अब कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन गरिने

काठमाडौं । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच÷पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिएका छन् । नयाँ पाठ्यक्रम अनुसार अब कक्षा ११ र १२ मा थप दुई विषय पढ्नु पर्ने हुन्छ । उनका अनुसार जीवन उपयोगी सीप र सामाजिक अध्ययन ५०–५० पूर्णाङ्कको पढ्नु पर्ने हुन्छ । जीवन उपयोगी सीपले विद्यार्थीलाई व्यवसाय गर्नका लागि सिकाउँछ भने सामाजिक अध्ययनले नेपालको बारेमा विद्यार्थीलाई बुझ्न सहयोग मिल्दछ । नयाँ पाठ्यक्रमअनुसार नेपाली ५० र अङ्ग्रेजी भने १०० पूर्णाङ्कको हुनेछ । सूचना अधिकारीसमेत रहेका भट्टराईले कक्षा ९ र १० का विषयसँग पनि मिल्ने गरी पाठ्यक्रम परिमार्जन गर्न थालिएको जानकारी गराए । यसअघि विसं २०६४ मा पाठ्यक्रम परिमार्जन भएको थियो । उनका अनुसार ४० वटा विषयका परिमार्जन गरिसकेका छन भने ३७ वटा विषयको परिमार्जनको क्रममा रहेका छन् । ‘‘हामीले पहिले सबैभन्दा बढी विद्यार्थी हुने विषयको पाठ्यक्रम परिमार्जन गरिरहेका छौँ’’ उनले भने , ‘‘पछि कम विषय पढाइ हुने विषय परिमार्जन गर्ने छौं ।’’ कक्षा ११ र १२ मा १५६ वटा विषय रहेका छन् । यसअघि कक्षा ११ र १२ को विषयको परिमार्जन उच्च माध्यमिक शिक्षा परिषद्ले परिमार्जन गरेपनि कक्षा १२ सम्म माध्यमिक तह मानेकाले केन्द्रले पहिलो पटक पाठ्यक्रम परिमार्जन गरेको हो । कक्षा ९ र १० को भने केन्द्रले ऐच्छिक विषयको मात्र पाठ्यक्रम परिमार्जन गर्न थालेको थियो । कक्षा ९ का इतिहास, भूगोल, नागरिक शासन, अर्थशास्त्र, समाजशास्त्र, जनसङ्ख्या, वातावरण विज्ञान, कृषि, शिक्षा, कम्प्युटर, लेखापरीक्षण, फोटोग्राफी, स्वास्थ्य शारीरिक, ग्रामीण विकास विषयको परिमार्जन गर्न थालिएको केन्द्रका निर्देशक भट्टराईले बताए । अतिरिक्त गणितको भने पाठ्यक्रम परिमार्जन गरिसकेको छ । नयाँ पाठ्यक्रममा २५ अथवा ५० पूर्णाङ्क प्रयोगात्मक राखिएको छ । स्थानीय तहले स्थानीय परिवेशअनुसार एक वटा विषय अतिरिक्त पढाउन सक्नेछन् । स्थानीय तहले तयार पारेको पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग स्वीकृत गराउनुपर्ने हुन्छ । रासस

क्यानले ४९ जनालाई १ करोड ८५ लाखको छात्रबृत्ति प्रदान गर्ने

काठमाडौँ । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)ले प्राबिधिक शिक्षा पढ्ने ४९ जनालाई १ करोड ८५ लाख रुपैयाँको छात्रवृत्ति प्रदान गर्ने भएको छ । क्यान फेडेरेशनले प्रदेश ५  बुटवलमा पत्रकार सम्मलन गर्दै आइटीमा विद्यार्थीलाई आकर्षण बढाउन १ करोड ८५ लाख ३६ हजार बराबरको छात्रबृत्ति बितरण गर्न लागिएको जानकारी गराएको हो । छात्रवृत्ति प्रदान गर्ने सम्झौतामा क्यानका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउण्डसनका तर्फबाट अध्यक्ष पंकज जलानले प्रधानमन्त्रीको यसअघि नै हस्ताक्षर समेत गरिसकेका छन् । उक्त कार्यक्रममा क्यानका केन्द्रीय बरिष्ठ उपाध्यक्ष नवराज कुँवरले लर्ड बुद्ध एजुकेशन फाउण्डेनको सहकार्यमा सातै प्रदेशका ७ जनाका दरले ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति दिने बताए । सबै प्रदेशका १–१ जना छात्रालाई पूर्ण छात्रबृत्ति दिइने छ भने अन्य ४२ जनालाई आंशिक छात्रबृत्ति दिइने बताइएको छ । छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले लर्ड बुद्ध एकजुकेशन फाउण्डेसनमा स्नाकत तह अन्तरगत बीएस्सी आईटीको अध्ययन गर्न पाउने लर्डबुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष पंकज जलानले बताए । ‘नेसनल आईसीटी स्कलरसिप-२०७६’ नाम दिइएको यसमा सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने क्यानले जनाएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित दश जोड दुई अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तिमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले क्यानको वा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

इन्जिनियरिङ्गका विद्यार्थीले गरे २२ दिनसम्म चल्ने व्याट्रीको विकास

काठमाडौं । नेपाल इन्जिनियरिङ्ग कलेज चाँंगुनारायण भक्तपुरका विद्यार्थी २२ दिनसम्म चल्ने व्याट्रीको विकास गर्न सफल भएका छन् । कलेजमा अध्ययनरत चौथौं वर्षका विद्यार्थी जजेन्द्र कासुला र विज्ञान घिमिरे आफ्ना पर्यवेक्षक दीपेशप्रकाश गुरागाई र विजय श्रेष्ठका अधिनमा रहेर यो उपकरणको विकास गर्न सफल भएका हुन् । उनीहरुले वातावरणको उर्जालाई उपयोगमा ल्याई दिगो अनुसन्धान डेटा संकलन गर्ने उपकरण विकास गरेका हुन् । एकनास नरहने सौर्य उर्जालाई एक पटक सुपर क्यापासिटरमा जम्मा गरेर चार्ज गरी सो उपकरण बनाउन उनीहरुलाई सफलता मिलेको हो । यो व्याट्री २२ दिनसम्म चलाउन सकिनेछ, दुवै विद्यार्थीले एकैसाथ भने । एक मिनेट (चम्किलो प्रकाश भएको बेला) चार्ज गरी सो उपकरण सुपर क्यापासिटरबाट मात्रै चलाई साढे दुई दिन चलाउन सकिने निष्कर्ष उनीहरुको छ । अझ व्याटीलाई खास उपकरण डिजाइनर गरी चार्ज गर्ने र सो चार्ज सुपर क्यापासिटरमार्फत डेटा संकलन तथा प्रशारण गर्ने पूरै उपकरण २२ दिनसम्म लगातार चलाउन सकिने कुरा अनुसन्धानमार्फत जानकारी पाइएको उनीहरुले बताए । युरोपमा अध्ययन गरेर आएका कलेज प्रोफेस विजय श्रेष्ठ, प्रख्यात डिजाइनर कम्पनीमा केही वर्ष काम गरेर नेपाल फर्केका कलेज प्रोफेसर दिपेशप्रकार गुरागाईका साथै युरोपमा उच्च शिक्षा हासिल गरी केही वर्ष काम गरेका कलेज प्रोफेसर तथा प्रोजेक्ट संयोजक सचिन श्रेष्ठका निर्दशेनमा विद्यार्थीले सो उपकरणको प्रोटोटाइप बनाउन सफल भएका हुन । वातावरणको परीक्षण डेटा संकलन, जनावर टेकिंग, वायु तथा जल गुणस्तर निगरानी अपबाद निगरानी जस्तै थुप्रै उर्जा संकेतमा खटाउन सकिने विद्यार्थीको दावी छ । साथै कार्यखर्चलाई न्युन गर्दै वनाएको उपकरणबाट मोटामोटी ६ किमिसम्म डेटा प्रसारण गर्न सकिने उनीहरुले बताए । अत सो प्राप्त डेटा क्लाउड कम्युटिंगमार्फत सम्पूर्ण क्षेत्रमा पुयाउने लक्ष्य उनीहरुले लिएका छन् । विद्यार्थी आफनो अन्तिम वर्षको प्रोजेक्ट प्रायोगिक चरण पार गर्दै अन्तिम चरणसम्म आइपुगेको हुन् । स्वास्थ्य निगरानीमासमेत संलग्न गराउने लक्ष्य लिई सो उपकरण विद्युत नपुगेको, तार जडान कठिनाई हुने ठाउँंहरुमा डेटा लिने र प्रशारण सहज बनाउने यो उपकरण बनाउँंदा आइपरेका विभिन्न बाधा तथा चुनौतीलाई पार गर्दै यस चरणसम्म आएको यस उपकरण मानब तथा वातावरण क्षेत्रलाई ठूलो योगदान पुयाउन सकिने विद्यार्थीको निष्कर्ष निकालेका छन् । हाल सम्पन्न भएको नेक इन्जिनियम २०१९ नामक कलेजद्धारा सञ्चालन गरिएको खुला प्रतियोगितामा वेष्ट प्रोजेक्टबाट सम्मानित सो प्रोजेक्ट संकलित उर्जा बचत गर्दे प्रयोगमा ल्याउने आउँंदो समयमा निकै लाभदायक हुने कुराहरु पनि जानकारी गराइयो । यस्तै दोश्रो स्थानमा इलेक्टोनिक्स तेश्रो वर्षमा अध्ययनरत विवेक अधिकारी निजर ढकाल टंकराज ओझा पवन ढकालद्धारा निमिर्त फिंगर प्रिन्ट वेष्ट भोटिंग मेशिन रहेको थियो ।