नेक्सजेन म्यानेजमेन्टको साधारणसभा सम्पन्न, पूँजी ६२ करोड पुर्‍याउने प्रस्ताव पारित

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले साधारण सभा सम्पन्न गरेको छ । सभाले कम्पनीको जारी तथा चुक्ता पूँजी ६२ करोड ५० लाख रुपैयाँ पुर्‍याउने प्रस्ताव पारित गरेको हाे । यसअघि कम्पनीको जारी तथा चुक्ता पूँजी ५० करोड रुपैयाँ थियो । सभाले संस्थापक र सर्वसाधरणको सेयर स्वामित्व ८०ः२० हुने गरी साविकको व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । सोमबार काठमाडौंको आनन्दभूमि इभेन्ट्समा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहले गरेका थिए । नेक्सजेनले लगानी कम्पनीको रुपमा निकट भविष्यमा सेयर सर्वसाधरणमा जारी गर्ने तयारी गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)का आवश्यक शर्तहरु पूरा गर्ने प्रक्रियामा लागेको छ । कम्पनीले तीन वर्षभन्दा बढी समयदेखि सञ्चालन गर्दै आएको, तीन वर्ष लगातार खुद मुनाफामा रहेको र कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा बढी रहेको दावी गर्दै, विशेष साधारण सभाबाट पूँजी वृद्धिको प्रस्ताव सर्वसम्मतिले पारित भएको कम्पनीले जनाएको छ । सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सर्वसाधरणलाई सेयर जारी गर्ने शिलशिलामा आवश्यक तयारी र निर्णयका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ । सभामा एक सयभन्दा बढी सेयरधनीको उपस्थिति रहेको थियो । प्रबन्ध संचालक रमेश कुमार भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष देवेन्द्र प्रताप शाहले प्रतिवेदन पेश गरेका थिए । सेयरधनीहरुको जिज्ञासाको उत्तर सञ्चालक विजय बहादुर शाहले दिएका थिए र कार्यक्रमको समापनमा सञ्चालक अजय कुमार मिश्रले धन्यवाद ज्ञापन गरेका थिए ।  

४२ अंकले बढ्यो नेप्से, ११ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२ अंकले बढेर २७१४ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार २२४ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३३९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चरको भएको छ । एनआरएनको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै राधी विद्युतको ३९ करोड, मन्जुश्री फाइनान्सको ३७ करोड, ग्रीन भेन्चरको ३० करोड र एसवाई प्यानलको २६ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ । सबैभन्दा धेरुै होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.३६ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ भने बैंकिङ, विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । आज गुर्खाज फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   

युनाइटेड अजोड इन्स्योरन्सका सिईओ गौतमले दिए राजिनमा

काठमाडौं । युनाइटेड अजोड इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कमल गौतमले राजीनामा दिएका छन्  । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले हिजो (मंसिर ५ गतेदेखि नै लागू हुने गरेर राजीनामा स्वीकृत गरेको कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्ययले जानकारी दिए । कम्पनीका अनुसार उनले राजिनमा पत्रमा व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएका हुन् । गौतमलाई  कम्पनीले २०८१ मंसिर २६ गते बसेको बैठकले सिईओमा नियुक्त गरेको थियो । कम्पनीमा उनले एक वर्ष बिताएका छन् । ​​​​​ सिईओ गौतमको राजिनमासँगै कम्पनीले निमित्त सिईओमा नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) रेना रिजाललाई नियुक्त गरेको छ ।