सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पुँजीको १५.४८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको सो मात्रा अर्थात १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ५९ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको बोनस दिने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने लाभांश कर भने सेयरधनी आफैले व्यहोर्नु पर्ने छ । संचालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृति दिई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको बोनस पाउने छन् ।

सिटिजन्स् बैंक र प्रभु इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेड र सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले तथा सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । र्नुभयो । सम्झौता पश्चात बैंकका ग्राहकहरुले प्रभु इन्स्योरेन्सको बीमा सेवा पाउने छन् ।

सनराइज बैंकबाट युनियन लाइफको बीमा सेवा पाइने

काठमाडौँ । सनराइज बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्ससम्झौता भएको छ । बैंकास्योरेन्ससम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०५ वटै शाखाहरुबाट यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बैंकास्योरेन्स सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।