काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका दुई जना सञ्चालक पदबाट बाहिरिएका छन् ।
कम्पनीका संस्थापक सेयरधनी समूहका तर्फबाट सञ्चालक रहेका कुशल मल्लीले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा स्वीकृत भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उनले भदौ १५ गते राजीनामा दिएका थिए । उक्त राजीनामा भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट सञ्चालक रहेका सरस्वती अधिकारी पनि कम्पनीको सञ्चालक पदबाट बाहिरिएकी छन् ।
राष्ट्रिय वाणिज्य बैंकबाट प्राप्त पत्रअनुसार उनी असार ३१ गतेदेखि बैंक सेवाबाट अनिवार्य अवकाशमा गएकाले कम्पनीको सञ्चालक पदमा नरहेको जानकारी नेप्सेलाई दिइएको कम्पनीले जनाएको छ ।