अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम
काठमाडौं । अहिले २५ जिल्लामा मात्रै यो कार्यक्रम लागू भएकाले चाँडैनै देशभरका सबै जिल्लामा लागू हुने भएको छ । गुल्मीको हुँगाकी मृगौला पीडित १३ वर्षिया वालिका बन्दना भण्डारीलाई उपचारकालागि उठाइएको सहयोग रकम हस्तान्तरण गर्न प्रदेश पाँच पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले हालै सरकारले ३५ लाख श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सार्वजनिक गरेको प्रष्ट पारे। स्वास्थ्य बीमा कार्यक्रम लागूभए पछि यसले मृत्युलाई जित्न नसकिए पनि अकालमा पैसा अभावले ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्न सहयोग हुने उल्लेख गरे । यस्ता कार्यले आम मानिसको जीवनस्तर माथि उठाउन र सरकारले परिकल्पना गरेको समृद्ध नेपाल बनाउन थप सहयोग पुग्ने विश्वास गरे। सरकारले अहिले काम गरिरहेको बताउँदै नकारात्मक टिका टिप्पणीहरु मात्रै बढी भएको बताए। ‘सरकारले कामै गरेन भनेर टिप्पणी गर्नु स्वागत योग्य कुरा भए पनि सकारात्मक कामको पनि मुल्यांकन गर्नु पर्छ’ मन्त्री ज्ञवालीले भने। कार्यक्रममा मन्त्री ज्ञवालीले हुँगाकी १३ वर्षिया वालिका बन्दा भण्डारीलाई उपचारका लागि दुबईमा संकलन गरिएको २ लाख ८ हजार ५ सय रुपैयाँ उपचारका लागि सहयोग हस्तान्तरण गरेका थिए। दुबईमा बैदेशिक रोजगारीका क्रममा रहेका कुवेर लुईटेल र खिम केसीले संयोजन गरेर नेपालमा कलाकार बैकुण्ठ महत मार्फत रकम उपलव्ध गराइएको हो।
सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा सुर्खेतको मेहलकुनामा बीमा जागरण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा सुर्खेतको मेहलकुनामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । व्यापक स्थानीय जनसमुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महा प्रबन्धक कमलराज गौतमले जीवनबीमाको महत्ववारे प्रकाश पारेका छन् ।
नेपाल इन्भेष्टमेण्ट बैंकको ७८ औं शाखा दार्चुलामा विस्तार
काठमाडौैं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सुदूरपश्चिम जिल्ला दार्चुलामा शाखा विस्तार गरेको छ । प्रदेश नं. ७ मा पर्ने दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा आफ्नो ७८औं शाखा विस्तार गरेको हो । नौ लाखभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को १०७ वटा एटिएम पुगेको छ । ११ हजार जनसंख्या बसोबास गर्ने उक्त क्षेत्रका स्थानीयको मुख्य पेसा जडीबुटी रहेको छ । विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई ४ अर्ब ११ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लि. एक मात्र बैंकको रुपमा रहेको छ । बैंकको संजालमा भिसा तथा एनपिएन सदस्य बैंकका १ हजार भन्दा बढी एटिएम रहेका छन भने ३ हजार बढी टर्मिनल जडान भइसकेका छन् । बैंकको ८ वटा एक्स्टेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द रहेका छन् । ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार निरन्तरता दिएकाे हाे ।