सिटिभिटीमा ५ बिषयको नयाँ शुल्क तोकियो, नर्सिङ पढ्न ४ लाख ७५ हजार
काठमाडौं प्राविधिक शिक्षा तथा तालिमा परिषद (सिटिभिटी) ले नर्सिङको डिप्लोमा/प्रमाणपत्र तहको शुल्क तोकेको छ। सिटिभिटिले नर्सिङको शुल्क ४ लाख ७५ हजर तोकेको हो। बुधबार सुचना निकाल्दै सिटिभिटीले डिप्लोमा/प्रमाणपत्र तह तथा प्राविधिक एसएलसी तहका अन्य ४ बिषयको शुल्क तोकेको हो। सिटिइभिटीले प्रवीणता प्रमाणपत्र तह अन्तर्गत सामान्य चिकित्सा तर्फ ४ लाख ४ हजार, डिप्लोमा इन फार्मेसीमा ३ लाख ३७ हजार ८ सय, सिएमएलाई एक लाख र अनमीलाई १ लाख २० हजार शुल्क तोकेको छ। उक्त शुल्कमा खाना र बस्ने शुल्क भने समावेश नभएको सिटिइभिटीले जनाएको छ। तोकिएको शुल्क विद्यार्थीले ३ किस्तामा तिरिसक्नु पर्नेछ। विद्यार्थीले पहिलो किस्तामा ४० प्रतिशत, दोस्रोमा ३० प्रतिशत र तेस्रोमा पनि ३० प्रतिशत गरेर शुल्क बुझाउनु पर्नेछ। यस्तै सिटिभिटिले तोकिएको शुल्कमा खान र बस्ने शुल्क भने समावेश नभएको बताएको छ। यस्तै विद्यार्थीहरुले आर्थिक कारोबार गर्दा अनिवार्य बैंक मार्फत गर्नुपर्ने सिटिभिटीले जनाएको छ।
एभरेष्ट बैंक र नेशनल प्याब्शनबीच साझेदारी
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड(इबीएल)ले नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याब्शन) सँग सम्बन्ध विकास र विस्तार गरेको छ । इबीएलका सेवाहरु नेशनल प्याब्शनको सदस्य स्कूलहरुमा प्रवद्र्धन गर्ने साझेदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार, नेशनल प्याब्शनले सदस्य स्कुलहरुमा एभरेष्ट बैंक लिमिटेडको उत्पादन र सेवाहरु प्रवद्र्धन गर्न सहयोग पुर्याउने उल्लेख छ । ईबीएलले पनि नेशनल प्याब्शनको जिल्ला शाखाको सिफारिसमा नेशनल प्याबशनको सदस्य स्कुलहरुलाई (१०.६२% (बेस रेट २.५०%) आरओआईमा एसएमई ऋण दिने सहमति जनाएको छ ।
गण्डकी विकास बैंकद्वारा १५० जना विधार्थीलाई झोला वितरण
काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्र्दै पोखरा महानगरपालिका वडा नं. २५, याम्दी स्थित बाल कल्यायण आधारभुत विद्यालयकाका विधार्थीहरुलाई झोला वितरण गरेको छ । कक्षा १ देखि ५ सम्मका करिब १५० जना साना बालबालिकाहरुलाई विद्यालय परिसरमा झोला वितरण गरेको हो । बैंकका सञ्चालक बासुदेव त्रिपाठी, प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, पोखरा मनपा वडा नं.२५ का वडा सदस्य जितबहादुर कार्की, दलबहादुर कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानध्यापक लगायतले संयुक्तरुपमा वितरण गरेका हुन् । उक्त कार्यक्रमको सञ्चालन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले गरेका थिए ।