी गर्ने भन्ने निर्णय सरकारले गरेको हो । सरकारले नै हामीलाई बनाउन भनिसकेपछि हामी चैँ पछि हट्ने कुरै भएन् । धरहरा बनाउन दुई तीन अर्ब लगानी आवश्यक पर्ने प्रारम्भिक प्रक्षेपणहरु भएका थिए । त्यससँगै हामीले धरहरामा लगानी गरेपछि त्यस्तो लगानी कसरी उठाउने भन्नेबारे अध्ययन गर्नु आवश्यक ठान्यौं । सूचना तथा सञ्चार मन्त्रालयले पनि धरहरा निर्माण, सञ्चालन र हस्तान्तरणका लागि हामीसँग रोलआउट प्लान माग्यो । सोही अनुसार हामीले लगानी वापत कसरी आम्दानी गर्ने भन्ने पुर्ण अध्ययन गर्न समिति गठन गरेका थियौं । सो समितिले अध्ययन गरेर प्रतिवेदन तयार पारिसकेको छ । कति लगानी गर्ने र कसरी नाफा कमाउने भन्नेबारे ठोस अध्ययन सम्पन्न भएको हो । हामीले अध्ययनका लागि विज्ञ टोली नै गठन गरेका थियौं । त्यसले रिपोर्ट दिईसकेको छ । लगानी गरेपछि नाफा कमाउनु पर्छ । टेलिकम भनेको पब्लिक कम्पनी पनि हो त्यसकै मान्यता अनुसार हामीले लगानी गर्दै जाने हो । हाम्रो अध्ययनले धरहरामा लगानी गरेर नाफा कमाउन सकिन्छ भन्ने देखाई सकेको छ । कुन आधारमा लगानी गर्ने, कति समयमा लगानी फिर्ता हुन्छ ? भन्ने एकिन भैसकेको मोडालिटीबारे टेलिकम सञ्चालक समितिमा छलफल भैरहेको छ । हामीले धरहरा मात्रै बनाईरहेका छैनौं । अहिले टक्सार विभाग र हुलाकको जमिन पनि थपिएको छ । धरहराको डिजाइन बनाईरहेको केस कन्सल्टेण्टका अनुसार ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा दुई सय ४५ फिट अग्लो हुनेछ । र २ अर्ब ८० करोड जति लागत अनुमान गरिएको छ । हामीले भने लगानी गरेर कसरी उठाउने भन्नेबारे अध्ययन गरेका हौं । कति लगानी गर्ने भन्ने कुरा डिजाइनमा भर पर्छ जसको अहिले नै टुंगो लागिसकेको छैन् । धरहरा भनेको नेशनल आइकोन पनि हो । त्यसको निर्माण गर्न पाउनु हाम्रो लागि ठुलो अवसर हो । आजको भोली नै नाफा कमाउने गरि हामीले बनाउन लागेका होइनौं । तर केहि नाफा पनि चाहिन्छ नै । यसको निर्माण बुट मोडल अन्तर्गत बनाउने हो । अर्बौ लगानी गर्नुपर्ने भएकाले पब्लिक कम्पनीले केहि नाफा त कमाउनै पर्छ । मै बनाउँछु धरहराका लागि १८ करोड जति पैसा उठेको भन्ने कुरा आएको छ । त्यो रकम हामीले उपयोग गर्ने की नगर्ने भन्नेबारे एकिन भैसकेको छैन् । भूकम्प गएको २ बर्ष पुरा भएको छ । हामीलाई धरहरा बनाउन मन्त्रि परिषदले अनुमति दिएको पनि लामो समय भैसक्यो । नेपाल टेलिकमले आफ्नो तर्फबाट लगानी गर्ने सबै तयारी पुरा गरिसकेको छ । अब बल सरकारको कोर्टमा छ । पुरातत्व विभाग, पुननिर्माण प्राधिकरण र सरकारले आफ्नो तयारी गर्न बाँकी छ । तर हामी जुनसुकै दिन निर्माण सम्झौताका लागि तयार छौं । धरहरा बनाउन हामीलाई दिने सम्झौता गरेको कति समयमा के के काम गर्ने ? कहिलेसम्म बनाउने भन्ने ठोस योजना नै हामीले तयार पारिसकेका छौं । हामी सम्झौताका लागि सम्पुर्ण रुपले तयार छौं । तीन चार महिना भित्रै धरहरा निर्माणको सम्झौता हुने सम्भावना बढि रहेको छ । (नेपाल टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीसँग गरिएको कुराकानीमा आधारित)