१२५ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०८ अंकले बढेर २७०५ बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार १२५ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

बुधबार ३५२ कम्पनीको ८३ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फाइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै रिलाइन्स स्पिीनिङको १८ करोड, बुंगल हाइड्रोको १७ करोड, सेन्ट्रल फाइनान्सको १६ करोड र आँखु खोलाको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोपन फर्माक्युटिकल्स र एपोलो हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेका छन् ।  

Share News