ट्राफिक कारवाहीमा संसारमै एक नम्बर काठमाडौं, बर्षेनी ६ लाख नागरिक फन्दामा

काठमाडौं । संसारमै धेरै संख्यामा ट्राफिक कारवाही हुने राजधानीहरुको सूचिमा काठमाडौं उपत्यका पहिलो नम्बरमा देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका पुर्व प्रमुख समेत रहेका नेपाल प्रहरीका प्रमुख प्रकाश अर्यालले व्यवस्थापिका संसदको विकास समितिमा शुक्रबार आयोजीत छलफलमा  भने–काठमाडौं उपत्यका संसारमै सबैै भन्दा धेरै नागरिकलाई ट्राफिक नियम उल्लंघन गगरेकोमा कारवाही गर्ने राजधानीका रुपमा स्थापित छ, हामी बर्षेनी ६ लाख भन्दा बढि नागरिकलाई उपत्यकामा मात्रै कारवाही गरिरहेका छौं ।’ उनका अनसार चालु आर्थिक बर्षको जेठ २६ गतेसम्ममा ५ लाख ६९ हजार ८ सय १५ जनालाई राजधानी उपत्यका भित्रै कारवाही गरिसकिएको छ । जबकी गत आवमा पनि ५ लाख ४८ हजार ४ सय ७० जनालाई उपत्यकामा कारवाही गरिएको थियो । बैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरिएकोमा हालसम्म ५५०७ जनलाई कारवाही गरिएको छ । महाशाखाले जेष्ठ १६ गते देखि जथभावी बाटो काट्ने सर्वसाधारणलाई पनि २ सय रुपैंयाँ जरिवाना असुल्न थालेको थियो । जेठ २६ गतेसम्ममा जथाभावी बाटो काट्ने १० हजार ६ सय ३९ जनाबाट प्रति व्यक्ति २ सय रुपैंयाँ जरिवाना असुलिसकेको छ । गत आवमै उपत्यकामा १६६ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो भने २७५ जना गम्भिर घाइते भएका थिए । त्यस्तै, ३ हजार ९ सय १ जना सामान्य घाइते भएका थिए । प्रहरी प्रमुख अर्यालले कारवाहीको मात्रा न्युन भएकाले धेरै नागरिकलाई कारवाही गरिएपनि नियम उल्लघंनका घट्नामा कमि नआएको दावी गरे ।‘हामीले धेरै संख्यामा कारवाही गरिरहेका छौं, तर कारवाहीको जोखिम कम भएकाले नियम उल्लंघन घटेको छैन बरु बढेको छ, त्यसैले अब कारवाहीको मात्रा बढाउनुपर्छ’, अर्यालले भने । उता, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाले पनि जोखिमको मात्रा वृद्धि नगरि राजधानीको ट्राफिक व्यवस्थापन सहज नहुने बताए ।

राप्तीभेरीको हकप्रद सेयर रद्द भए शिखर इन्स्योरेन्स र एनएमबी बैंकको एफपीओ आउने

काठमाडौं । धितोपत्र निष्काशन तथा बाडफाँड निर्देशिका २०७४ को बुँदा १२ (१०)मा ‘संगठिन संस्थाले साधारण सभाबाट हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेमा सो निर्णय अनिवार्य रुपमा कार्यान्वयन गर्नु पर्ने’ लेखिएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको यो निर्देशिका जेठ १२ गतेदेखि लागू भएको उल्लेख छ । तर राप्तीभेरी विकास बैंकले जेठ २५ गते सातौ वार्षिक साधारणसभाको सूचना प्रकाशित गर्यो । असार १५ गतेको लागि बोलाइएको साधारणसभाको विशेष प्रस्तावमा ‘यसअघिको साधारणसभाले गरेको हकप्रद सेयर निष्काशन सम्बन्धी निर्णय खारेज गर्ने’ उल्लेख गरिएको छ । राप्तीभेरी विकास बैंकको सञ्चालक समितिले साउन ३२ गते २०० प्रतिशत (१ बराबर २ कित्ता) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्यो । भदौं १७ गते विशेष साधारणसभाले उक्त सञ्चालक समितिको प्रस्ताव पास गरेको थियो । तर उक्त निर्णय कार्यान्वयन भएको छैन । पछिल्लो समय यो बैंक ज्योति विकासमा विलयको प्रक्रियामा छ । ज्योति विकास बैंकले राप्ती भेरी विकास बैंक प्राप्ति गर्न सक्ने भनेर राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । सोही अनुसार राप्तीभेरीले विजयमा जाने र हकप्रद सेयर निष्काशन नगर्ने प्रस्ताव लैजादै छ । ‘ज्योति विकास बैंक र राप्तीभेरी विकास बैंक प्राप्तिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएर आईसक्यो । सोही अनुसार हामीले साधारणसभामा विशेष प्रस्ताव गरी हकप्रद सेयर सम्बन्धी अघिल्लो निर्णय खारेज गर्दैछौं’ राप्तीभेरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राईले विकासन्युजसँग भने । धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन गर्ने निर्णय खारेज हुन नपाउने गरी ल्याएको निर्देशिकाले आफूहरुलाई अप्ठ्यारो नपर्ने उनले बताए । ‘यसअघिको साधारणसभाले गरेको निर्णय खारेज गर्न धितोपत्र बोर्डको स्वीकृति चाहिँदैन । हामीले साधारणसभा बोलाई सकेका छौं । कम्पनी ऐन अनुसार साधारणसभाले जे निर्णय गर्छ त्यो नै अन्तिम निर्णय हुन्छ’ उनले धितोपत्र बोर्डलाई चुनौति दिँदै भने । राष्ट्र बैंकले जारी गरेको मर्ज तथा एक्विजिशन नियमावली अनुसार पुँजी वृद्धि सम्बन्धी पुरानो योजना खारेज गर्न सकिने उनले दावी गरे । बोर्डले नयाँ निर्देशिका ल्याउनु पूर्व नै बैंक सञ्चालक समितिले हकप्रद सेयर निष्काशन नगर्ने निर्णय गरेर धितोपत्र बोर्डलाई जानकारी गराई सकेकोले बोर्डबाट हस्तक्षेप नहुने सो बैंकको विश्वास छ । निर्देशिका जारी हुनु पूर्व प्रक्रियामा रहेको नाममा राप्तीभेरी विकास बैंकको हकप्रद सेयर निष्काशन रद्द गर्ने पक्षमा धितोपत्र बोर्ड रहेमा शिखर इन्स्योरेन्स र एनएमबी बैंकले प्रस्ताव गरेको एफपीओ पनि निष्काशन हुने सक्ने विश्लेषण सेयर बजारमा हुन थालेको छ । शिखर इन्स्योरेन्स र एनएमबी बैंकले पनि नयाँ निर्देशिका आउनु पूर्व नै साधारणसभाबाट निर्णय गराई धितोपत्र बोर्डमा आवेदन गरिसकेका छन् । तर नयाँ निर्देशिकाले कुनै पनि कम्पनीलाई एउटा एफपीओ जारी गरेको पाँच वर्षपछि मात्र अर्को एफपीओ जारी गर्न सक्ने व्यवस्था गरेको छ । निर्देशिका सबैका लागि समान रुपमा लागू हुने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी बताउँछन् । ‘एउटा कम्पनीलाई छुट दिने, अर्को कम्पनीलाई लागू गर्ने काम हुँदैन’ गिरीले विकासन्युजसँग भने–‘धितोपत्र बोर्डको सहमतिविना सेयर निष्काशन वा प्रक्रिया रद्द हुन सक्दैन ।’ याे पनि पढ्नुहाेस् राप्तीभेरी विकास बैंकको २०० प्रतिशत हकप्रद सेयर रद्द, निर्णय गरेपछि कार्यान्वयन गर्नै पर्ने नीति बनाउँदै धितोपत्र बोर्ड

डेढ करोड खर्चेर २०७५ असारमा तयार हुँदैछ रानी पोखरीको बालगोपालेश्वर मन्दिर

काठमाडौं । रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर २०७५ सालको असारमा मात्रै तयार हुने भएको छ । महानगरपालिका र पुरातत्व विभागको लामो विवादपछि विभागले नै निर्माण गर्ने टुंगोमा पुगेको बालगोपालेश्वर मन्दिरको पुननिर्माण ढिलो गरि सम्पन्न हुन लागेको हो । सुरुमा महानगरपालिकाले आरसीसी ढलान गरेर सम्पुर्ण रानी पोखरीको पुननिर्माण गर्ने भनेको थियो । तर युनेस्कोले आपक्ति जनाएपछि बालगोपालेश्वर मन्दिरमा आधुनिक निर्माण सामग्री प्रयोग नगरी पुननिर्माण गर्ने जिम्मा पुरात्व विमागाई दिइएको थियो । विभागले एक करोड ४० लाख ५८ हजार २८ रुपैंयाँ ५८ पैसामा ठेक्का लगाएको छ । यहि बैशाख ५ गते कडेँल÷राम जेभी रानीबारीलाई बालगोपालेश्वर मन्दिर पुननिर्माणको ठेक्का दिइएको हो । ‘ढुंगा, डाँची अप्पा र मा अप्पा सहित सुर्की मोटारको प्रयोग गरेर बालगोपालेश्वर मन्दिरको पुननिर्माण अघि बढेको छ, तोकिएको समयभित्रै पुरातात्विक महत्व झल्किने गरि निर्माण गर्नेछौं’, पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले भने ।