एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्बन्धि बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार इन्स्योरेन्सले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न शाखा मार्फत प्रदान गर्ने छ । उक्त सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राथी र सानिमा जनरल इन्स्योरेन्सको तर्फबाट नायव महाप्रवन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । इन्स्योरेन्सले बीमा ब्यवसायलाई विधिकरण सहित प्रवद्र्धन गरी बीमा बजारमा अग्रणी स्थानमा रही गुणस्तरीय सेवा जनस्तर सम्म प्रदान गर्न बैंकसँग उक्त सम्झौता गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकबाटै आइएमई लाइफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । अब नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाटै आइएमई लाइफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । उक्त सेवा सम्बन्धि आइएमई लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आइतबार बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पछि सर्वसाधारण तथा बैंकका ग्राहकहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको जुनसुकै शाखाबाट आइएमई लाइफको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी पाउन सक्नेछन् ।

नविल बैंकको खातामा २५ हजार हुनेले ३ लाखको बीमा सुबिधा पाउने, ३ लाख खाता धनी लाभाम्वित

काठमाडौं । के नविल बैंकको आफ्नो खातामा २५ हजार रुपैंयाँ नगद छ ? त्यसो भए पाउनुस ३ लाख रुपैंयाँसम्मको घातक रोग बीमा र ७५ हजार रुपैंयाँको मृत्यु लाभ बीमा । नविल बैंकले आफ्नो खातामा २५ हजार रुपैंयाँ भन्दा बढी नगद मौज्दात राख्ने ग्राहकहरुलाई १३ वटा घातक रोगहरुको उपचारका लागि ३ लाख रुपैंयाँसम्म उपचार खर्च दिनेछ । त्यस्ता खाता वालहरुको मृत्यु भएमा आश्रित परिवारले अतिरिक्त ७५ हजार रुपैंयाँ मृत्यु लाभ बीमा पनि पाउनेछन् । नविल बैंकले मेट लाईफसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो जसबाट अहिले नै नविल बैंकको खातामा २५ हजार भन्दा बढि नगद मौज्दात भएका ३ लाख ग्राहक लाभाम्वित भएका छन् । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले १६ बर्षदेखि ६४ बर्षसम्मका नेपाली नागरिकहरुले यस्तो सुबिधा पाउने जानकारी दिए । रोग लागेको प्रमाण खुल्ने कागजात बुझाएको ३० दिनभित्र ३ लाख रुपैंयाँ भुक्तानी दिने मेट लाइफका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए । उपचार गरेको बिल भौचर बुझाएपछि मात्रै दावी भुक्तानी पाइने समस्या यो बीमा पोलिसीमा नरहेको स्पष्ट पारे । नविल र मेट लाइफको सहकार्यबाट आएको यस्तो योजना मंसिर ८ गतेबाट नै लागु भैसकेको छ । बैंकले १३ वटा रोगहरु क्यान्सर, हृदयघात, कलेजो खराबी, फोक्सो खराबी, मृगौला खराबी, स्ट्रोक, कोभा, मुटु भल्भ सर्जरी, हेपटाईटिस, एप्लास्टिक,एनिमिया, गंभीर कोलोनरी धमनी, प्राथमिक पल्मोनरी उच्च रक्तचाप, प्रमुख अंग बोन /म्यारो प्रत्यारोपणका लागि ३ लाख उपचार खर्च दिने योजना ल्याएको हो ।