बीमा कम्पनीमा गडबढी भए सीर्इअाेकाे चल अचल सम्पत्ति जफत हुने, नयाँ कानुनले बढायाे त्रास

काठमाडौं । अब बीमा कम्पनीमा कुनै गडबढी भएमा प्रमुख कार्यकारी अधिकृत(सिइओ)हरुको सम्पति नै जफत हुने भएको छ । संसदीय समितिमा दफावार छलफलका क्रममा पुगेको बीमा सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बिधेयक, २०७५ ले बीमा कम्पनीमा कुनै गडबढी भएका कम्पनीका सिइओको सम्पति लिलामी गरेर असुल उपर गर्ने व्यवस्था अघि सारेको हो । प्रस्तावित ऐनमा नियामक निकायले जारी गरेको निर्देशिका, नियमावली वा विनियमावलीहरुको कार्यान्वयन नगरेमा हुने जरिवाना रकम बीमा कम्पनीको अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कर्मचारीले व्यक्तिगत रुपमा तिर्नुपर्ने उल्लेख छ । त्यस्तो रकम तिर्न सूचना जारी गरेको ३५ दिनभित्र व्यक्तिगत रुपमा नतिरे सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी वा निजको एकाघरको परिवारको कुनै बैंक वा वित्तीय संस्थाको खातामा रहेको रकम वा निजको चल अचल सम्पतिबाट सरकारी बाँकी सरह असुल उपर गरिने उल्लेख गरिएको छ । हाल बीमा ऐन, २०४९ मा त्यस्तो कसुर गरेमा ३ हजारदेखि ५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । त्यस्तो गल्ति पटक पटक दोहोर्याएमा प्रत्येक पटक ५ सयका दरले थप जरिवाना हुने व्यवस्था छ । प्रस्तावित ऐन जस्ताको त्यस्तै पास भएर कार्यान्वयनमा आएमा बीमा समिति(बीमा प्राधिकरण)ले प्रमुख कार्यकारी अधिकृतलाई सिधै निलम्बन गर्न समेत सक्नेछ । त्यस्तै, सञ्चालक तथा लगानीकर्ताहरुको सेयर जफत गर्ने अधिकार समेत प्राधिकरणले प्राप्त गर्नेछ । प्राधिकरणले आफ्ना नियमहरुको पालना नगरेमा कम्पनीको अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीलाई लिखित सूचना निकालेर बर्खास्त गर्न सक्नेछ । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चङकी क्षेत्रीले प्रस्तावित ऐनको व्यवस्थाले बीमा कम्पनीको उच्च व्यवस्थापन निरुत्साहित हुने बताए । ‘कानुनको व्याख्या कसरी हुन्छ थाहा छैन, तर प्रस्तावित व्यवस्था हुबहु पारित भएमा सिइओहरुको मनोबल घट्नेछ’, क्षेत्रीले भने । बीमा समितिले आफ्नो स्वायत्तता खोसेको आरोप अर्थमन्त्रालयमाथि लगाईरहेका बेला बीमा कम्पनीका सिइओहरुले पनि मनोबल घट्ने बताएका छन् । प्रस्तावित ऐनको मस्यौदामा बीमा कम्पनीको उच्च व्यवस्थापनको कारवाही कैयौं गुणाले वृद्धि गरिएको छ । ‘विधेयकमा सीर्इअाेलार्इ हुन सक्ने कारबाही ३ सय गुणाासम्म  वृद्धि गरिएकाे छ । अब काम गर्न धेरै गाह्राे छ’ लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकत नूरप्रकाश प्रधानले भने । ‘बीमा कम्पनीमा ३०० भन्दा बढी कर्मचारी हुन्छन्र । ३०/४० हजार अभिकर्ता हुन्छन्र । उनीहरू मध्ये काेही कसैले  किर्ते काम गर्याे भने सीइअाे, सञ्चालक, अध्यक्ष माथि कारवाही हुने भनिएकाे छ’ प्राइम लाइफ इन्स्याेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनाेज भट्टरार्इ भन्छन्-‘डुब्लिकेट पासपाेर्ट भेटियाे भने परराष्ट्रमन्त्री वा सचिवलार्इ कारवाही गर्ने, नक्कली नागरिकता भेटियाे भने गृहमन्त्रीलार्इ कारवाही गर्ने भनेकाे जस्तै भयाे । यस्ताे कानुनले काम गर्ने वातावरण विगार्छ ।’

विकासोन्मुख राष्ट्रहरुको बीमा सम्मेलन मंगलबारदेखि, खर्च जुटाउँदा बीमा कम्पनीहरूमा असन्तुष्टि

काठमाडौं । विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु हुँदैछ । दुई दिन चल्ने सम्मेलनमा विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा क्षेत्रका नियामक निकायहरुको सहभागिता रहनेछ । प्राकृतिक विपत्तिमा बीमा क्षेत्रका लागि अवसरको खोजी गर्न २१ औं सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा विकासोन्मुख २० देशबाट १५० भन्दा बढि सहभागीहरु काठमाडौं आईपुगेका छन् । विकासोन्मुख राष्ट्रका बीमा कम्पनी र रि इन्स्योरेन्स कम्पनीको छाता संस्था एसोसियसन अफ इन्युरर्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज(एआईआरडीसी)को २१ औं सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा प्राकृति विपत्तिको जोखिम न्युनीकरणमा रि इन्स्योरेन्स कम्पनीको भूमिका, बीमा कम्पनीहरुको डिजिटलाइजेशन, माईक्रो इन्स्योरेन्स लगायतका बिषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई बीमा क्षेत्रको नियमनका क्रममा उपयोग गर्ने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बताए । ५०० नेपाली र १५० विदेशी गरि ६५० जना बीमा क्षेत्र सम्वद्ध व्यक्तिहरुले सम्मेलनमा प्रत्यक्ष सहभागिता जनाउनेछन् । एआईआरडीसीमा नेपाल सहित २९ वटा विकासोन्मुख राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनी र नियामक निकाय सदस्य रहेका छन् । एआईआरडीसीले प्रत्येक २ बर्षमा सम्मेलन गर्दै आएको छ । यसपालिको सम्मेलन नेपालले आयोजना गर्न लागेको हो । सम्मेलनपछि हाल उपाध्यक्षको जिम्मेवारीमा रहेका विजय बहादुर शाहले अध्यक्षको जिम्मेवारी प्राप्त गर्नेछन् । खर्चमा असन्तुष्टि सम्मेलन अायाेजना गर्न लाग्ने अनुमानित २ कराेड रूपैयाँ बीमा कम्पनीहरूबाट संकलन गरिएकाे छ । सम्मेलनका लागि प्रत्येक बीमा कम्पनीहरुले ४ लाख रकम उपलब्ध गराएका छन् । बीमा समितिले ३० लाख रुपैंयाँ उपलब्ध गराएको छ भने नेपाल पुनर्बीमा कम्पनले पनि ३० लाख नै उपलब्ध गराएको छ । सम्मेलनका लागि ३८ बीमा कम्पनीहरुबाटै १ करोड ५२ लाख संकलन हुन्छ । त्यस्तै बीमा समिति र पुनर्बीमा कम्पनीहरुको रकम समेत जोड्दा २ करोड १२ लाख रुपैंयाँ संकलन हुन्छ । एउटा बीमा कम्पनीले चार लाख रुपैंयाँ तिरे वापत कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र पाँच जना कर्मचारीले सम्मेलनमा सहभागिता जनाउन सक्नेछन् । अन्य कर्मचारी सहभागी हुन चाहेमा भने प्रति व्यक्ति १५ सय रुपैंयाँ तिर्नुपर्नेछ । विदेशबाट सम्मेलनमा सहभागी हुन आउनेहरुले प्रति व्यक्ति ५ सय अमेरिकी डलर तिर्नुपर्छ । सम्मेलन आयोजनाका लागि बीमा कम्पनीहरुबाट शुल्क असुलिएकोमा केही बीमा कम्पनीले असन्तुष्टि प्रकट भएको छ । बार्षिक करोडौं रुपैंयाँ आम्दानी गर्ने बीमा समितिले सम्मेलनका लागि भनेर बीमा कम्पनीहरुसँग समेत रकम उठाएकाे भन्दै असन्तुष्ठि जनाएका छन् । गत आर्थिक बर्षमा बीमा कम्पनीहरुले ७३ अर्ब प्रिमियम संकलन गरेका थिए । सो प्रिमियमको एक प्रतिशतका दरले ७३ करोड रुपैंयाँ बीमा समितिको कोषमा गएको छ । ‘समितिको कोषमा अर्बौं रकम छ, तैपनि सम्मेलनका लागि कम्पनीहरुसँग चार/चार लाखका दरले रकम असुलियो, त्यसो नगरेको भए राम्रो हुन्थ्यो’, एक इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले विकासन्युजसँग भने । यस्ता कार्यक्रम अायाेजना गर्न पुर्नबीमा कम्पनीका ब्राेकरहरू खर्च गर्न तयार भए पनि नेपाली अाफैले यस्ताे कार्यक्रम गर्ने निर्णयमा पुगिएकाे र यसले नेपाली बीमा कम्पनीहरूकाे छवि अन्तर्राष्ट्रिय जगतमा राम्राे देखिने अायाेजकले जनाएकाे छ ।

नेपाल इन्स्योरेन्स कम्पनीको ७१ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले विगत २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई दिर्घसेवा पदक तथा प्रसशां पत्र वितरण गरेको छ। कम्पनीमा कार्यरत कर्मचारीहरु मध्ये उत्कृष्ट काम गर्ने ३ जना कर्मचारीहरुलाई ५० हजार १ रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरेको छ। कम्पनीले प्रधान कार्यालय लगायत देशका ३३ वटा शाखा कार्यालयहरु र २४ वटा बीमा सेवा काउन्टरहरुबाट बीमा सेवा प्रदान गर्दे आएको छ  । कम्पनीले आधुनिक बीमाका सुविधाहरु सुरक्षित र सरल रुपमा ग्राहक सम्म पु¥याउको लागि नविनत्तम प्रविधिको प्रयोग गरी व्यापक सञ्जाल बिस्तार गर्दे आएको छ ।