भारतको चण्डीगढ विश्वविद्यालयद्वारा नेपाली विद्यार्थीसँग शैक्षिक परामर्श गर्ने

काठमाडौं । भारतको चर्चित चण्डीगढ विश्वविद्यालयले नेपाली विद्यार्थीलाई लक्षित गरी ४ दिने शैक्षिक परामर्श अभियान गर्ने भएको छ । विश्व विद्यालयको नेपालमा रहेको भर्ना केन्द्र काठमाडौंको एआईपी एडुसकेशनमा हुने अभियान आगामी अगस्त २७ देखि ३० गतेसम्म चल्नेछ । अभियान अन्तर्गत प्रत्येक दिन विहान १० बजे देखि साँझ ६ बजेसम्म विश्वविद्यालयले दिने छात्रवृत्ति, विद्यार्थी जीवन, रोजगारीको अवसर, पूर्व विद्यार्थी मञ्च लगायतका विषयमा जानकारी उपलब्ध गराइनेछ । अभियानमा विश्वविद्यालयका प्रतिनिधिसँग फेसबुकबाट प्रत्यक्ष सवालजवाफ, विश्वविद्यालय प्रतिनिधिबाट प्रत्यक्ष परामर्श, तत्काल योग्यता परीक्षा र भर्ना तथा विश्वविद्यालयका नेपालमा रहेका पूर्व विद्यार्थीसँग संवादको अवसर पनि प्राप्त हुनेछ । चण्डीगढ विश्वविद्यालयमा ५ सय भन्दा बढी नेपाली विद्यार्थीले अध्ययन गरिसकेका छन् । विश्वविद्यालयस्तरीय शिक्षा र असंख्य राजगारीका अवसरका लागि चण्डीगढ विश्वविद्यालय परिचित छ । भारतमा ख्याति कमाइरहेको यो विश्वविद्यालयमा विश्वका ४० देशका विद्यार्थी अध्ययन गर्छन् । विश्वविद्यालय १ सय एकर भन्दा बढी क्षेत्रफलमा फैलिएको छ । विश्वविद्यालयले नेपालको त्रिभुवन विश्वविद्यालयसँग पनि सहकार्य गरेको छ ।

अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनका लागि रातो बङ्गला फाउण्डेसन र शिक्षा मन्त्रालयसँग एनसेलको सहकार्य

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९को आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ । सहकार्य अन्तर्गत आयोजना गरिएको तीन दिने सम्मेलन सोमबार समापन भएको छ । उक्त तिन दिने सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारीहरु, शिक्षकशिक्षिकाहरु लगायत नेपाली तथा विदेशी सोधकर्ताहरुको सहभागिता रहेको थियो । गरेर सिक्ने र प्रारम्भिक बाल्यकाल विकास विधिमा केन्द्रित हुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने ६० वटा कार्यशालाहरु संचालन भएका थिए । सम्मेलनमा ३०० जना सरकारी विद्यालयका शिक्षकशिक्षिका सहित सातै प्रदेशका ५५ जिल्लाबाट ७०० जनाभन्दा बढिको सहभागिता रहेको थियो । त्यसैगरी, प्रशिक्षका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरुको उपस्थिती रहेको थियो । शिक्षा क्षेत्रको विकासकालागि सहभागिहरुलाई ज्ञान र विषेशज्ञता प्रदान गर्दै सशक्तिकरणमा योगदान पुर्याउनु एनसेलको यस सहकार्यको उदेश्य रहेको छ । दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनले शिक्षाक्षेत्रसँग सम्बन्धित सीप प्रशिक्षण र प्रारम्भिक शिक्षाको विकास जस्ता क्षेत्रहरुको सुधारमा पनि महत्वपूर्ण भुमिका खेल्नेछ । सम्मेलन शनिवार शुरु भएको थियो । ‘२०३० सम्ममा सबैलाई सुरक्षित र गुणस्तरीयशिक्षामा समानपहुँच पुर्याउने सरकारको विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गतको लक्ष्यबालबालिकालाई प्रारम्भिक चरण देखिनै कक्षामा गुणस्तरीय शिक्षाप्रदान गरेर मात्रै हाषिल गर्न सकिन्छ । गरेर सिक्ने विधिमा जोड दिदै आयोजना गरिएको यो सम्मेलन हाम्रा बालबालिकाहरुको लागि अति महत्वपूर्ण छ,’ उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले भने । सोमबार आयोजना भएको समापन समारोहमा प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीको उपस्थिति रहेको थियो । सरकारी विद्यालयहरुमा सुधारका लागि नीतिगत तहमा छलफल भईरहेको उनले बताईन् । उनले सम्मेलनमा सहभागी शिक्षक शिक्षिकाहरुलाई आफुले सम्मेलनमा बटुलेका ज्ञान बालबालिकाक ाविकासका लागि कक्षाकोठा लगेर बाँड्न सुझाइन् । ‘एसएसडिपीको लक्ष्य प्राप्तिका लागि सरकारको रणनीतिक योजनामा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं’– एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने । यस अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनपश्चात सातै प्रदेशमा यसै आर्थिक वर्षभित्र बालविकासका लागि गुणस्तरीय शिक्षामा केन्द्रित भई कार्यशालाहरु आयोजना हुने जनाइएको छ ।

किताब यात्रा र केसिएल अस्ट्युट क्यापिटलबीच सहकार्यको सम्झौता

काठमाडौं । किताब यात्रा प्राइभेट लिमिटेड र केसिएल अस्ट्युट क्यापिटल लिमिटेडका बिच सम्झौता भएको छ । आफ्ना ग्राहक, शेयरधनी र कर्मचारी वर्गलाई थप सेवा, सुविधा तथा छुट प्रदान गर्न द्विपक्षिय संस्थागत सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त समारोहमा किताब यात्राका प्रमुख कार्यकारी अधिकृत ऋषिराम अधिकारी, वित्त तथा कानून सल्लाहकार सन्तोस ज्ञवाली र केसिएल अस्ट्युट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र प्रमुख संचालन अधिकृत अशोक सुवेदीले हस्ताक्षर गरेका थिए। उक्त सम्झौता अनुसार केसिएल अस्ट्युट क्यापिटलले किताब यात्राका ग्राहक, शेयरधनी र कर्मचारीलाई लगानी व्यवस्थापन सेवाको वार्षिक व्यवस्थापन शुल्कमा ३३ प्रतिशत छुट प्रदान गर्ने छ भने किताब यात्राले केसिएल अस्ट्युट क्यापिटलका ग्राहक, शेयरधनी र कर्मचारीलाई विभिन्न विधाका किताब खरिदमा ५ प्रतिसत छुट प्रदान गर्नेछ । अब यात्रा गर्नेछ किताब तपाईंको दैलोसम्म’ भन्ने नारासहित किताब डेलिभरी तथा कर्पोरेट लाइब्रेरी स्थापनामा लागेको किताब यात्राले अनलाइबाटै स्वदेश तथा विदेशमा सोझै खरिद गर्ने सकिने प्ल्याटफर्म निमार्ण गरेको हो । अन्य देशमा व्यापक रूपमा यो संस्कृतिको विकास भएता पनि नेपाली बजारमा धेरै कम मात्रामा पुस्तकको अनलाइन व्यापार भएको पाइन्छ । किताब यात्राले नेपाली साहित्यको विकाससँगै नेपाली पाठकलाई लक्षित गरी यो काम सुरु गरेको छ । केसिएल अस्ट्युट क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन प्रदान गर्नको लागी अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी (मचेन्ट बैंकर) हो । यस संस्थाले नेपालको पूजी बजारमा लगानी गर्ने इच्छा भएका तर नेपालको पूजी बजारबारे जानकारी नभएका साथै नेपालको पूजी बजारबाट हुने फाइदाबारे जानकार रहेका तर आफ्नो लगानीको उचित निगरानी गर्ने समय नभएका व्यक्तिलाई लगानी व्यवस्थापन दिँदै आइरहेको छ ।